Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

टारगाउँ आगलागी: १२ परिवार घरवारविहीन, करिब २ करोडको क्षति

जनता भ्वाइस by जनता भ्वाइस
March 16, 2024
in ब्यानर समाचार, समाचार
0
टारगाउँ आगलागी: १२ परिवार घरवारविहीन, करिब २ करोडको क्षति
0
SHARES
25
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप । जिल्लाको रामेछाप नगरपालिका वडा नं. ९ स्थित टारगाउँमा आगलागीबाट १२ परिवार घरवारविहीन भएको छ भने करिब २ करोडको क्षति भएको छ । गत बिहीबार राताटार स्थित रहेको हरदेनी पाखा सामुदायिक वनमा लागेको आगो हावाहुरीको कारण मानव बस्ती तर्फ सल्किदा १ करोड ८६ लाख ३१ हजार बराबरको क्षति भएको हो ।

आगलागीबाट महेशलाल तामाङको कच्ची घर, लत्ताकपडा, अन्नपात, भाडावर्तन, र नगद रु. ३ लाख गरी ३ लाख ७५ हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । महेशलालको उक्त घरमा ८ जना बसोबास गर्दै आएका थिए । आगलागीबाट नरबहादुर तामाङको कच्ची घर, लत्ताकपडा, भाडावर्तन, अन्नपात, र १ गोरु घाइते गरी तिन लाख बराबरको क्षति भएको छ ।

नरबहादुर उक्त घरमा ३ जना बसोबास गर्दै आएका थिए । सर्किनी तामाङको कच्ची घर,भाडावर्तन, लत्ताकपडा, अन्नपात , सुन ३ तोला , चाँदी ५ तोला र नगद रु.२,७५,०००।– गरी ६ लाख ७५हजार बराबरको क्षति भएको छ । उनी एक्लै सो घरमा बस्दै आएका थिए । धन बहादुर तामाङको ४ लाख ५०हजार बराबरको क्षति भएको छ । उक्त घरमा ४ जना बसोबास गर्दै आएका थिए । आगलागीबाट पूर्ण बहादुर नेवार, धनमाया श्रेष्ठ, रमेश श्रेष्ठ, उत्तरकुमारी श्रेष्ठ, सिताराम नेवार, मीन बहादुर नेवार, मानकुमारी नेवार, बम बहादुर श्रेष्ठको घर समेत जलेको छ ।

पूर्ण बहादुर नेवारको २१ लाख ८५ हजार बराबरको क्षति भएको छ । पूर्णबहादुरको घरमा १० जना बसोबास गर्दै आएका थिए । धनमाया श्रेष्ठको ५१ लाख ५ हजार बराबरको क्षति भएको छ भने धनमायाको घरमा २१ जनाको परिवार आश्रित छ । आगलागीबाट रमेश श्रेष्ठको १५ लाख ९५हजार, उत्तरकुमारी श्रेष्ठको ३१ लाख २४ हजार, सिताराम नेवारको १६ लाख ७० हजार, मीन ब।नेवारको ६लाख, मानकुमारी नेवारको २७ लाख १२ हजार र बम ब.श्रेष्ठको १५ लाख १० हजार बराबरको क्षति भएको छ ।

आगलागीबाट जलेको रमेश श्रेष्ठको घरमा ५ जना , उत्तरकुमारी श्रेष्ठको घरमा १२ जना, सिताराम नेवारको घरमा ७ जना , मीन बहादुर नेवारको घरमा ४ जना, मानकुमारी नेवारको घरमा १ जना र बम बहादुर श्रेष्ठको घरमा ९ जना बसोबास गर्दै आएका थिए ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

‘प्रचण्ड धोकेबाज हुन्’-काँग्रेस नेता राणा

Next Post

आगोको झिल्कोसँगै उड्यो राताटारवासीको खुसी

Next Post
आगोको झिल्कोसँगै उड्यो राताटारवासीको खुसी

आगोको झिल्कोसँगै उड्यो राताटारवासीको खुसी

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.