Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

अभिभावहरूले आफ्ना बालबालिकालाई मोबाइलमा भुल्न सिकाए : अध्यक्ष महत

सरु श्रेष्ठ by सरु श्रेष्ठ
May 16, 2024
in ब्यानर समाचार, समाचार
0
अभिभावहरूले आफ्ना बालबालिकालाई मोबाइलमा भुल्न सिकाए : अध्यक्ष महत
0
SHARES
12
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप । जिल्लाको लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष केशव महतले सैपुवासी नागरिकहरूलाई बाख्रा बेचेर बालबालिकाहरूका लागी मोबाइल नकिन्दिन आग्रह गरेका छन् । अध्यक्ष महतले लिखू तामाकोशी गाउँपालिका वडा नं. २ सैपुमा सञ्चालन भएको जनतासँग जनप्रतिनिधि कार्यक्रममा जनताको सवालको जवाफ दिने क्रममा सैपुबासी अभिभावकलाई आफ्नो बालबालिकाको शिक्षामा जिम्मेवार हुन अनुरोध गर्दै सो कुरा बताएका हुन् । अध्यक्ष महले भने- ‘अभिभावहरूले आफ्ना बालबालिकालाई मोबाइलमा भुल्न सिकाएकै कारण पनि शैक्षिक गुणस्तरमा ह्रास आएको हो । तपाईँहरू आफ्नो बालबालिकाको शैक्षिक गुणस्तरको चिन्ता गर्नुस् ।’

जनतालाई पालिका अध्यक्ष महतले कार्यक्रमको सुरुवातमै वडा भित्रका समस्या र आगामी बजेटमा समेट्न पर्ने योजनाहरूको बारेमा प्रष्ट सुझाव दिन भने पछि नागरिकले समस्या र सुझावको पोको दिल खोलेर पोखे । स्थानीय रत्नबहादुर दमाईले शिक्षाक्षेत्र सुधारका लागी गुणस्तरीय शिक्षक पठाउन आग्रह गरे। उनले पालिकाले शिक्षकहरूलाई पालिकाले बेलाबखतमा तालिम दिएर चनाखो बनाउन पनि सुझाए ।

गाउँमा पालेको गोरु मरिसकेको र कैयौँले बेची सकेकोले पालिकाले दिने भनेको ट्याक्टर छिटो भन्दा छिटो उपलब्ध गराउन स्थानीय छविरमण निरौलाले अनुरोध गरे । यो वर्ष धान कोदो मकैको बिउ दिन पालिकाले केही ढिलो गरेकोले आगामी दिनमा सकेसम्म छिटो विउविजन उपलब्ध गराउन उने सुझाए ।

पङ्खरको भिरबाट बालबालिका पढ्न आउने हुँदा त्यहाँको बाटो बनाउनलाई स्थानीय रेखबहादुर पौडेलले आग्रह गरे। दलित लक्षित कार्यक्रममा सुँगुरको पाठो किनेर दिन भन्दा क्षमता अभिवृद्धिमा ध्यान र्पुयाउन टङ्कराम मुग्रातीले सुझाव दिए । मुग्रातीले भने- ‘खुट्टाको नाप हेरेर जुत्ता बनाउने प्राविधिकलाई समाजले हेला र्गयो उपेक्षा र्गयो ।’ महिलाको गुनासो सुन्न उपाध्यक्ष नआएकोमा मिराकुमारी फुयाँल पौडेलले दुखेसो पोखिन् । उनले भनिन्- ‘हाम्रो गुनासो सुन्नकै लागी महिला प्रतिनिधिको रूपमा उपाध्यक्षज्यूलाई पालिका पठाएका थियौँ । तर उहाँ हाम्रो गुनासो सुन्न आउनु नै भएन ।’

किसानको सवालको जवाफ दिँदै कृषि तथा पशु शाखा प्रमुख लोक फुयाँलले किसानलाई चाहिएको विउबिजन र पशु चौपायाको लागी चाहिने ओखती वडा मार्फत माग गरे समयमै उपलब्ध गराउने बताए । उनले छिटो भन्दा छिटो जोत्ने ट्याक्टर उपलब्ध गराउने र पहिले वितरण गरेको ट्र्याक्टरको बारे पनि अनुगमन गर्ने बताए ।

किसानले उत्पादन गरेको अन्न नभई कोही कसैको जीवनयापन नहुने भएकोले कृषिमा लाग्न सैपुवासीलाई अध्यक्ष महतले आग्रह गरे। किसानको समस्या आफ्नो समस्या भएकोले समस्या समाधानकालागी अग्रपंक्तिका रहेर काम गर्ने बताए । विद्यालयको भौतिक सुधार लगायतको काममा पालिकाले मागे जति बजेट व्यवस्थापन गरेकोले शैक्षिक सुधारमा नागरिकले प्रश्न गरे विद्यालय जिम्मेवार रहने उनले बताए । उनले भने( वडाको सर्वाङ्ग विकासका लागी वडाका नागरिक नताते सम्म समृद्ध सैपु बनाउन सकिँदैन । पहिलो कुरा जनता जागरूक हुन र्पयो। जनताले हामीले गरेको काम माथि प्रश्न गरी सुझाव समेत दिन र्पयो ।
कार्यक्रमको समापन गर्दै वडाध्यक्ष सन्तोष पौडेलले आफू जनताको कामदार भएकोले आफू कुल्ली बनेर काम गरिरहेको र आगामी दिनमा समेत काम गर्ने प्रतिबद्धता गरे।

Author

  • सरु श्रेष्ठ
    सरु श्रेष्ठ

    View all posts
Previous Post

दुरागाउँमा जनतासँग जनप्रतिनिधि: पालिका अध्यक्ष गाउँ पुगेपछि दुरागाउँवासी खुसी

Next Post

पालिकामा भ्रष्टाचार नहुने लिखु तामाकोशीका अध्यक्ष महतको वाचा

Next Post
पालिकामा भ्रष्टाचार नहुने लिखु तामाकोशीका अध्यक्ष महतको वाचा

पालिकामा भ्रष्टाचार नहुने लिखु तामाकोशीका अध्यक्ष महतको वाचा

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.