Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

दुरागाउँमा जनतासँग जनप्रतिनिधि: पालिका अध्यक्ष गाउँ पुगेपछि दुरागाउँवासी खुसी

सरु श्रेष्ठ by सरु श्रेष्ठ
May 15, 2024
in ब्यानर समाचार, समाचार
0
दुरागाउँमा जनतासँग जनप्रतिनिधि: पालिका अध्यक्ष गाउँ पुगेपछि दुरागाउँवासी खुसी
0
SHARES
133
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप । लिखु तामाकोशी गाउँपालिकाको दुरको गाउँ भनेर चिनिने दुरागाउँमा जनतासँग जनप्रतिनिधि कार्यक्रम लिएर पालिका अध्यक्ष पुगेपछि दुरागाउँवासी खुसी व्यक्त गरे । आफ्नो वडामा यो भन्दा अगाडी यस्तो पालिका स्तरीय कार्यक्रम लिएर जनप्रतिनिधि नआएको समेत गुनासो पोखे दुरागाउँवासीले । उनीहरूले भने – अघिल्लो कार्यकालका अध्यक्षज्यू आउनु त हुन्थ्यो तर हामीलाई यसरी बोल्ने मौका नै दिनु हुन्नथ्यो । गाउँपालिकाले प्रवाह गरेको सेवा सम्बन्धी जिज्ञासा राख्न नै पाइन्नथ्यो । पालिकाले प्रदान गर्दै आएको सेवा र विकास निर्माणलाई प्रभावकारी बनाउन सुझाव दिन नै पाइन्नथ्यो । नीति तथा कार्यक्रम तर्जुमामा सहभागिता जनाउनै पाइन्नथ्यो । बल्ल आएर गाउँगाउँमा सिंहदरबार आएको महसुस भएको छ । स्थानीय कोमल थापाले बताए ।

लिखु तामाकोशी गाउँपालिकाले वडा नं. १ मा आयोजना गरेको जनतासँग जनप्रतिनिधि कार्यक्रम मङ्गलवार बिहान १० बजे सुरु हुने भनिएको पनि दिउँसो १ बजे तिर सुरु भएको थियो । सबै जसो कार्यक्रममा जनप्रतिनिधि आउन ढिलो गर्नाले कार्यक्रम सञ्चालन हुन ढिलो हुन्थ्यो । तर यो कार्यक्रम नागरिक ढिलो आउनाले ढिलो सुरु भएको थियो । नागरिक भन्दा अगाडी कार्यक्रम स्थलमा पुगेका गाउँपालिका अध्यक्ष केशव महतलाई देखेर दुरागाउँवासी झनै दङ्ग देखिन्थे ।
कार्यक्रमको सुरुवातमै पालिका अध्यक्ष महतले भने – आदरणीय आमाबुबा दाजुभाइ तथा दिदिबहिनिहरू, मलाई तपाईँहरूले भोट दिएर जिताएर पठाउनु भयो । जितेर गएपछिको यो बिचको अवधिमा मैले जानेको काम गर्दै आएको छु । अब २०८१÷८२ का लागी गाउँपालिकाले नीति तथा कार्यक्रम तर्जुमा गर्ने बेला भयो । त्यही भएर म तपाइहरूको माझमा सिक्न आएको छु, तपाइहरूको गुनासो सुन्न आएको छु ।

कार्यक्रममा पालिकाका शाखागत प्रमुखहरूले वर्ष भरि सम्पादन गरेको र गर्न बाँकी कामहरूको बारेमा जानकारी गराए । शाखा प्रमुखहरूले पनि आगामी नीति तथा कार्यक्रम कस्तो हुन आवश्यक छ भनेर सुझाव मागे । पालिका अध्यक्ष महतले सुरुवातमै सिक्न आएको र गुनासो सुन्न आएको भनेकोले होला दुरागाउँवासीले निर्धक्क आफ्ना कुरा राखे ।
कार्यक्रममा स्थानीय प्रचण्ड सुनुवारले साप्रा खोला जलविद्युत आयोजना अलपत्र भएको, वनवती सिँचाई आयोजनाको काममा गुणस्तरीयताको प्रश्न उठेको, वडाको स्वास्थ्य चौकी अलपत्र भएको लगायतको गुनासो पोखे । सुनुवारले वडावासीलाई निःशुल्क एम्बुलेन्सको सेवा उपलब्ध गराउन पनि पालिका सँग अनुरोध गरे ।
गाउँमा एम्बुलेन्स समयमा नआइदिँदा सुत्केरी महिलाले ज्यान गुमाउनु परेको दुखेसो पोखिन् –एलिसा सुनुवारले । दुरागाउँ त साँच्चिकै दुरको गाउँनै रैछ , अहिले एम्बुलेन्स आउला आउँदैन, भरे आउला आएन, एम्बुलेन्स कुर्दाकुर्दै ज्यान गुमाउनु प¥यो । प्राइभेट गाडी चल्ने ठाउँ भएको भए जति खर्च गरेर भए पनि बिरामीको ज्यान जोगाइन्थ्यो तर यहाँ त्यो पनि सम्भव छैन । अकालमा मर्नबाट जोगाइदिनुस् ।

कार्यक्रममा स्थानीय दीपक रसाइलीले कृषिलाई पेसा मात्र नभएर व्यवसाय र उद्योग बनाउनु पर्ने सुझाव दिए । रसाइलीले वडा वडामा बाँडिने टुक्रे बजेटलाई अन्त्य गरी ठुलो भोलमको बजेट बनाई विकास निर्माणमा लाग्न पालिकालाई सुझाव दिए ।

पालिकाले प्रवाह गरेको सूचना नागरिकसम्म नपुगेको गुनासो स्थानीय ओमन थापाले सुनाए । उनले भने– पालिकाले प्रवाह गरेको सूचना प्रचारप्रसारमा कमी भयो । त्यस्ता सूचना मिडिया तथा वडा सदस्य मार्फत नागरिकको घरघर सम्म पुग्ने वातावरण मिलाउनु प¥यो । कार्यक्रममा चन्द्रमणि भण्डारीले अनुगमन समितिको काम माथि प्रश्न उठाए ।
पालिकाले गरेको कामकारबाहीमा खबरदारी गर्न प्रमुख प्रशासकीय अधिकृत धनेन्द्र भुजेल अनुरोध गरे । उनले भने– यो पालिका तपाइहरूको हो । हामी त राष्ट्र सेवक कर्मचारी हौँ । तपाईँहरूले सुझाव दिनुहोला । हामी सुझाव अनुसार सेवा गर्न तत्पर छौँ ।

नागरिकको समस्या सुन्दै टिप्दै बसेका पालिका अध्यक्ष महतले एकएक प्रश्नको जवाफ पालैपालो दिए । उनले हरेक वडामा आफू जनताको गुनासो सुन्दै र सिक्दै हिँड्ने बताए । महतले आगामी बजेटमा दुरागाउँ सैपुलाई हुने गरी एम्बुलेन्स खरिद गर्ने बताए । नागरिकको समस्याको पोको जस्ताको त्यस्तै टिपोट गरेकोले बजेट बनाउँदा समस्या सम्बोधन हुने गरी काम गर्ने उनले बताए । १ नं. वडालाई १ नं. नै बनाउने सङ्कल्प गरे बमोजिम आफूले काम गरेको उनले थपे ।
कार्यक्रमको अध्यक्षयता गरेका लिखु तामाकोशी गाउँपालिका वडा नं. १ का अध्यक्ष प्रदीपकुमार तामाङले आगामी दिनमा जनताको सुझाव तथा गुनासो सुन्ने वातावरण बनाउने बताए । उनले भने – हामी जनताको गुनासो सुन्छौँ । जनतालाई कृषि अनुदान दिन्छौँ । तर यहाँका युवाहरूले समूहमा र ठूलो भोलममा खेती किसानी गर्ने वचनबद्धताका साथ वडामा आउनु प¥यो ।

Author

  • सरु श्रेष्ठ
    सरु श्रेष्ठ

    View all posts
Previous Post

तामाकोशी बोर्डिङका प्रधानाध्यापक ‘राष्ट्रिय शिक्षा सम्मान’बाट सम्मानित

Next Post

अभिभावहरूले आफ्ना बालबालिकालाई मोबाइलमा भुल्न सिकाए : अध्यक्ष महत

Next Post
अभिभावहरूले आफ्ना बालबालिकालाई मोबाइलमा भुल्न सिकाए : अध्यक्ष महत

अभिभावहरूले आफ्ना बालबालिकालाई मोबाइलमा भुल्न सिकाए : अध्यक्ष महत

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...