Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

रामेछाप नगरपालिकाको नीति तथा कार्यक्रम निर्माणका लागि पत्रकारसँग मेयर

Kumar Shrestha by Kumar Shrestha
May 23, 2024
in जनता स्पेसल, ब्यानर समाचार, समाचार
0
रामेछाप नगरपालिकाको नीति तथा कार्यक्रम निर्माणका लागि पत्रकारसँग मेयर
135
SHARES
3.4k
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप । रामेछाप नगरपालिकाले नीति तथा कार्यक्रम निर्माणका लागि पत्रकारसँग मेयर कार्यक्रम सम्पन्न गरेको छ । आर्थिक वर्ष २०८१÷८२ को नीति तथा कार्यक्रम निर्माणका लागि विभिन्न सरोकारवाला तथा राजनीतिक दलहरू सँग सुझाव लिई पत्रकारहरूसँग सुझाव लिन कार्यक्रमको आयोजना गरिएको रामेछाप नगरपालिकाका सूचना अधिकारी होम बहादुर प्रष्ट पारे ।
आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा नगरका विकासका लागी एसियाकै सबै भन्दा अग्लो बुद्धको मूर्ति स्थापना गरी स्थानीय पर्यटन प्रवर्द्धनमा फड्को मार्ने नगर प्रमुख लवश्री न्यौपानेले बताए । आर्थिक वर्ष २०८१÷०८२ मा शैक्षिक सुधारका लागि मेघा विद्यालयको स्थापना गरी शैक्षिक क्षेत्रमा सुधार गर्ने न्यौपानेले बताए । व्यावसायिक कृषि प्रवर्द्धन , लिफ्ट खानेपानी तथा स्वास्थ्य क्षेत्रमा विशेष महत्वका साथ काम गरिने प्रमुख न्यौपानेले बताए ।
कार्यक्रमका अवसरमा पत्रकारहरूले बन डढेलोले जिल्लाको सबैभन्दा बढी क्षति हुने नगरपालिकाको रूपमा रहेको रामेछाप नगरपालिकाले आवश्यक योजना बनाउन र रैथाने कृषि बालीहरूको संरक्षण गर्न आग्रह गरेका थिए । नगरको नीति तथा कार्यक्रममा समावेश गर्नुपर्ने शिक्षा, स्वास्थ्य, खानेपानी, भौतिक पूर्वाधार, रोजगार प्रवर्द्धन, सञ्चार क्षेत्रको विकासका लागि उपयुक्त कार्यक्रम सञ्चालन तथा शैक्षिक सुधारका कार्यक्रम ल्याउन सुझाव दिएका थिए । रामेछापमा पर्यटन पूर्वाधारको विकासमा नगरपालिकाले आवश्यक योजना बनाउनु पर्ने पनि सुझाव दिएका थिए ।
करिब २ वर्षको अवधिमा नगरले गरेका राम्रा कामहरूको प्रचार प्रसार र स्थानीय उत्पादनलाई बजार सँग जोड्नका लागि पत्रकारहरूको महत्त्वपूर्ण भूमिका भएकाले नगर उप–प्रमुख बालकुमारी कार्कीले बताइन् ।
पत्रकारहरूले सामूहिक रूपमा आएर मिडिया हाउसको विकासका बारेमा एकद्वार बजेट माग गरे सहजता हुने र पालिकाले त्यसको सम्बोधन गर्ने नगरका प्रमुख प्रशासकीय अधिकृत मित्रप्रसाद घिमिरेले बताए ।
कार्यक्रममा नेपाल पत्रकार महासङ्घका अध्यक्ष बद्री नयाँघरेले जिल्लाका मिडियाहरूको संस्थागत विकास गर्न अन्य पालिकाहरू भन्दा अग्रपङ्क्तिमा रहेर सहयोग गर्न आग्रह गरे । उनले नगरलाई उत्पादनसँग जोड्न समेत आग्रह गरे ।

Author

  • Kumar Shrestha
    Kumar Shrestha

    View all posts
Previous Post

पालिकामा भ्रष्टाचार नहुने लिखु तामाकोशीका अध्यक्ष महतको वाचा

Next Post

समृद्ध पालिका बनाउन नागरिकको साथ अनिवार्य

Next Post
समृद्ध पालिका बनाउन नागरिकको साथ अनिवार्य

समृद्ध पालिका बनाउन नागरिकको साथ अनिवार्य

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.