Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

समृद्ध पालिका बनाउन नागरिकको साथ अनिवार्य

Kumar Shrestha by Kumar Shrestha
May 23, 2024
in जनता स्पेसल, ब्यानर समाचार, राष्ट्रिय समाचार, समाचार
0
समृद्ध पालिका बनाउन नागरिकको साथ अनिवार्य
122
SHARES
2.6k
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप । समाजको उन्नति, प्रगति र समग्र विकासको लागी जनप्रतिनिधिले काम गरेर मात्रै नहुने लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष केशव महतले बताए । नागरिकको प्रत्यक्ष वा अप्रत्यक्ष सहयोग विना गाउँपालिकाको समृद्धि हुन नसक्ने अध्यक्ष महतले थपे ।
७ वटा वडा रहेको लिखु तामाकोशी गाउँपालिकाको वडा नं. ६ मा जनतासँग जनप्रतिनिधि कार्यक्रम लिएर वडावासी सामु पुगेका अध्यक्ष महतले वडाका नागरिकले समृद्ध गाउँपालिका निर्माणमा सहयोग पु¥याउन अनुरोध गरे । उनले भने – नराम्रो काम गरेको भए नराम्रो भन्दिनुस्, राम्रो गरेको भए राम्रो भन्दिनुस् । पालिकावासीले गरेको टिका टिप्पणी र सुझावले नै समृद्धिको बाटो पछ्याउन सकिन्छ ।
महतले यातायातको गुरु योजना बनाएर सडक विस्तार गर्ने पनि बताए । उनले भने – महत्वको आधारमा सडक कालोपत्रे गर्नलाई पालिकाले योजना बनाउने छ । वडा देखि गाउँपालिका सम्म आइपुग्ने सडकलाई स्तरोन्नति तथा कालोपत्रे गर्न पालिकाले विशेष योजना बनाएको छ ।
जनतासँग जनप्रतिनिधि कार्यक्रममा मोहन सुनुवारले पालिकालाई आफ्नै एप्स बनाउन सुझाव दिए । उनले भने – अहिले जमाना डिजिटलाईजेशनमा गई सक्यो। त्यसैले पालिकाले आफ्नै एप्स मार्फत वा अनलाइन मिडिया मार्फत पालिकाले जारी गरेको सूचना बारे जानकारी गराउने वातावरण मिलाउन प¥यो । आफ्नै एप्स मार्फत पालिकाले के के सेवा सुविधा दिन्छ त्यो जानकारी गराए नागरिकलाई जानकारी पाउन सहज हुने थियो ।
कार्यक्रममा लिखूतामाकोशी गाउँपालिकाकी निवर्तमान उपाध्यक्ष दीपशिखा दहलाले पालिकाका किसानका लागी बालि बिमा तथा पशु बिमाबारे पालिकाले योजना बनाउन सुझाए । सँगै पालिकाकाका अगुवा किसानलाई कृषि तथा पशु प्राविधिक तालिम दिन र आगामी नीति तथा कार्यक्रममा दीर्घकालीन योजनालाई मात्र स्थान दिन दहलाले सुझाव दिइन् ।
रातो किताबमा आएका योजनाहरूकै बजेट सङ्घीय सरकारले कटौती गरेका कारण आफूले जनतालाई ढाटेको आक्षेप लागेको लिखु तामाकोशी गाउँपालिका वडा नं. ६ का अध्यक्ष शिव प्रसाद न्यौपानेले बताए । उनले गाउँपालिकाकी निवर्तमान उपाध्यक्ष दाहालको सुझावलाई केन्द्रित गर्दै भने– सानातिना योजना माग्नुहुन्छ, मागेको योजना नदिए पख्लास् भन्नहुन्छ । अनि कसरी रोक्न सक्नु टुक्रे योजना ?

Author

  • Kumar Shrestha
    Kumar Shrestha

    View all posts
Previous Post

रामेछाप नगरपालिकाको नीति तथा कार्यक्रम निर्माणका लागि पत्रकारसँग मेयर

Next Post

५५ सय बढी बालबालिकालाई पोलियो विरुद्धको खोप लगाइँदै

Next Post
५५ सय बढी बालबालिकालाई पोलियो विरुद्धको खोप लगाइँदै

५५ सय बढी बालबालिकालाई पोलियो विरुद्धको खोप लगाइँदै

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.