Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

५५ सय बढी बालबालिकालाई पोलियो विरुद्धको खोप लगाइँदै

Kumar Shrestha by Kumar Shrestha
May 23, 2024
in जनता स्पेसल, राष्ट्रिय समाचार, समाचार
0
५५ सय बढी बालबालिकालाई पोलियो विरुद्धको खोप लगाइँदै
12
SHARES
367
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप । सरकारले २०७३ वैशाखदेखि २०७५ असोजभित्र जन्मिएका बालबालिकालाई पोलियो रोग विरुद्धको आईपिभी खोप लगाउँदै छ । रामेछापका ५ हजार ५ सय बढी बालबालिकालाई पोलियो विरुद्धको आईपिभी खोप लगाइँदै छ । खोप अभियान यही जेठ १३ गतेदेखि २६ गतेसम्म सञ्चालन हुँदैछ ।
जनस्वास्थ्य कार्यालय रामेछापका जिल्ला खोप कार्यक्रमका फोकल पर्सन दीपेन्द्र श्रेष्ठका अनुसार जिल्लामा रहेका दुई नगरपालिका र ६ वटा गाउँपालिकाका ५ हजार ५ सय १५ जना बालबालिकालाई पोलियो विरुद्धको आईपिभी खोप लगाइनेछ ।
मन्थली नगरपालिकामा १ हजार ६ सय २०, रामेछाप नगरपालिकामा ६ सय ९१, उमाकुण्ड गाउँपालिकामा ५ सय ६६ र गोकुलगंगा गाउँपालिकामा ६ सय ५५, लिखुतामाकोशी गाउँपालिकामा ४ सय ७७, खाँडादेवी गाउँपालिकामा ५ सय ११, दोरम्बा शैलुङ गाउँपालिकामा ५ सय ४ र सुनापति गाउँपालिकामा ४ सय ९१ जना बालबालिकालाई खोप लगाइनेछ ।
पालिकाहरूमा नियमित खोप सञ्चालन कार्यक्रमलाई प्रभाव नपर्ने गरी विभिन्न तीन चरणमा पोलियो विरुद्धको आईपिभी खोप अभियान सञ्चालन गरिने श्रेष्ठले बताए । श्रेष्ठका अनुसार खोप सञ्चालनका लागि तय भएका २ सय ४ वटा खोप केन्द्रमा २ सय ४ जना स्वास्थ्यकर्मी र ३ सय भन्दा बढी स्वास्थ्य स्वयंसेवक खटिने छन् ।

Author

  • Kumar Shrestha
    Kumar Shrestha

    View all posts
Previous Post

समृद्ध पालिका बनाउन नागरिकको साथ अनिवार्य

Next Post

पूर्वाधारमा दिन भर ताला

Next Post
पूर्वाधारमा दिन भर ताला

पूर्वाधारमा दिन भर ताला

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.