Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

पूर्वाधारमा दिन भर ताला

Kumar Shrestha by Kumar Shrestha
May 23, 2024
in राष्ट्रिय समाचार, समाचार
0
पूर्वाधारमा दिन भर ताला
100
SHARES
1.4k
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप । मङ्गलवार बिहान खाँडादेवी गाउँपालिकाका निर्वाचित जनप्रतिनिधिहरूले जिल्लाको सदरमुकाममा रहेको पूर्वाधार विकास कार्यालयमा ताला लगाइदिए । पालिकाकी उपाध्यक्ष रमा घिसिङको नेतृत्वमा आएका ५ जना वडा अध्यक्षहरू सहितको टोलीले पूर्वाधारको कामकाज ठप्प बनाए ।
पालिका भित्रका आयोजना अलपत्र पारेको भन्दै पूर्वाधार विकास कार्यालय रामेछापमा उनीहरूले ताला लगाएका थिए । उनीहरूले आयोजना कार्यालय विरुद्ध नारा बाजी गर्दै कार्यालयमा ताला लगाएका थिए ।
मन्थली–गोगनपानी–गाल्वा सडक र गोगनपानी–धुलेबेशी– भोटनागी सडक कालोपत्रेको काम पटक– पटक म्याद थप गरे पनि सम्पन्न नभएको कुरा सत्य हो । २०७८ असार १० गते १८ महिनामा सम्पन्न गर्ने गरी मन्थली–गाल्वा सडक र २०७८ असार ३० गते १८ महिनामै सम्पन्न गर्ने गरी सित्खा–धुलेबेसी–भोटनागी सडक सम्झौता भएको थियो । हाल सम्म मन्थली–गाल्वा ३५ प्रतिशत र धुलेबेसी–भोटनागी ५५ प्रतिशत मात्रै काम भएको छ । यसमा सरासर निर्माण व्यवसायीको लापरबाही हो । कामको जिम्मा लिने अनि काम अधुरो बनाएर छाड्ने यस्ता निर्माण व्यवसायीलाई हदै सम्मको कारबाही गर्ने नीति सरकारले ल्याउनु पर्छ । यो नभए सम्म नागरिकको आँखामा छारो हालेर निर्माण व्यवसायी दादागिरी देखाउँदै हिँड्ने छन् ।
काम समयमै सकाउने जिम्मा पूर्वाधार विकास कार्यालयको हो, यसमा दुईमत छैन । आफ्नो पालिका क्षेत्र भित्रको विकास निर्माणमा चासो देखाउनु जनप्रतिनिधिको कर्तव्य हो । तर सरकारको नुनपानी खाएर, सरकारी खर्चमा सदरमुकाम आएर, सरकारी कार्यालयमा तालाबन्दी गर्नु कति उचित हुन्छ त्यो समयले बताउला । नागरिकले त्यसको मूल्याङ्कन गर्लान् नै ।
यता दिनभर पूर्वाधार विकास कार्यालय तालाबन्दी हुँदा आफ्नो काम लिएर आउने सेवाग्राही भने बाहिरै रमिता हेरेर बस्न बाध्य भए । दिन भर कार्यालय बन्द रहँदा समेत नजिकै रहेको जिल्ला प्रशासन कार्यालय मौन बसेको सेवाग्राहीको आरोप छ ।
तालाबन्दी खुलाउन प्रशासनले पहल गरेन भन्ने आरोप छ नि भन्ने सवालमा सहायक प्रमुख जिल्ला अधिकारी किसान न्यौपाने भन्छन् –ताला लगाउन बित्तिकै प्रहरी लिएर ताला फुटाउनु जानु समस्याको समाधान होइन । हामीले सम्बन्धित पक्षसँग कुराकानी गरेर ताला खुलाएकै हो । बुधवार १० बजे सम्म कन्ट्याक्टर आउने र पुनः वार्ता हुने कुरा भएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी न्यौपानेले ताला लगाउनु आफैमा कानुन विपरीत कार्य भएकोले यस्तो काम नगर्न आग्रह समेत गरे ।

Author

  • Kumar Shrestha
    Kumar Shrestha

    View all posts
Previous Post

५५ सय बढी बालबालिकालाई पोलियो विरुद्धको खोप लगाइँदै

Next Post

शैलुङ पानी फ्याक्ट्रीमा सिल, बिक्री वितरणमा रोक

Next Post
शैलुङ पानी फ्याक्ट्रीमा सिल, बिक्री वितरणमा रोक

शैलुङ पानी फ्याक्ट्रीमा सिल, बिक्री वितरणमा रोक

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.