Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

शैलुङ पानी फ्याक्ट्रीमा सिल, बिक्री वितरणमा रोक

Kumar Shrestha by Kumar Shrestha
May 23, 2024
in जनता स्पेसल, ब्यानर समाचार, राष्ट्रिय समाचार, समाचार
0
शैलुङ पानी फ्याक्ट्रीमा सिल, बिक्री वितरणमा रोक
398
SHARES
6.4k
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप । उपभोक्ताको स्वास्थ्यलाई ख्यालनै नगरी वर्षौँ देखि बजारमा बेचिँदै आएको अक्वा शैलुङ प्रशोधित पिउने पानी फ्याक्ट्री सिल गरिएको छ । सिल गरिएसँगै शैलुङ पानी बिक्री वितरणमा रोक लगाइएको छ । गत ०७ गते सोमवार खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुलीले शैलुङ पानीमा कैफियत देखिएकोले फ्याक्ट्री सिल गरेर बिक्री वितरण गर्न रोक लगाएको हो ।
जिल्ला प्रशासन कार्यालय रामेछाप, उद्योग तथा वाणिज्य कार्यालय, रामेछाप र खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुलीका प्रमुख एवं प्रतिनिधिहरूको उपस्थितिमा मन्थली नगरपालिका वडा नं. १ स्थित शैलुङ्ग स्प्रिङ वाटर उद्योगको अनुगमन गर्दा उक्त उद्योगबाट उत्पादित प्रशोधित पिउने पानीको बोतल (१००० मि.लि.) मा लेबल विवरण अस्पष्ट भएको पाइएको थियो । लेबल विवरण अस्पष्ट भएको पाइए पछि जिल्ला भित्र र जिल्ला बाहिरका बजारहरूमा शैलुङ पानी बिक्रीको लागि रोकिएको हो । लेबल विवरण अस्पष्ट शैलुङ पानी बिक्रीको लागि पठाएको पाइएकोले उक्त पानी २०८१।०२।०९ गते सम्म फिर्ताल्याई सक्नु भनी कार्यालयले निर्देशन दिएको थियो ।
उक्त उद्योगले उत्पादन गरेको शैलुङ पानी प्रयोग नगर्न तथा उद्योगबाट बिक्री गरेका पानी पसल ÷ फर्ममा फिर्ता लिन आएमा समेत खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुलीमा जानकारी दिन कार्यालयले अनुरोध गरेको छ ।
उपभोक्ताको स्वास्थ्यलाई ख्यालनै नगरी शैलुङ पानी बिक्री वितरण भएको छ भन्ने समाचार यस अघि पनि गन्तव्य टुडेले लेखि सकेको छ । गन्तव्य टुडेले ’अक्वा शैलुङ प्रशोधित पिउने पानी’ नाम मात्रैको प्रशोधित पिउने पानी हो भन्दा कुनै फरक पर्दैन । केही समय अगाडी ’अक्वा शैलुङ प्रशोधित पिउने पानी’को सिलप्याक गरेको बोटलको भित्र किरा कुदिरहेको अवस्थामा भेटिएको थियो । उपभोक्ताको स्वास्थ्यलाई ख्याल नै नगरी आफ्नो फाइदा मात्र हेर्ने यो पानी कम्पनी निर्बाध रूपमा चलिरहेको छ । गल्ती माथि गल्ती गर्दा पनि नियमक निकाय मौन छ । रमिता हेरिरहेको छ भनेर लेखेको थियो ।
शैलुङ स्प्रिङ वाटर ईन्ड्रस्टिका सञ्चालक रामबाबु गिरीको यस्तो हर्कत हुँदा समेत तालुक निकायले पटकपटक थोरै जरिवाना र अल्टिमेट दिएर छाडिदिने गरेको छ । पिउने पानी नागरिकको स्वास्थ्यमा प्रत्यक्ष जोडिन्छ । पानी सजीव जीवन आधारका लागि महत्त्वपूर्ण कुरा हो । तर, यही पानीमा बेइमानी र मनोमानीले गर्दा बेला–बेलामा समस्या पनि निम्तिने गर्छ ।
शैलुङ पानीलाई अनुगमन गरेको मितिले १५ दिन भित्र सबै कैफियत सुधार लागी खाद्यले भनेको छ । खाद्यले लेबल लगाउने मेसिन १५ दिन भित्र समेत सुधार नगरे फ्याक्ट्री सिल नै राख्ने बताएको छ ।

Author

  • Kumar Shrestha
    Kumar Shrestha

    View all posts
Previous Post

पूर्वाधारमा दिन भर ताला

Next Post

मन्थली अस्पतालमा टेलिमेडिसिन सेवा सुरु

Next Post
मन्थली अस्पतालमा टेलिमेडिसिन सेवा सुरु

मन्थली अस्पतालमा टेलिमेडिसिन सेवा सुरु

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.