Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

खाँडीबाट फर्केर खेती किसानीमा व्यस्त कुलबहादुर

सरु श्रेष्ठ by सरु श्रेष्ठ
June 14, 2024
in ब्यानर समाचार, समाचार
0
खाँडीबाट फर्केर खेती किसानीमा व्यस्त कुलबहादुर
0
SHARES
14
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप । जिल्लाको गोकुलगंगा गाउँपालिका वडा नं.– १ को गर्जाङ गाउँको माटोमा खेल्दै परिवारसँग रमाइरहेका कुलबहादुर खड्काले घरपरिवारको आर्थिक स्थिति सपार्ने सपना देखे र कामको खोजीमा लागे खाँडी मुलुक तिर ।

पैसा कमाउने र परिवारलाई खुसी राख्ने उद्देश्यले कुलबहादुर खड्का कहिले साउदी, कहिले मलेसिया, कहिले कतार लगायतका खाँडी मुलुक लगायत देशमा पुगे । गाउँमा रोजगारीको अवसर नपाए पछि अरबमा आफ्नो श्रम बेच्न गएका थिए खड्का । आफ्नो पुर्खौली कृषि पेसाले गाँस, बास र कपासको जोहो गर्न नसकेपछि अरू युवा जस्तै कुलबहादुर पनि खाँडी छिरे । पहाडको चिसो मौसममा आफ्नै तरिकाले काम गर्दै बाँचेका कुलबहादुर विदेशी भूमिमा पुगेर अरूको इशारामा समय कटाउन बाध्य बने । विवाह गरे पछि पनि विदेश गएका उनी त्यो पललाई अब सम्झनै चाँहदैनन । काखको आफ्ना सन्तान खेलाउन छाडेर समेत कुलबहादुर पैसा कमाउन विदेश गए । बुढी आमाको र साना लालावालाको जिम्मेवारी श्रीमतीलाई छाडेर ।

खाँडीको बसाइँले धेरथोर पैसा पनि दियो । तर त्यो पैसाले कुलबहादुरसँग परिवारको माया र गाउँको सम्झना किन्न सकेन । विदेशमा जति सुकै कमाए पनि आफ्नो जवानी सबै अरूकै नोकर बनेर बिताउन मन लागेन उनलाई । २०७२ सालको महाभूकम्पले देशको मुहार तहसनहस बनाए पछि आफ्नै गाउँ फर्किए कुलबहादुर । गाउँ फर्केका कुलबहादुरले फर्के लगत्तै आलु र किवी खेती सुरु गरे । आलु खेती उनको पुर्खौली पेशा भए पनि किवी खेती उनको लागि नयाँ थियो र उतिकै चुनौती पनि थियो । विदेशमा हुँदा मेन्टिनेन्सको काम गरेका उनको रगतमै कृषि थियो ।

अरबको तातोमा १४ वर्ष बिताएर आफ्नै गाउँ फर्किएका कुलबहादुर अचेल खेतीपातीमै व्यस्त भेटिन्छन् । दुई छोरा एक छोरी, श्रीमती र आमाको साथमा अहिले उनी खुसी छन् । विदेश जानु अगाडि हौसला दिने कोही नभएकोले आफ्नो १४ वर्ष अर्काको माटोमा बितेकोमा चिन्तित बने उनी । सानैदेखि बोटबिरुवासँग प्रेम बसेको कुलबहादुरका बाबु बागवानी फार्मका जागिरे थिए । कटुस, आलुचा, आरुका फलफूलहरूसँगै बालापन बिताएका उनी अहिले किवी फलाएर व्यावसायिक कृषिमा जमेका छन् । तालिम दिन आफूसँग प्रमाणपत्र नभए पनि गाउँगाउँ किवी खेतीको बारेमा गाउँलेलाई सिकाउँछन् । किवीको हाँगा छाँटकाँट गर्न परे अचेल उनैलाई सम्झन्छन् गाउँका साथीभाइ । उनी पनि झन्झट नमानी गाउँगाउँका किवी फार्ममा गएर किवीका हाँगा छाँटकाँट गरिदिन्छन् ।

फलेको जति किवी र आलुले राम्रो बजार पाउने हो भने विदेशमा कमाउने भन्दा दोब्बर कमाउन सकिनेमा उनी ढुक्क छन् । व्यावसायिक कृषिका लागि कृषि विकास कार्यालय र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले समेत सहयोग गरेको रहेछ । विदेश जाने युवाहरूलाई समेत तालिम लिएर आफ्नै देशमा व्यावसायिक कृषिमा लाग्न सुझाउँछन् कुलबहादुर ।

श्रीमानले गाउँमै व्यावसायिक कृषि थाले पछि कुलबहादुरकी श्रीमती पनि खुसी छिन् । श्रीमान् विदेशमा हुँदा ५ महिनामा एउटा चिठ्ठी पढेर जीवनको गोरेटो हिँडेकी उनको आँखै अगाडि पुरै परिवार छ । श्रीमानले किवी खेती सुरु गरेपछि गाउँका धेरै युवाहरू किवी खेतीमा आकर्षित भएको देखेर उनी झनै हर्षित छिन् ।
विदेशी माटोमा पसिना बगाएर जति पैसा कमाए पनि आफ्नो देशमा कमाएको जस्तो आनन्द पाइएन कुलबहादुर भन्छन् । उनी भन्छन्–देशमा पसिना बगाउँदा नेपाली माटोमा नै सुन फल्छ । विदेश जानु भएका र जान चाहनु भएकाहरूले पनि विदेश जान अगाडि एक पटक पसिनाको मूल्य र माटोको सुगन्ध बुझ्न जरुरी छ ।
कृषि विकास कार्यालय र प्रधानमन्त्री कृषि आधुनिकीकरणले यो बेला कृषिमा ठुलो लगानी गरिरहेको छ । त्यस्तै हरेक नगरपालिका तथा गाउँपालिकाले पनि कृषिमा क्रान्ति गर्नका लागि र आत्मनिर्भर बन्न कृषिमा लगानी गरिरहेको छ । हामीले त्यसको लागि सरकारको साथ दिन पर्छ । सरकारले गरेको लगानीको संरक्षण गर्नु पर्छ अनि मात्र देशको पनि प्रगति हुन्छ ।

नेपाल आफैमा कृषि प्रधान देश हो । नेपालमा व्यावसायिक कृषि सुरु गर्न जग्गाजमिनको कुनै कमी छैन । आफूसँग मनग्य लगानी नभए नेपाल सरकारका विभिन्न निकायले अनुदानका कार्यक्रमहरू पनि अगाडि सारेको छ । विभिन्न पकेट क्षेत्र बनाएर काम गरिरहेको छ । अब विदेश जाने हैन जानेहरूलाई फर्काउने वातावरण बनाउन जरुरी छ कुलबहादुरले भने । हामी जस्ता कर्म गरेर खाने युवा शक्ति विदेश जान्छौँ । सरकारले दिएको अनुदान सबै कर्म गर्नेको भन्दा पनि गोजी भर्नेको हातमा जाँदा सरकारले लगानी गरेको अनुदान रकम बालुवामा पानी हेलेको जस्तो हुन पुगेको छ । अब हामी युवाहरू विदेश हैन नेपालमा बसेर विदेशमा गरेको मिहिनेत नेपालमा गर्नु पर्छ, कुलबहादुर भन्छन् ।

Author

  • सरु श्रेष्ठ
    सरु श्रेष्ठ

    View all posts
Previous Post

शैलुङ पर्यटन विकासमा एमाले बाधक बन्यो : अध्यक्ष मोक्तान

Next Post

हेफरको लापरबाहीका कारण रित्तियो किसानको खोर

Next Post
हेफरको लापरबाहीका कारण रित्तियो किसानको खोर

हेफरको लापरबाहीका कारण रित्तियो किसानको खोर

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.