Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

शैलुङ पर्यटन विकासमा एमाले बाधक बन्यो : अध्यक्ष मोक्तान

जनता भ्वाइस by जनता भ्वाइस
June 9, 2024
in ब्यानर समाचार, समाचार
0
शैलुङ पर्यटन विकासमा एमाले बाधक बन्यो : अध्यक्ष मोक्तान
0
SHARES
11
VIEWS
Share on FacebookShare on Twitter


रामेछाप । जिल्लाको दोरम्बा शैलुङ गाउँपालिकामा पर्ने शैलुङको विकासमा एमाले बाधक बनेको पालिका अध्यक्ष मैन कुमार मोक्तानले बताएका छन् । अध्यक्ष मोक्तानले भने– ‘शैलुङको खोला खर्कमा पालिकाले ३ वटा ४ कोठे दुइतले भवन निर्माण गर्न बजेट विनियोजन गरेको थियो । पालिकाको पर्यटकीय विकासका लागी त्यो भवन वरदान साबित हुने थियो । तर सम्बन्धित वडाका वडा अध्यक्षका कारण पालिकाको पर्यटकीय विकासमा बाधा पुग्यो ।’

मोक्तानले भने– ‘बजेट विनियोजन गर्दा कार्यपालिकाले स्विकारेको बजेट, टेन्डर खोली सम्झौता गरिसकेको अवस्थामा १ नं. वडाका अध्यक्ष प्रेम तामाङले विरोध गर्दै बिज्ञप्ती निकाल्नु भयो ।’ वडा अध्यक्षले राजनीतिक आग्रह पूर्वाग्रह राखेर पालिकाको गौरवको योजनालाई विफल बनाए ।

दोरम्बाको शैलुङ एक स्थानीय तहको मात्र नभई रामेछापको सम्पत्ति भएको बताउँदै मोक्तानले भने, ‘अहिले शैलुङ घुम्न आउने पर्यटकका लागी रातमा बस्ने ठाउँ छैन, पर्यटकलाई एकरात रोकौँ, पर्यटनको विकास गरौँ, कम्तीमा आन्तरिक तथा बाह्य पर्यटक आउँदा बस्ने ठाउँ हुन्छ । आफ्नो वडामा बजेट आउँदा, वडामा पूर्वाधार निर्माण हुँदा वडा अध्यक्ष ज्यू खुसी हुनुपर्ने हो । तर उहाँ बजेट विनियोजन गर्दा मौन हुनु भयो, सहमति जनाउनु भयो । एक्कासि बिज्ञप्ती निकाल्नु भयो।’

उनले भने – ‘१ नम्बरका वडाका अध्यक्ष ज्यूले बजेट विनियोजन पछाडि फिल्ड भिजिट पनि गर्नु भएको थियो । प्राविधिक स्टमेट बनाउँदा समेत उहाँ सँगै हुनुहुन्थ्यो । अन्तिममा अनविज्ञ हुने ढोँग रच्नु भयो उहाँले ।’

विकास र पर्यटन प्रबर्दनका लागि पाहुना घर बनाउन टेन्डर निकालेर ठेकेदार कम्पनी छनौट गरेर सम्झौता गरिसकेको अवस्थामा सम्बन्धित वडा अध्यक्षको विरोध मुलुक विज्ञप्ति पछि पालिकाले टेन्डरको सम्झौता तोड्न बाध्य भएको निमित्त प्रमुख प्रशासकीय अधिकृत नरेश महतोले बताए ।

उनले भने – ‘विवाद आएपछि हामीले काम गर्न सकेनौँ। हामी कर्मचारी हौँ, जनप्रतिनिधिले नै विरोध गर्नुहुन्छ भने काम रोक्छौँ । विरोध बिच हामी काम गर्न सक्दैनौँ । जनप्रतिनिधिले गरेको विरोधको जवाफ जनतालाई जनप्रतिनिधिले नै दिने हो । जनप्रतिनिधिले त विरोध मिलाउनुपर्ने हो, यदि उहाँहरूले नै विरोध गर्नुहुन्छ भने हामी केही भन्दैनौ ।’

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

मन्थलीमा बन्ने भयो सांस्कृतिक सङ्ग्रहालय

Next Post

खाँडीबाट फर्केर खेती किसानीमा व्यस्त कुलबहादुर

Next Post
खाँडीबाट फर्केर खेती किसानीमा व्यस्त कुलबहादुर

खाँडीबाट फर्केर खेती किसानीमा व्यस्त कुलबहादुर

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.