Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

प्रहरीको दुर्व्यवहार विरुद्ध महासंघ र युनियनको विज्ञप्ति

Kumar Shrestha by Kumar Shrestha
September 10, 2024
in जनता स्पेसल, ब्यानर समाचार, समाचार
0
प्रहरीको दुर्व्यवहार विरुद्ध महासंघ र युनियनको विज्ञप्ति
369
SHARES
6.6k
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप । रामेछाप जिल्ला बाट प्रकाशित अक्षता राष्ट्रिय दैनिकका सम्पादक नवीन केसीलाई प्रहरीले दुर्व्यवहार गरेको भन्दै नेपाल पत्रकार महासङ्घ रामेछाप शाखा र प्रेस युनियन रामेछाप शाखाले विज्ञप्ति निकालेको छ । प्रेस स्वतन्त्रता विरुद्ध प्रहरीले शरीर खानतलासी गरी दुर्व्यवहार गरेको भन्दै महासंघ र युनियनले ध्यानाकर्षण गराएको छ ।
महासंघकी सचिब तुल्सीदेवी श्रेष्ठ र नेपाल प्रेस युनियन रामेछापका सचिब सागर बोहराद्वारा हस्ताक्षर गरिएको छुट्टाछुट्टै विज्ञप्तिमा लेखिएको छ– मिति २०८१ साल भाद्र २४ गते सोमबार बिहान १११ औँ बिपी जयन्तीको अवसरमा ऊर्जा जलस्रोत तथा सिचाई राज्य मन्त्री एवं नेपाली काँग्रेस रामेछापका सभापति पूर्ण बहादुर तामाङ ( कान्छाराम) सहभागी कार्यक्रममा सुरक्षार्थ खटिएका प्रहरीहरूबाट बाटो हिँड्दै गर्दा सोधपुछ बिना आफू पत्रकार भएको जानकारी गराउँदा गराउँदै पनि शरीर खानतलासी गरी दुर्व्यवहार गरेको घटना प्रति नेपाल पत्रकार महासङ्घ रामेछाप शाखाको गम्भीर ध्यानाकर्षण भएको छ ।
यस प्रकारको घटना प्रेस स्वतन्त्रता प्रतिको ठाडो हस्तक्षेप हो भन्ने महासङ्घको बुझाई रहेको छ । अबका दिनमा यस्ता प्रकारका कार्य नदोहो¥याउन सम्बन्धित निकायलाई महासङ्घ आग्रह गर्दै पूर्ण प्रेस स्वतन्त्रताको प्रत्याभूति सहित पत्रकार सुरक्षाको लागी महासङ्घ जोडदार माग गर्दछ ।
केही दिनयता जिल्ला प्रहरी कार्यालय परिसर आसपासकै केही घरहरूमा चोरी भए । रामेछाप नगरपालिका र खाँडादेवी गाउँपालिकामा ‘योजनाबद्ध’ खसी चोरी भए। खोरमा बाधेको खसी खोरमै काटेर चोरले आनन्दले लग्न पायो । प्रहरीले नै बाईकका पार्ट पुर्जा चोर्दै हिँडे । प्रहरी बजार सरसफाइमा र प्रमुख जिल्ला अधिकारी योगा र ध्यानमा व्यस्त । तर एक जना पत्रकार सडकको पेटीमा हिँड्दा, दिउँसै एक जना पत्रकार सडकको पेटीमा हिँड्दा चाहिँ शरीर खानतलासी गरी दुर्व्यवहार गर्नु पर्ने ? यो आजको ताजा बहसको विषय बनेको छ ।

Author

  • Kumar Shrestha
    Kumar Shrestha

    View all posts
Previous Post

शैलुङ् पहिरो अपडेटः मृतकको संख्या ८ पुग्यो

Next Post

ऊर्जा राज्यमन्त्रीलाई आफ्नै पार्टी सचिवले देखाए कालो झन्डा

Next Post
ऊर्जा राज्यमन्त्रीलाई आफ्नै पार्टी सचिवले देखाए कालो झन्डा

ऊर्जा राज्यमन्त्रीलाई आफ्नै पार्टी सचिवले देखाए कालो झन्डा

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.