Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

ऊर्जा राज्यमन्त्रीलाई आफ्नै पार्टी सचिवले देखाए कालो झन्डा

Kumar Shrestha by Kumar Shrestha
September 10, 2024
in जनता स्पेसल, ब्यानर समाचार, समाचार
0
ऊर्जा राज्यमन्त्रीलाई आफ्नै पार्टी सचिवले देखाए कालो झन्डा
125
SHARES
2.2k
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप । ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम) लाई गृह जिल्ला रामेछापमा कालो झन्डा देखाई अवरोध गरिएको छ । काँग्रेस रामेछापका सभापति समेत रहेका राज्यमन्त्री कान्छारामलाई सोमबार सदरमुकाम मन्थलीमा आफ्नै पार्टीका सचिव दीपक खड्काले कालो झन्डा देखाएका हुन् । खड्काले कालो झन्डा देखाए पछि तय भएको कार्यक्रममा समेत अवरोध भएको थियो ।
१११ औँ वि.पी. जयन्तीका अवसरमा रामेछाप काँग्रेसले सोमबार विभिन्न कार्यक्रम तय गरेको थियो । पार्टीले तय गरेको कार्यक्रम अनुसार राज्यमन्त्री तामाङले सोमबार बिहान सदरमुकाम स्थित वि.पी.को सालिकमा माल्यार्पण गरी विभिन्न अस्पतालहरूमा भर्ना भएर बसेका बिरामीहरूलाई फलफूल वितरणको कार्यक्रममा सहभागी भएका थिए ।
तामाकोशी अस्पताल र दिल श्री मेडिकल हलमा रहेका बिरामीलाई फलफूल वितरण गरी रामेछाप सामुदायिक अस्पतालमा आउँदै गरेकाका राज्यमन्त्री कान्छारामलाई काँग्रेस रामेछापका सचिव खड्काले कालो झन्डा देखाएका हुन् । कालो झन्डा देखाउने क्रममा तनावको अवस्था सिर्जना भएपछि राज्यमन्त्री कान्छारामले रामेछाप सामुदायिक अस्पतालका बिरामीलाई फलफूल वितरण गर्न सकेनन् ।
रामेछाप सामुदायिक अस्पतालका बिरामीलाई फलफूल वितरण नगरी राज्यमन्त्री तामाङ मन्थली अस्पताल हानिए । सचिव खड्काको समूहलाई कालो झन्डा देखाउन नदिन बिहानैदेखि मन्थली बजारमा ठुलो मात्रामा नेपाल प्रहरी र सशस्त्र प्रहरी खटिएका थिए । खड्काको कालो झन्डा देखाउने लगायतका विरोधका कार्यक्रमलाई रोक्ने परिचालित सुरक्षाकर्मी र काँग्रेसका नेता तथा कार्यकर्ताको सचिव प्रयास असफल भयो ।
कालो झन्डा देखाउने क्रममा मन्थलीको देवकोटा चोक केही समय तनावग्रस्त बनेको थियो । सचिव खड्काले आइतबार नै ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री समेत रहेका सभापति तामाङ पार्टी पदाधिकारीहरूको मर्यादामा समेत असर पर्ने कार्य गरी एकलौटी तवरबाट चलेको भन्दै सभापति तामाङ सहभागी हुने १११ औँ वि.पी. जयन्ती कार्यक्रममा अवरोध गर्ने चेतावनी दिएका थिए ।

Author

  • Kumar Shrestha
    Kumar Shrestha

    View all posts
Previous Post

प्रहरीको दुर्व्यवहार विरुद्ध महासंघ र युनियनको विज्ञप्ति

Next Post

लिखुतामाकोशीको सार्वजनिक सुनुवाइ सम्पन्न

Next Post
लिखुतामाकोशीको सार्वजनिक सुनुवाइ सम्पन्न

लिखुतामाकोशीको सार्वजनिक सुनुवाइ सम्पन्न

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.