Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

रामेछाप र सिन्धुली जिल्ला जोड्ने खुर्कोटको लागि बेलीब्रिज आज आईपुग्दै

Kumar Shrestha by Kumar Shrestha
October 5, 2024
in जनता स्पेसल, ब्यानर समाचार, राष्ट्रिय समाचार, समाचार
0
रामेछाप र सिन्धुली जिल्ला जोड्ने खुर्कोटको लागि बेलीब्रिज आज आईपुग्दै
357
SHARES
3.7k
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप,असोज १९ । रामेछाप र सिन्धुली जिल्ला जोड्ने खुर्कोटको लागि बेलीब्रिज शनिवार बिहान सम्म आईपुग्ने भएको छ । असोज १२ गतेको अविरल वर्षासँगै आएको बाढीले बगाएको खुर्कोटको पुलमा बेलीब्रिज बनाउने कार्य चाडै सुरु हुने भएको छ ।
हेटौँडाबाट बेलीब्रिजका सामान लिएर ट्रकहरू हिँडेका छन् । सामान सहित ट्रक हिँडेको हुँदा तत्कालै बेलीब्रिज बन्ने भएको । सोही अनुसार खुर्कोट पुलमा छिटो भन्दा छिटो बेलीब्रिज जडान गर्न बागमती प्रदेशको राजधानी हेटौँडाबाट ४८.८ मिटरको बेलीब्रिज लोड भएको जानकारी प्राप्त भएको छ । रामेछापबाट निर्वाचित सांसद ऊर्जा, जलश्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम) ले शुक्रवार बाढीले बगाएको खुर्कोट पुलमा आवश्यक बेलीब्रिज प्रदेश राजधानी हेटौँडाबाट लोड गराएर पठाएको नेपाली काँग्रेस रामेछापका कार्यवाहक सभापति लेखबहादुर कार्कीले बताए ।
हेटौडाबाट बेलीब्रिजका समान लिएर ४–५ वटा ट्रकमा आउँदै गरेको सडक डिभिजन कार्यालयका इन्जिनियर प्रदीप तामाङले बताए। बेलीब्रिज जोड्न २ हप्ताबढी लाग्ने जानकारी तामाङले दिए । तामाङले भने– नेपाली सेना र सडक डिभिजन कार्यालयका प्राविधिकहरू समेतले लागेर बेलीब्रिज निर्माण गर्ने छन् ।
गत हप्ताको लगातारको वर्षाले सिन्धुलीको खुर्कोट र रामेछाप जोड्ने पक्की पुल बगाएको थियो । रामेछाप जोड्ने बिपी राजमार्ग अस्थायी रूपमा खोल्ने प्रयास भइरहँदा सुनकोसीमा बेलीब्रिज राख्ने तयारी भइरहेको छ । रामेछाप सदरमुकाम मन्थलीलाई राष्ट्रिय राजमार्ग बिपी राजमार्गसँग जोड्ने सेलेघाट–खुर्कोटको पुलमा नेपाली सेना मार्फत तत्काल बेलीब्रिज बनाउन सिफारिस भएको छ ।
बाढीले खुर्कोट पुल बगाएपछि रामेछापवासी १ हजार ५ सय रुपैयाँ सम्म गाडी भाडा तिरेर मन्थली–चरिकोट–खाडिचौर हुँदै काठमाडौँ आवतजावत गरिरहेका छन् । तराई क्षेत्रबाट जिल्लामा ल्याइने दैनिक उपभोग्य सामाग्रीहरूको पनि भाउ बढेको छ ।

Author

  • Kumar Shrestha
    Kumar Shrestha

    View all posts
Previous Post

लिखुतामाकोशीको सार्वजनिक सुनुवाइ सम्पन्न

Next Post

४१ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषणा

Next Post
४१ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषणा

४१ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषणा

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.