Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

स्थलगत रिपोर्ट : ‘प्राथमिकताका आधारमा सहयोग गर्नुपर्छ’

Kumar Shrestha by Kumar Shrestha
October 5, 2024
in जनता स्पेसल, ब्यानर समाचार, राष्ट्रिय समाचार, समाचार
0
स्थलगत रिपोर्ट : ‘प्राथमिकताका आधारमा सहयोग गर्नुपर्छ’
251
SHARES
2.6k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रेपलाञ्चोक । बेथानचोक गाउँपालिका–४ सलान्दुबगरका मदन लामाको यही असोज ११ गते राति सलान्दुखोलासँगै मिसिएर आएको बाढीले घर, टेलर्ससहित कस्मेटिक पसल र फर्निचर उद्योगलगायत सबै सामान बगाएको छ । बाढीले सबै सामान बगाएपछि लामाले असोज १३ गतेदेखि बस्नका लागि कोठा खोजेका हुन् ।
गहभरि आँसु, ओँठमा रोधन थरथर काँपेको शरीर । ‘न बस्ने ठेगान छ, न खानेकुरा र पैसा नै । ज्यान बाँचे पनि बस्ने र खाने व्यवस्था नहुँदा सास्ती भएको छ । एकपट्टि चुँडिएको चप्पलमा पनौती र खोपासीको बजार कोठा खोजे पनि पाइएन’, मगरले सुनाए ।
घरबार, पसल, उद्योग र नगद सबै बाढीले बगाएपछि आफन्तलेकिनिदिएको एकजोर कपडा र चप्पलमा बसिरहेको मदनले बताए । उद्धारपछि बाढीपहिरो पीडितको व्यवस्थापन र अवस्थाका विषयमा ‘रिपोर्टिङ’ गर्न शुक्रबार सलान्दुबगरमा पुग्दा बगाएको घरको अवशेष देखाउँदै उनले भने, ‘ज्यानबाहेक मसँग केही छैन, सबै बगाएपछि पनौतीमा कोठा खोजेर आमा र छोराछोरीलाई राखेको छु । खानेकुरा र लाउने लुगासमेत छैन ।’
बाढी आएको रातिदेखि दुई दिनसम्म भिजेको लुगा लगाएर बसेको भन्दै मदनले आफन्तले दिएको कपडाले धेरै राहत महसुस भएको बताए । लगाएर आङ छोपेर राहत लिन उभिएको बताए । ‘स्थानीय सरकार र राज्यले बढी समस्यामा भएकालाई प्राथमिकतामा राखेर राहत तथा पुनः स्थापनमा गर्नुपर्छ । वृद्धा आमा र बालबच्चासहित कोठामा बसे पनि खानाको व्यवस्था नहुँदा समस्या भएको छ’, उनले भने ।
दसैँका लागि टेलर्समा सिलाइका कपडा, कस्मेटिक पसलमा सामान हालिसकेको बताउँदै मदनले फर्निचर उद्योगमा माग अनुसार सामान बनाएर गोदाम राखेकामा सबै बगाएको जानकारी दिए । घर, बारी जग्गाजमिन पसल र फर्निचर उद्योग गरी करिब दुई करोडमाथिको क्षति भएको उनले बताए ।
सोही ठाउँकी कान्छी बोमजनले घरको दायाँबायाँ पहिरोले लगेपछि रातभरि नजिकैको जङ्गलमा रूखमुनि बसेको सुनाइन् । केही दिनदेखिछिन् । सरकारले पीडितको अवस्था, प्राथमिकता र आवश्यकताका आधारमा राहत उपलब्ध गराउनुपर्नेमा उनले जोड दिइन् ।
सोही ठाउँका विनोद सिङ्तानले घरबार सबै बगाएपछि आफूहरू बिचल्लीमा परेको बताए । भएको घरबार, कुखुरापालन व्यवसाय, खाद्यान्न, लत्ताकपडा र नागरिकता, लालपुर्जालगायत सबै कागजात बगाएको उनले बताए । पुरेको घरभित्र हिलोमाटो लतपतिएको लत्ताकपडा निकाल्दै खोल्साको पानीमा पखाल्दै गरेकी सरस्वती लामाले बस्ने घर, खाने अन्नपात नभएको भन्दै पीडितलाई पुनः स्थापनाका लागि स्थानीय सरकारले तत्काल पहल थाल्नुपर्ने बताए ।
बाढीले पुरिएको घरभित्रका सामान निकाल्दै बचेको सामान सार्नमा व्यस्त खहरे खोलाका सुरेन्द्र वाइबाले विपद्मा परेका नागरिकलाई चाँडो राहत उपलब्ध गराउन सरकारलाई आग्रह गरे । सरकारले यस्तो बेलामा प्राथमिकता र आवश्यकता हेरेर सहयोग गर्नुपर्ने उनको भनाइ छ ।
सलान्दुबगरका लिलाबहादुर लामाको परिवार अहिले खोपासीमा कोठा लिएर बस्दै आएका छन् । रातिको समयमा गएको बाढीपहिरोले घरको सबै सामान, डम्फु, खैँचडी र ढ्याङ्ग्रो बनाउने उद्योगसमेत पुरेको उनले बताए । ‘अहिले पनि घरमा बस्न सक्ने अवस्था छैन’, उनले भने, ‘अब वर्षा भएन भने घरमा बस्न मर्मत गर्नुपर्छ, त्यसका लागि रु आठ÷१० लाख लाग्छ ।’
बस्ने ठाउँमा असुरक्षित भएको र भएको ठाउँ पनि बाढीले बगाएर विस्थापित हुनुपर्ने अवस्था आएको लिलाबहादुरले बताए । आपत्को बेलामा उद्धार गर्न स्थानीय सरकारलाई आग्रह गर्दै उनले जनतालाई ‘सरकार छ’ भन्ने महसुस गराउने समय आएको उल्लेख गरे ।
सोही ठाउँका कृष्णकुमार लामाले भएभरको सबै बगाएको बताउँदै सरकारले पीडितलाई तत्काल अस्थायी बासको व्यवस्था गरिदिनुपर्नेमा जोड दिए । ‘बस्ने घर, जग्गाजमिन सबै बाढीले बगायो । ज्यालामजदुरीको काम पाए पनि खानाको व्यवस्था हुने थियो’, उनले भने ।
बेथानचोक–४ पाटीखर्कका विद्या खड्काको पक्की तीन वटा घर बाढीले बगाएर बिचल्ली भएपछि अहिले खोपासीमा कोठा लिएर बस्दै आएका छन् । सलान्दुबगरमा मात्रै करिब २० घर पूर्ण रुपमा क्षति भएका छन् । खहरेखोला, सलान्दुबगर, पाटीखर्क र चलालगणेशस्थानका नागरिकले अहिलेसम्म राहत नपाएको गुनासो गर्दै सरकारले प्राथमिकता हेरेर राहत उपलब्ध गर्नुपर्ने बताएका छन् ।
बेथानचोक गाउँपालिकाका उपाध्यक्ष तारा राना तिमल्सिनाले समस्यामा परेका नागरिकलाई राहत उपलब्ध गराउन पहल भइरहेको बताए । विशेषगरी अहिले प्राथमिकताका आधारमा उद्धार, राहत र पुनः स्थापनाका लागि योजनाबद्ध काम भइरहेको उनले जानकारी दिए ।
पालिकाका अध्यक्ष भगवान् अधिकारीले पालिकामा सडक, विद्युत् र सञ्चारको सेवाबाट वञ्चित रहेकालाई पहिलो प्राथमिकता राखी ती सेवा सञ्चालनका लागि मर्मत सम्भारको काम थालिएको बताए । ‘हाम्रो क्षमताले मात्रै यहाँका नागरिकको समस्याको सम्बोधन गर्न नसकिने अवस्था रहेकाले सङ्घ, प्रदेश र स्थानीय सरकारको समन्वयमा अगाडि बढ्नुको विकल्प छैन’, उनले भने ।
अहिले सडक निर्माणका लागि पालिकाको केन्द्र ढुङ्खर्क जोड्ने खोपासी–सलान्दुबगर, चलाल, ढुङ्खर्क सडकलगायत विभिन्न वडाका शाखा बाटोहरू मर्मत गर्न स्काभेटर, लोडर, डोजरलगायत उपकरणसहितको जनशक्ति परिचालन गरिरहेको अध्यक्ष अधिकारीले जानकारी दिए । उनका अनुसार गाउँपालिकाभित्रमा बाढीपहिरोमा परी १२ जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् । बेपत्ताको खोजी कार्य भइरहेको छ ।
गाउँपालिका कार्यालय डुबानमा परेको भन्दै अध्यक्ष अधिकारीले कतिपय महत्त्वपूर्ण कागजात नष्ट भएका बताए । अधिकांश आवश्यक कागजात र विवरण क्षति भएकाले अडिटका क्रममा आउने समस्याका बारेमा सम्बन्धित निकायलाई उक्त समस्या समाधान गर्न अहिले नै ध्यानाकर्षण गराइने उनको भनाइ छ ।
बेथानचोक गाउँपालिकाभित्र पूर्ण रुपमा पाँच सय घर र आंशिक रुपमा पाँच सय घरमा क्षति हुनुका साथै कुखुरा नौ हजार, पशुचौपाया गाई, भैँसी र बाख्रा गरी एक हजारको हाराहारीमा क्षति भएको पालिका कार्यालयले जनाएको छ ।

Author

  • Kumar Shrestha
    Kumar Shrestha

    View all posts
Previous Post

४१ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषणा

Next Post

रामेछापको भटौलीमा सिन्धुली जाँदै गरेको सुमो दुर्घटना

Next Post
रामेछापको भटौलीमा  सिन्धुली जाँदै गरेको सुमो दुर्घटना

रामेछापको भटौलीमा सिन्धुली जाँदै गरेको सुमो दुर्घटना

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.