Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

अब अनलाइनबाटै नागरिकताको सिफारिस

Kumar Shrestha by Kumar Shrestha
January 13, 2025
in ब्यानर समाचार, समाचार
0
अब अनलाइनबाटै नागरिकताको सिफारिस
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप । रामेछापमा आइतबारबाट अनलाइन प्रणाली मार्फत नेपाली नागरिकता प्रमाणपत्रको सिफारिस सेवा सुरु भएको छ ।

नेपाली नागरिकता विवरण सम्बन्धी कार्य तथा अभिलेख व्यवस्थापनलाई थप व्यवस्थित एवम् प्रविधिमा आधारित बनाउने उद्देश्यले अनलाइन प्रणाली मार्फत नेपाली नागरिकता प्रमाणपत्रको सिफारिस सुरु गरिएको रामेछापका प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले बताए।

अनलाइन प्रणाली मार्फत नेपाली नागरिकता प्रमाणपत्रको सिफारिस सेवा मन्थली नगरपालिका–८ चिसापानीबाट सुरु भएको छ । अब बिस्तारै अरू वडाबाट पनि यो सेवा सुचारु हुन्छ, प्रमुख जिल्ला अधिकारी पौडेलले भने ।

गृह मन्त्रालयबाट नागरिकता सूचना व्यवस्थापन प्रणालीको एक्सटरनल मोड्युल प्रयोग गरी जिल्ला प्रशासन कार्यालयबाट नागरिकताको प्रमाणपत्र जारी गर्न स्थानीय तह अन्तर्गतका वडाहरूबाट अनलाइन सिफारिस गर्ने व्यवस्था कार्यान्वयनको क्रममा चिसापानीबाट सो कार्यको सुरुवात गरिएको र अब क्रमशः सबै स्थानीय तहका वडाहरूबाट सोही प्रणाली मार्फत नागरिकताको सिफारिस गर्ने कार्य सुरु हुने पनि उनले बताए ।

मन्थली नगरपालिका–८ का विवेक खत्रीले वडा कार्यालयबाट अनलाइन प्रणाली मार्फत नागरिकताको सिफारिस भई पहिलो नागरिकता लिएको मन्थली नगरपालिका–८ चिसापानीका वडा अध्यक्ष गोपाल श्रेष्ठले बताए ।

Author

  • Kumar Shrestha
    Kumar Shrestha

    View all posts
Previous Post

टिफरबाट खस्दा सहचालक बस्नेतको ज्यान गयो

Next Post

कृत्रिम खुट्टाको सहारामा अटोरिक्सा चलाएर मासिक ६० हजारसम्म आम्दानी गर्दै राजेन्द्र

Next Post
कृत्रिम खुट्टाको सहारामा अटोरिक्सा चलाएर मासिक ६० हजारसम्म आम्दानी गर्दै राजेन्द्र

कृत्रिम खुट्टाको सहारामा अटोरिक्सा चलाएर मासिक ६० हजारसम्म आम्दानी गर्दै राजेन्द्र

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.