Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

लाहाछेवारको विद्यालयमा डे बोडर्सको सुविधा

Kumar Shrestha by Kumar Shrestha
January 15, 2025
in जनता स्पेसल, ब्यानर समाचार, राष्ट्रिय समाचार, समाचार
0
लाहाछेवारको विद्यालयमा डे बोडर्सको सुविधा
234
SHARES
3.5k
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप । उमाकुण्ड गाउँपालिकाको अन्तिम तथा उत्तरी अन्तिम मानव बस्ती रहेको लाहाछेवारको हिमालय आधारभूत विद्यालयमा अध्ययनरत बालबालिकालाई लक्षित गरी डे बोडर्सको संचालन गरिएको छ । गाउँपालिका तथा वडाको सहयोगमा विद्यार्थीहरूलाई विद्यालयमै बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म डे बोर्डसमा राखी अध्ययन अध्यापन गर्नका लागि यो कार्य माघ १ गतेबाट सुरु गरिएको गाउँपालिका उपाध्यक्ष तथा न्यायिक समितिका संयोजक श्री सावित्री सुनुवारले बताईन ।

उमाकुण्ड गाउँपालिका वडा १ नं। वडा अध्यक्ष तथा वडा शिक्षा समितिको संयोजक श्री ङावातिण्ड शेर्पाका अनुसार विद्यालयमा इन्टरनेट तथा विद्युत जडान गरि , कम्प्युटर, प्रिन्टर र बालबालिकालाई चिसोबाट बच्नकोलागी हिटरको समेत व्यवस्था गरिएको छ ।

विद्यालयमा अध्यन गर्ने सम्पुर्ण बालबालिकाहरुलाई निःशुल्क खानको व्यवस्था गाउँपालिकाले गरिएको विद्यालयका प्रधानाध्यापक पोटराज घिमिरे जानकारी दिए । विद्यालयमा बालमैत्री स्थानीय शासन कार्यान्वयन गर्ने घोषणा समेत गरिएको छ ।

विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष ग्युर्मे शेर्पाको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख वासुदेव मश्राङ्गी, १ नं वडा अन्तर्गतका सम्पुर्ण विद्यालयका प्रधानाध्यापक, विव्यस तथा शिअसंका पदाधिकारी, शिक्षाप्रेमी, बुद्धिजीवी, अभिभावक लगायत विद्यार्थीहरूको उपस्थिति रहेको थियो । लाहाछेवार समुन्द्री सतहदेखि २७५० मिटरको उचाईमा रहेको छ ।

Author

  • Kumar Shrestha
    Kumar Shrestha

    View all posts
Previous Post

कृत्रिम खुट्टाको सहारामा अटोरिक्सा चलाएर मासिक ६० हजारसम्म आम्दानी गर्दै राजेन्द्र

Next Post

अध्यक्षको स्वेच्छाचारी र दम्भले रोकियो खाँडादेवि गाउँपालिकाको गाउँसभा

Next Post
अध्यक्षको स्वेच्छाचारी र दम्भले रोकियो खाँडादेवि गाउँपालिकाको गाउँसभा

अध्यक्षको स्वेच्छाचारी र दम्भले रोकियो खाँडादेवि गाउँपालिकाको गाउँसभा

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.