Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

अध्यक्षको स्वेच्छाचारी र दम्भले रोकियो खाँडादेवि गाउँपालिकाको गाउँसभा

Kumar Shrestha by Kumar Shrestha
January 15, 2025
in जनता स्पेसल, ब्यानर समाचार, राष्ट्रिय समाचार, समाचार
0
अध्यक्षको स्वेच्छाचारी र दम्भले रोकियो खाँडादेवि गाउँपालिकाको गाउँसभा
781
SHARES
9k
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप । खाँडादेवी गाउँपालिका अध्यक्ष र केही वडाध्यक्षहरुबीचको विवादले गाउँसभा स्थगित भएको छ । सोमबार बस्ने तय भएको गाउँसभा पालिका अध्यक्ष अध्यक्ष ज्ञानकुमार श्रेष्ठ र वडा नं ३ का वडाध्यक्ष पुष्कर कार्कीसहित केही वडाध्यक्षबिच भएको असन्तुष्टि एवं असहमतिको कारण बस्दै नबसी स्थगित भएको हो ।
वडा नं ३ का वडाध्यक्ष कार्कीले आफूसहितको शतप्रतिशत वडा समितिले पालिकामा पेस गरेको देउराली–सुनार्ख–गोगनपानी सडकमा बजेट रकमान्तर गर्ने विषयमा पालिका अध्यक्ष श्रेष्ठले सहमति नदिने भनेपछि भएको विवादपछि गाउँसभा बस्न नसकेको जनाए । गाउँपालिकाका प्रवक्ता समेत रहेका वडाध्यक्ष कार्कीले बिहान ११ बजे बोलाइएको गाउँसभा सदस्यहरूले बहिस्कार गरेपछि बस्न नसकेको जनाए ।
भिरपानी आपँचौर क्षेत्र हुँदै छिमेकी पालिकाहरू समेत जोड्न सहज हुने उक्त सडक मर्मत गर्नको लागि वडा समितिले आवश्यक प्रक्रिया पूरा गरी गाउँपालिका समक्ष पेस गरेको भए पनि ‘अध्यक्षले आफूले चाहे हुने नत्र वडाले माग गरेर मात्रै बजेट नहाल्ने’ जिकिर गरेपछि वडाध्यक्ष कार्कीले सभामा आफू सहभागी नहुने अडान राखेका थिए । कार्कीसहितका केही अन्य वडाध्यक्ष र गाउँपालिका अध्यक्षबीच साँझ सम्म सहमति नभएपछि सभाको कार्यसूचीमै प्रवेश नगरी गाउँ सभा स्थगित भएको थियो ।
वडाध्यक्ष कार्कीले भने ‘हामीले वडाबाट गरेको निर्णय पालिका अध्यक्षले मैले भनेको ठाउँमा हो, भने हुन्छ नत्र हुँदैन’, गाउँपालिका अध्यक्षले वडा समितिलाई केही होइन भनेको बताउँदै उनले थपे, ‘अध्यक्ष स्वेच्छाचारी र दम्भले चल्नु भयो ।’
‘वडा समितिलाई पालिका अध्यक्षले केही हैन, मैले चाहे हुन्छ । वडाले चाहेर केही हुन्न भनेपछि सबै वडा अध्यक्षहरू एकातिर भयौँ’ सबै वडा अध्यक्षहरू सभामा बस्न मान्नु भएन, मलाई समर्थन गर्नु भयो,’ अध्यक्षको यो कार्यशैलीलाई लक्षित गर्दै वडाध्यक्ष कार्कीले पालिका अध्यक्ष श्रेष्ठ निरंकुश भएको समेत जनाए । उनले भने, ‘वडा समितिको निर्णयलाई पनि अमान्य घोषित गर्दै आफूअनुरुपको निर्णय मात्र लाद्न खोज्ने गरी पालिका अध्यक्ष निरंकुश हुनु भयो’ ।
‘१७ सदस्यीय कार्यपालिकामा १६ जनाले हुन्छ भने तर, अध्यक्षले मात्रै हुँदैन भनेपछि हामी नबसेका हौँ’ वडाध्यक्ष कार्कीले प्रस्ट पार्दै भने ।
नाम नखुलाउने सर्तमा अर्का वडाध्यक्षले पनि पालिका अध्यक्ष श्रेष्ठले वडाको निर्णयलाई स्वीकार नगर्दा सभा बस्न नसकेको बताए । ‘वडाले निर्णय गरेर ल्याएको निर्णय मान्दिन भन्नु भयो’ आफूहरूले जनताको माग र आवश्यकताको आधारमा गरेका निर्णय कार्यान्वयन नभएपछि सभा बस्न नसकेको उनको भनाई छ ।
पालिकामा अध्यक्ष र वडाध्यक्षहरू बिच लामो समयदेखि ‘टकराब’ रहँदै आएको छ । पालिका अध्यक्ष श्रेष्ठ सहभागी हुने कार्यक्रममा वडाध्यक्षहरू सहभागी नहुने अर्थात् अघोषित रूपमा बहिस्कार गर्दै आएको बुझिएको छ ।
विशेष गरी पालिका अध्यक्ष श्रेष्ठले कामभन्दा बढी प्रचारमा मात्रै जोड दिएको वडाध्यक्षहरूको आरोप छ । सो विषयमा वडाध्यक्षहरूले गरेको आग्रहलाई सुनुवाइ नभएपछि उनीहरू र अध्यक्षबीचको द्वन्द्व देखिएको हो ।

गाउँपालिका अध्यक्ष श्रेष्ठले भने वडाध्यक्ष कार्कीले विगतको ‘इस्यूलाई’ इगो बनाएर आरोप प्रत्यारोप गर्ने काम गरेको दाबी गर्दै गाउँ सभा बसेको र सबैको सहमतिमा सभा हस्ताक्षरसहित सकिएको जिकिर गरे ।
पालिका अध्यक्ष श्रेष्ठले थपे, ‘पहिलेको विषयलाई लिएर उहाँले त्यस्तो गर्नुभयो । ३–३ वटा कम्प्युटर किनेँ, घरमुनिको सडकमा बजेट हाल्ने कुराको बारेमा सहमति नदिएपछि नभएको प्रचार गरिएको हो ।’
वडाध्यक्ष कार्कीले वडाबाट सहमतिमा ल्याएको भनिएको योजनामा कार्यपालिका सदस्य समेत रहेकी एक सदस्यले हस्ताक्षर समेत नगरेको समेत दाबी गरे ।
पालिका अध्यक्ष श्रेष्ठले बैठक सहमतिमै बसेर सकिएको जनाए । उनले भने, ‘बैठक सबैको सर्व सहमतिमा सकिएको छ । माइन्युट हेर्न सकिन्छ ।’ ‘कार्यपालिका बैठक अध्यक्षको चेम्बरमै भएको छ’ अडिओ भिडिओको रेकर्ड समेत रहेको जिकिर गर्दै पालिका अध्यक्ष श्रेष्ठले बताए ‘व्यक्तिगत असन्तुष्टिलाई जोडेर कुप्रचार गरियो ।’
तर, वडाध्यक्ष पुष्करले बैठक गाउँसभामा प्रवेश नै गरेको जनाए । उनले यदि माइन्यूट नै गरेको भए त्यो कीर्ते हुनसक्ने समेत जनाए । उनले भने, ‘गाउँ सभामा प्रवेशै नगरी हामी उठेर हिँडेका हौँ’, कागज भेटियो भने किर्ते गरेको हुन सक्छ ।’
दसैँ पछि बल्ल पहिलो पटक कार्यपालिका बैठक बसेको त्यो पनि विषयमा प्रवेश नै नगरि अवरोध भएको अर्का वडाध्यक्षको भनाई छ ।

Author

  • Kumar Shrestha
    Kumar Shrestha

    View all posts
Previous Post

लाहाछेवारको विद्यालयमा डे बोडर्सको सुविधा

Next Post

माघ १६ देखि २६ सम्म रामेछापमा कृषि, पर्यटन औद्योगिक मेला प्रदर्शनी हुने

Next Post
माघ १६ देखि २६ सम्म रामेछापमा कृषि, पर्यटन औद्योगिक मेला प्रदर्शनी हुने

माघ १६ देखि २६ सम्म रामेछापमा कृषि, पर्यटन औद्योगिक मेला प्रदर्शनी हुने

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.