Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

नवजागरण साकोसको सदस्य शिक्षा कार्यक्रम सम्पन्न

Kumar Shrestha by Kumar Shrestha
March 26, 2025
in जनता स्पेसल, ब्यानर समाचार, राष्ट्रिय समाचार, समाचार
0
नवजागरण साकोसको सदस्य शिक्षा कार्यक्रम सम्पन्न
31
SHARES
3.6k
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप । नवजागरण बचत तथा ऋण सहकारी संस्था लि., मन्थलीले आर्थिक वर्ष २०८१÷०८२ को वार्षिक कार्यक्रम अनुसार आफ्ना सदस्यहरूलाई वित्तीय शिक्षा दिने तथा उनीहरूबाट सल्लाह सुझाव लिने उद्देश्यले विशेष कार्यक्रम सम्पन्न गरेको छ। संस्थाले मङ्गलवार खाँडादेवी गाउँपालिका वडा नं. ४ र ५ को सान्ने, भिमसेनथान र सुफुरमान टोलमा सो कार्यक्रम सञ्चालन गरेको थियो ।
कार्यक्रममा संस्थाका पदाधिकारीहरू तथा सदस्यहरूको उत्साहजनक सहभागिता रहेको थियो। कार्यक्रममा सहकारीको हालसम्मका गतिविधिहरूको जानकारी प्रदान गर्दै वित्तीय व्यवस्थापन, बचतको महत्त्व, ऋण व्यवस्थापन, र सहकारी सिद्धान्तबारे प्रशिक्षण दिइएको थियो।
संस्थाका सदस्य शिक्षा उपसमितिका संयोजक भीमसेन थापाले कार्यक्रममा सहकारी संस्थाहरूले आर्थिक सशक्तीकरणमा खेल्ने भूमिकाबारे चर्चा गर्दै संस्थाका गतिविधिहरू थप प्रभावकारी बनाउन सदस्यहरूको सुझावलाई उच्च प्राथमिकता दिने बताए।
कार्यक्रममा सहभागी सदस्यहरूले सहकारीको सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउन आवश्यक सुधारका उपायहरूबारे आफ्ना विचार तथा सुझाव प्रस्तुत गरे। वित्तीय साक्षरताको महत्वलाई आत्मसात् गर्दै नियमित रूपमा यस्ता कार्यक्रमहरू सञ्चालन गरिने संस्थाका सचिव नारायण बहादुर कार्कीले बताए।

नवजागरण बचत तथा ऋण सहकारी संस्था लि. मन्थलीले आगामी दिनहरूमा सदस्यहरूलाई लक्षित गरी विभिन्न वित्तीय शिक्षा कार्यक्रम सञ्चालन गर्ने योजना समेत अघि सारेको छ। चैत्र १४ गते लिखु तामाकोसी गाउँपालिका वडा नं. ६ तिल्पुङ र वडा नं. ७ खिम्तीमा, १५ गते वडा नं. ३ धोबीमा र १६ गते रामेछाप नगरपालिका वडा नं. ३ साँघुटारमा समेत सदस्य शिक्षा कार्यक्रम सञ्चालन गरिने संस्थाका व्यवस्थापक रमेश उदासले जानकारी दिए ।
सहकारी संस्थाका सदस्यहरूको वित्तीय साक्षरता अभिवृद्धि गर्ने उद्देश्यले आयोजित कार्यक्रममा सदस्य शिक्षा उपसमिति सदस्य बोधबहादुर रोका, हेमन्त पौडेल व्यबस्थापक रमेश उदाश र कर्मचारी टिका श्रेष्ठको सहभागिता रहेको थियो।

Author

  • Kumar Shrestha
    Kumar Shrestha

    View all posts
Previous Post

एक महिलाको बेवारिसे शव फेला

Next Post

अखिल क्रान्तिकारीद्वारा मन्थली बजारमा राँके जुलुस प्रदर्शन

Next Post
अखिल क्रान्तिकारीद्वारा मन्थली बजारमा राँके जुलुस प्रदर्शन

अखिल क्रान्तिकारीद्वारा मन्थली बजारमा राँके जुलुस प्रदर्शन

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.