Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

बिना धितो ६६१ ले स्टार्टअप ऋण पाउने, रामेछापका ५ उद्यमी सिफारिस

Kumar Shrestha by Kumar Shrestha
May 7, 2025
in जनता स्पेसल, ब्यानर समाचार, राष्ट्रिय समाचार, समाचार
0
बिना धितो  ६६१ ले स्टार्टअप  ऋण पाउने, रामेछापका ५ उद्यमी सिफारिस
127
SHARES
6.5k
VIEWS
Share on FacebookShare on Twitter

बिना धितो २५ लाखसम्म ६६१ स्टार्टअप परियोजनाले ऋण पाउने
रामेछाप । स्टार्टअप उद्यम कर्जाका लागि ६ सय ६१ परियोजना छनोट भएका छन् । यस आर्थिक वर्षको औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि २०८० अनुसार चालु आर्थिक वर्षका लागि ६६१ परियोजना स्टार्टअप कर्जाका लागि छनोट गरेको हो ।
अनलाइन र भौतिक रूपमा उपस्थितमा ५ हजार १५८ उद्यमीले दर्ता गरेका प्रस्ताव मध्येबाट १ हजार ३१४ उद्यमीले परियोजनाको प्रस्तुतीकरण गरेका थिए । यीमध्ये ६६१ वटा छनौट भएका हुन् ।
अब यी ६६१ परियोजनाले बिना धितो प्रति उद्यम अधिकतम् २५ लाख रुपैयाँसम्म कर्जा पाउने छन् ।
रामेछापका ५ उद्यमी स्टार्टअप कर्जाका लागि सिफारिस
रामेछापका ५ जना उद्यमीले स्टार्टअप कर्जा पाउने भएका छन् । ६ सय ६१ परियोजनालाई स्टार्टअप कर्जाका लागि सिफारिस गर्दा रामेछापका ५ उद्यम परियोजना परेको हो ।
मन्थली नगरपालिका–७ भटौलीको आसिका कृषि तथा पशुपन्छी फार्म, मन्थली नगरपालिका–१ को राम जानकी सोप एण्ड केमिकल्स कम्पनी प्रा.लि. र मन्थली नगरपालिका–१३ को कालिकादेवी कृषि तथा पशुपंक्षी फार्म कर्जाका लागि सिफारिसमा परेका छन् ।
त्यसै गरी रामेछाप नगरपालिका–७ सुकाजोरको मिलीजुली कृषि तथा पशुपंक्षी फार्म र गोकुलगंगा गाउँपालिका–४ बेतालीको बेताली एग्रीकल्चर वाइल्ड लाइफ एण्ड रिसर्च सेन्टर कर्जाका लागि सिफारिस भएका छन् ।
कर्जाका लागि छनोट भएका उद्यमीहरूले ४५ दिनभित्र तोकिएको बैङ्कको शाखा कार्यालयमा सम्पर्क गर्नुपर्ने हुन्छ । कुन उद्यमी कुन बैङ्कको कुन शाखामा जाने भन्ने सूचना आउँदो बिहीबारसम्म प्रकाशन गरिने प्रतिष्ठानले निकालेको सूचनामा उल्लेख छ ।
व्यवसाय दर्ता र नवीकरणको सक्कल प्रमाणपत्र, प्यान र भ्याट दर्ताको सक्कल, उद्यमीको नागरिकताको सक्कल, आर्थिक वर्ष २०८०÷८१ को कर चुक्ता प्रमाणपत्र, आधिकारिक व्यक्तिको पासपोर्ट साइजको फोटो, व्यवसायको छाप, परियोजना लिज र भाडामा सञ्चालनमा रहेको भए सम्झौताको प्रतिलिपि तथा व्यवसायको प्रकृतिअनुसार अन्य निकायबाट लिनुपर्ने अनुमति पत्र लिएर तोकिएको बैङ्क शाखामा जानुपर्नेछ । प्रतिष्ठानले उद्यमीलाई बिना धितो न्यूनतम पाँच लाखदेखि अधिकतम २५ लाख रुपैयाँसम्म कर्जा वितरण प्रदान गर्नेछ ।

Author

  • Kumar Shrestha
    Kumar Shrestha

    View all posts
Previous Post

मन्थली नगरपालिकाका बुढाथोकी उत्कृष्ट सूचना अधिकारी पुरस्कारबाट सम्मानित

Next Post

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड शौचालयमा लडेर घाइते

Next Post
माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड शौचालयमा लडेर घाइते

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड शौचालयमा लडेर घाइते

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.