Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

रामेछाप नगरपालिकाका सबै वडा बालमैत्री स्थानीय शासनयुक्त घोषणा

Kumar Shrestha by Kumar Shrestha
June 12, 2025
in जनता स्पेसल, ब्यानर समाचार, राष्ट्रिय समाचार, समाचार
0
रामेछाप नगरपालिकाका सबै वडा बालमैत्री स्थानीय शासनयुक्त घोषणा
652
SHARES
5.4k
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप । रामेछाप नगरपालिकाका ९ वटै वडा मंगलबार एकैसाथ बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा भएका छन्। नगरपालिकाले बालमैत्री स्थानीय शासन कार्यान्वयन गर्दै आएको प्रगतिको आधारमा वडा नं १ गोठगाउँ, वडा नं २ देउराली, वडा नं ३ साँघुटार, वडा नं ४ हिमगंगा, वडा नं ५ रामपुर, वडा नं ६ ओख्रेनी, वडा नं ७ सुकाजोर, वडा नं ८ रामेछाप र वडा नं ९ ल्याङ्गल्याङ्गलाई एकैसाथ बालमैत्री घोषणा गरिएको हो।
सबै वडाहरूले बालमैत्री स्थानीय शासन राष्ट्रिय रणनीतिमा समेटिएका शिक्षा, स्वास्थ्य, खानेपानी, बाल संरक्षण, बाल सहभागिता, पूर्वाधारलगायतका ५१ वटा सूचकहरू पूरा गरेका थिए। २०७९ साल असोज २६ गतेदेखि बालमैत्री शासन प्रणाली अवलम्बन गर्दै आएका ती वडाहरूले बालबालिकाको अधिकार संरक्षण र प्रवद्र्धनमा उल्लेखनीय काम गर्दै आएका थिए। सूचकहरूको मूल्याङ्कन पश्चात् जिल्ला समन्वय समितिबाट आवश्यक अनुगमनसमेत सम्पन्न भइसकेपछि सबै वडालाई एकैदिन बालमैत्री वडा घोषणा गरिएको हो।
वडा घोषणासँगै सबै वडाहरूमा औपचारिक कार्यक्रम सम्पन्न भएका थिए। वडा नं १ मा भएको कार्यक्रममा रामेछाप नगरपालिकाका निवर्तमान उपप्रमुख सृजना खड्का प्रमुख अतिथि थिइन् भने वडा नं २ को कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख प्रेम सागर थापा प्रमुख अतिथि थिए। वडा नं ३ मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोला प्रसाद चापागाईं, वडा नं ४ मा नगरप्रमुख लबश्री न्यौपाने, वडा नं ५ मा जिल्ला समन्वय अधिकारी हरि कृष्ण फुयाल, वडा नं ६ मा प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापा, वडा नं ७ मा निवर्तमान ऊर्जा, जलस्रोत तथा सिँचाई राज्यमन्त्री पूर्ण बहादुर तामाङ (कान्छाराम), वडा नं ८ मा शिक्षा समन्वय इकाई प्रमुख नेत्र प्रसाद गजुरेल र वडा नं ९ मा बाग्मती प्रदेशसभा सदस्य तारा नारायण श्रेष्ठ प्रमुख अतिथि थिए।
घोषणा कार्यक्रमहरूमा वडास्तरीय जनप्रतिनिधि, बाल क्लबका प्रतिनिधि, महिला समूह, नागरिक समाजका अगुवाहरू तथा स्थानीय बासिन्दाहरूको उत्साहजनक सहभागिता थियो। कार्यक्रममा बालमैत्री स्थानीय शासनको दिगोपनाका लागि सामूहिक प्रतिबद्धता व्यक्त गर्दै सहभागीहरूले हस्ताक्षर समेत गरेका थिए।
जिल्लामै पहिलोपटक रामेछाप नगरपालिकाका सबै वडाहरू बालमैत्री घोषणा भएका हुन्। वडागत सूचकहरू पूरा भइसकेको अवस्थामा अब ती सबै वडाका प्रगति प्रतिवेदनहरू बाग्मती प्रदेश सरकारमा पठाइनेछ। उक्त प्रतिवेदन प्रदेश सरकारबाट अनुमोदन भएपछि रामेछाप नगरपालिकालाई नै बालमैत्री नगरपालिका घोषणा गरिने तयारी भइरहेको नगरपालिकाले जनाएको छ।
बालबालिकाको सर्वाङ्गीण विकास, अधिकारको संरक्षण र समावेशी शासन अभ्यासको दृष्टिले यो कदमले रामेछाप नगरपालिकालाई आगामी दिनमा प्रदेश तथा राष्ट्रिय स्तरमा उत्कृष्ट उदाहरणको रूपमा स्थापित गर्ने अपेक्षा गरिएको छ।

Author

  • Kumar Shrestha
    Kumar Shrestha

    View all posts
Previous Post

प्रेस युनियनको ३४औं स्थापना दिवसमा पत्रकारहरूको निःशुल्क आँखा परीक्षण

Next Post

मन्थली नगरका सबै वडा बालमैत्री स्थानीय शासनयुक्त घोषणा

Next Post
मन्थली नगरका सबै वडा बालमैत्री स्थानीय शासनयुक्त घोषणा

मन्थली नगरका सबै वडा बालमैत्री स्थानीय शासनयुक्त घोषणा

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.