Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

रामेछाप अस्पतालका नि. मे.सु. डा. केशव श्रेष्ठ सम्पर्कविहीन, अन्तिम लोकेशन चाबहिल

Kumar Shrestha by Kumar Shrestha
June 16, 2025
in जनता स्पेसल, फिचर, ब्यानर समाचार, राष्ट्रिय समाचार, समाचार
0
रामेछाप अस्पतालका नि. मे.सु. डा. केशव श्रेष्ठ  सम्पर्कविहीन, अन्तिम लोकेशन चाबहिल
0
SHARES
22
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप । रामेछाप अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. केशव श्रेष्ठ सोमवार बिहानदेखि सम्पर्कविहीन भएका छन्। सामाजिक सञ्जाल ‘फेसबुक’मा अत्यन्त भावुक, आत्मपीडायुक्त र गहिरो निराशाले भरिएको लामो स्टाटस सार्वजनिक गरेसँगै उनी सम्पर्कविहीन बनेका हुन्। डा. श्रेष्ठले आफ्नो फेसबुक स्टाटसमा राजनीतिक हस्तक्षेप, प्रशासनिक अन्याय, मानसिक उत्पीडन र बदला स्वरूप सरुवाको पीडा व्यक्त गरेका छन्।

आत्मद्रवी अभिव्यक्ति र भावुक बिदाइ
सो स्टाटसमा उनले आफ्नो जीवनका संघर्ष, अस्पताल सुधारमा गरेको प्रयास, र त्यसवापत भोग्नुपरेको मानसिक तथा व्यावसायिक पीडा बिस्तारमा उल्लेख गरेका छन्। अन्त्यतिर उनले आमाबाबु, श्रीमती, छोरी लगायत परिवारका सदस्यहरूलाई ‘माफ गरिदिनु’ भनी बिदाइ दिएका छन्। यस अभिव्यक्तिलाई आत्महत्या संकेत गर्ने गम्भीर तथा संवेदनशील सन्देशको रूपमा लिइएको छ।

राजनीतिक हस्तक्षेप र बदला स्वरूप सरुवाको आरोप
डा. श्रेष्ठले रामेछाप अस्पतालमा निमित्त मेसुका रूपमा काम गर्दा अस्पताललाई व्यवस्थित, पारदर्शी र उत्कृष्ट बनाउने प्रयासमा लाग्दा आफूले विभिन्न शक्तिशाली समूह र स्वार्थी तत्त्वहरूबाट अवरोध भोग्नुपरेको उल्लेख गरेका छन्।
उनका अनुसार, उनले अस्पतालका केही अनियमित कर्मचारीलाई अनुशासनमा ल्याउन लेखित स्पष्टीकरण सोध्दा त्यसको बदलामा राजनीतिक नेताहरूले हस्तक्षेप गरी झूटो आरोपसहित सरुवा गराइएको हो। विशेष रूपमा रामेछाप नगरपालिका–८ का स्थानीय नेताको नाम लिँदै उनले अस्पतालमा भएको हस्तक्षेप, धम्की र मानसिक दबाबको सविस्तार व्याख्या गरेका छन्।

कार्यकक्षमै धम्की, सरुवा प्रक्रिया र मन्त्रालयको बेवास्ता
फेसबुक स्टाटसअनुसार, एक जना डाक्टरसँग एप्रोन नलगाएको विषयमा प्रश्न गर्दा उनले कार्यालयमै धम्की पाएको र सोही दिन सरुवा गरिने चेतावनीसमेत दिइएको उल्लेख छ। उक्त विषयमा स्वास्थ्य मन्त्रालय, प्रमुख प्रशासकीय अधिकृत र अन्य उच्च पदाधिकारीसमक्ष आवाज उठाउँदा पनि कुनै सुनुवाइ नभएको भन्दै उनले गुनासो पोखेका छन्।

१६ वटा टाका लागेको अवस्थामा छोरी र श्रीमतीसहित रातारात रामेछापबाट काठमाण्डौ आउन बाध्य बनाइएको, हेटौडामा अमानवीय व्यवहार सहनुपरेको, मन्त्रालयले गाडी खोसेर फेरी रामेछाप पठाएको जस्ता प्रसंग उनले उल्लेख गरेका छन्।

‘वन म्यान आर्मी’ बाट ‘हार खाएको’ डाक्टर
“One Man Army” भनेर चिनिने आफू अहिले आएर मानसिक रूपमा बिचलित भइसकेको बताउँदै उनले आत्मसमर्पणको संकेत दिएका छन्। उनले देशमै केही गर्ने सपना बोकेर सेवा गरेका बेला गलत नियतले हावी भएकाले निराश भएको जनाएका छन्।

चिकित्सक समुदाय, नागरिक समाज र आमजनताको चासो
डा. श्रेष्ठको स्टाटस सार्वजनिक भएपछि सामाजिक सञ्जालमा चिकित्सक समुदाय, नागरिक समाज तथा आम जनताले गहिरो चिन्ता, सहानुभूति तथा खोजीको माग गरेका छन्। धेरैले स्वास्थ्य मन्त्रालय र नेपाल सरकारलाई तुरुन्त खोजी तथा सुरक्षा सुनिश्चित गर्न आह्वान गरेका छन्। केही डाक्टर, नागरिक अगुवा र स्वास्थ्य क्षेत्रमा क्रियाशील संघसंस्थाहरूले घटनाको छानबिन गर्न र दोषीलाई कारवाही गर्न माग गर्दै वक्तव्यसमेत जारी गर्ने तयारी गरेका छन्।

डा. केशव श्रेष्ठको सार्वजनिक अभिव्यक्ति र पछिल्लो अवस्थाले नेपालको स्वास्थ्य क्षेत्रमा कार्यरत इमानदार चिकित्सकमाथि हुने राजनीतिक हस्तक्षेप, व्यक्तिगत द्वेष र प्रणालीगत समस्याको भयावह अवस्था उजागर भएको छ। एक इमानदार कर्मचारीले न्यायको अपेक्षामा यस्तो चरम निर्णयको संकेत गर्नु व्यवस्थाको असफलता र गम्भीर चिन्ताको विषय हो।

खोजी कार्य जारी
रामेछापका प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी कार्यालय र स्वास्थ्य मन्त्रालयबीच समन्वय गर्दै खोजी कार्य प्रारम्भ गरिएको जनाइएको छ। उनको सुरक्षा सुनिश्चित गर्न र यथासमयमा अवस्था सार्वजनिक गर्न सम्बन्धित निकायलाई चर्को दबाब परेको छ।

डा. श्रेष्ठको शीघ्र सकुशल फिर्तीको कामना गर्दै सम्पूर्ण नागरिक, स्वास्थ्यकर्मी तथा सरोकारवालाहरूको ध्यान अब उनको अवस्थाप्रति केन्द्रित भएको छ।

अन्तिम लोकेशन चाबहिल
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहीन भएका डाक्टर केशव श्रेष्ठलाई प्रहरीलाई खोजिरहेको छ। सोमबार बिहान फेसबुकमा लामो स्टाटससहित ‘अलबिदा’ लेखेर सम्पर्कविहीन भएका थिए।
उनको खोजी भइरहेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआइजी विनोद घिमिरेले जानकारी दिए। उनकाअनुसार फेसबुकमा लेखिएको स्टाटसबारे थाहा पाएपछि प्रहरीले तत्कालै डा. श्रेष्ठलाई सम्पर्क गर्ने प्रयास गरेको थियो।
डा. श्रेष्ठसँग सम्पर्क नभए पनि उनका भाइसँग कुराकानी भएको डीआइजी घिमिरेले बताए। कुराकानीबाट डा. श्रेष्ठ शुक्रबार मात्रै रामेछापबाट काठमाडौं आएको खुलेको छ। उनको खोजीका लागि काठमाडौंमा रहेका प्रहरीका विभिन्न युनिटहरू परिचालन गरिएको छ।
‘जिल्ला प्रहरी परिसर, उपत्यका अपराध अनुसन्धान कार्यालय, साइबर ब्युरो लगायत सबै युनिटहरूमा खबर गरेका छौं। खोजी भइरहेको छ,’ उनले भने।
डीआइजी घिमिरेले डा. श्रेष्ठको अन्तिम लोकेशन चाबहिल देखाएको पनि जानकारी। ‘साइबर ब्युरोले लोकेशन पत्ता लगाएपछि चाबहिल क्षेत्रमा विभिन्न प्रहरीले युनिटहरू परिचालन भएका छन्। अन्य सम्भावित क्षेत्रहरूमा पनि खोजी भइरहेको छ,’ उनले भने।
उनीले जिल्ला अस्पतालमा निमित्त मेडिकल सुपरिटेन्डेन्ट भएर काम गर्दा स्पष्टीकरण सोधेको डाक्टरहरूलाई प्रयोग गरी झुटो आरोप लगाएर सरूवा गराएको लगायतका विभिन्न आरोप लगाएका छन्।

उनको स्टाटस

सबै जनालाई अलविदा मलाई माफ गरिदेउ सानु, धेरै संघर्ष गरेर मम्मीले मलाई डाक्टर बनाउनु भयो। संघर्ष-संघर्षैमा डाक्टर पढ़े, करारको जागीर हुदै नेपाल प्रहरी हुदै अहिलेको बागमती प्रदेशको लोकसेवा बाट नाम निकाले । करीब २५ महिना सेवा गर्दा १८ महिना अस्पतालको निमित मेडिकल सुपरिण्टेंडेंट भएर चलाउने मौका पाए। दिन-रात खटिएर अस्पताल कसरी राम्रो अनि उत्कृष्ट बनाउने भनेर लागे।म प्रमुख भए पछि काम चोर्ने, ठग्ने, system मा नबस्ने कर्मचारीहरूको भागा-भाग हुन थाल्यो ।

डा गगन अधिकारी रामेछाप अस्पताल बाट सरुवा भएर गए पनि रामेछाप अस्पतालको कहिले डाक्टर त कहिले नर्स मेरो विरुद्धम लगाई नै राख्यो, तर म डटेर नै काम गरे ।एउटा ब्यबस्थित अस्पताल बनाए पनि, हरेक कुरालाई system मा लिएर आए । केदार कार्कीले(रामेछाप-०८) मागेको पैसा नदिदा अनि उसले भनेको कार्यालय सहयोगी लाई जागीर नलगाउदा उसको नेतृत्वमा मैले कार्यवाही (स्पष्टीकरण सोधेका ३ जना डाक्टर अनि अरु २ जना महिला डाक्टर)गरेका डाक्टरहरू लाई प्रयोग गरेर अहिले मलाई बिभिन्न झूठा आरोपहरू लगाएर मेरो सरुवा गराए। एप्रन (apron)किन नलगाएको भनेर एक जना डाक्टर लाई प्रश्न मात्र गरेको थिए म माथी मुख-मुखै लागेर morning conference मा प्रस्तुत भई ।

तेही डाक्टरले तेही दिन केदार कार्की लाई बोलाएर मेरो कार्यकक्षमा मलाई थर्रकायो र मलाई धन्नै हात हालेन, हाम्रो अस्पतालको अधक्ष्यज्यूको अगाड़ी, ३ दिनमा तेरो सरुवा गरिन भने मेरो नाम पनि केदार होइन भनेर धम्कि दिएर हिड्यो । केदारले भनेको बामोजिम अस्पताल चलाउनु पर्ने, उसले खाएको होटलको बिल तिर्नु पर्ने ,विज्ञापन गर्दा उसको नै मान्छे राखिदिनु पर्ने । आफ़नो कार्यकक्षमा नबस्ने, आफ़नो बाउको राजनीति power को दम्भ देखाउने, बाहिर lab संग CD/RPD को comission को deal गर्ने, पटक-पटक भन्दा पनि आफ़नो कार्यकक्षमा नबस्ने गरेको पाए पछि लिखित स्पष्टीकरण सोधे। तेही स्पष्टीकरण सोधिएका हरू लाई प्रयोग गरेर, बदलाको भावनाले प्रतिशोध साधेर मेरो बिरुद पत्र लेख्न लगाएर सुनियोजित ढंगले मलाई रामेछाप छोड़न बाध्य बनाईयो । अब भोलीको दिनमा स्पष्टीकरण खाएका, कार्यवाहीमा परेका करारका ४,५ जना कर्मचारीले कार्यालय प्रमुखको विरुद्धमा निवेदन लेखे भने अरु अस्पतालको हाकिमलाई सरुवा गर्ने कि नगर्ने?मैले आफ़नो कुरा राख़्न खोजे तर सुनुवाई कतै भएन । न स्वास्थ्य मन्त्रालयको मन्त्रीले, न स्वास्थ्य मन्त्रालयको साचिबले नै सुन्नु भयो । शरीरमा १६ ओटा टाका अनि २ वर्षको छोरी र श्रीमतीलाई लिएर राती ९ बजे रामेछाप बाट काठमाण्डौ आउन बाध्य पारियो, बिहान ४ बजे काठमाण्डौ आईपुगे अनि ८ बजे फेरी हाजिर हुन काठमाण्डौ बाट हेटौडा लागे ।

नया आएको निमित मेसू लाई हाजिर गराउन CDO कार्यालयमा call गर्ने स्वास्थ्य मन्त्रालयले मेरो सुरक्षाको लागी चाही किन CDO लाई call गरिएन? २०८२/०२/२८ गते दिउसो ३ बजे छानबिन समिति अस्पताल आउने अनि १ घण्टा पछी ४ बजे तिर मेरो सरुवा को पत्र अनि फेरी २४ घण्टामा मन्त्रालय हाजिर हुन आउनु भन्ने? यो कत्तीको न्यायोचित छ? हेटौडा पुगे पछि स्वास्थ्य मन्त्रालयको प्रमुख प्रशासकीय अधिकृत कुमार पोखरेलले पनि अमानबिय व्यवहार गरि मैले बर-बुझार्थ केही नगरी मन्त्रालयमा गाड़ी खोसे, हाजिर पनि नगरेको लाई गाड़ी मा रामेछाप पठाईयो , मलाई अमानवीय व्यवहार गरेर हेटौडामा अल्पत्र पारे। सरुवा गरिएको छ हेटौडा अस्पतालमा तर हाजिर गराईएको छ मन्त्रालयमा। मलाई धेरै दुख दिए, अहिले यो दुख/पिड़ा सहन अनि सोचन पनि सकेको छैन। मैले ज़िन्दगी बाट नै हार खाए। कतै बाट केही साथ/सहयोग पाउन सकिन। डा. नरेन्द्र झा, रेबती थापाको आर्थिक चलखेलमा मलाई असार मसान्तमा सरुवा गरे । म बाचे भने न्याय पाउछु जस्तो लागेन। असत्यको जित भएको पनि मुर्गदर्शक भएर बस्न पनि मन लागेन ।

मैले बाचेर यही सत्य कुरा लेखेको भए मलाई मन्त्रालयले कार्यवाही गर्ने, का.स.मू मा थोरै अंक दिने गर्ने थिए होलान, म सानो कर्मचारी भनेर मेरो आवाज दबाउने कोसिस गर्ने थिए होलान ।म मानसिक रूपमा कमजोर हुन पुगे, अहिले बििक्षपत हुन पुगेको छ। one man army भनेर चिनिएको थिए अहिले आएर हार खाए । मलाई माफ गरिदिनु मम्मी, भावना अनि छोरी । हिम्मत नहार्ने मान्छे आज आएर हिम्मत हार्न पुगे, एक्लै लड़ने मान्छे आज आएर गलि सकेको छु। मलाई साथ दिएर यहा सम्म लिएर आउने डा अनिल कार्की , बद्री खड़का sir, माननीय उत्तम जोशी sir हजुरहरू लाई धेरै धन्यवाद छ।

तपाईहरूले दिएको जिम्मेवारी ईमानदारीका साथ निर्वाह गरि अस्पताल बनाए। तर आज आएर मैले ग़ल्ति बिनाको सजाय भोगेको छु।आज मलाई दुख दिने, आत्महत्या गर्न बाध्य पार्नेहरू ले कानून बमोजिम सजाय नपाए सम्म मेरो आत्माले शान्ती पाउने छैन।दुर्गममा २ वर्ष बसेर अस्पताललाई उत्कृष्ट बनाए(१५ बेडमा नेपालको उत्कृष्ट तेस्रो अनि अहिले ५० बेडको हुदा बागमती को दोस्रो)अहिले पुरस्कृत हुनु पर्नेमा कार्यवाही खाएको छु । नेपालमा नै केही गरौ भनेर बसेको अहिले पश्चाताप लागेको छ । यथार्थ के हो भन्ने कुरा छबि sir (अस्पताल प्रशासन), बसन्त, डोर बहादुर सर तपाई हरू लाई थाहा छ, भोली परेको बेला यथार्थ कुरा बोलिदिनु होला । यही हो यथार्थ कुरा, धेरै ले बुझ्न, सुन्न नै खोजनु भएन ।मेरो लाश माथी राजनीति नहोस तर यी अपराधीहरू लाई कानूनको कठघरामा लिएर आउन सबै लाई अनुरोध गर्दछु । फेरी पनि मलाई माफ गरिदिनु मम्मी, भावना, छोरी, भाई-बुहारी, बहिनी अनि भान्जी

Author

  • Kumar Shrestha
    Kumar Shrestha

    View all posts
Previous Post

रामेछापका युवाहरूको जीवनमाथि जोखिमको चक्र

Next Post

फेसबुकमा ‘अलबिदा’ लेखेका डाक्टर बालाजुमा सकुशल फेला

Next Post
फेसबुकमा ‘अलबिदा’ लेखेका डाक्टर बालाजुमा सकुशल फेला

फेसबुकमा ‘अलबिदा’ लेखेका डाक्टर बालाजुमा सकुशल फेला

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.