Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

बुद्धचित्त रोपेर हरियाली र सद्भावको सन्देश

जनता भ्वाइस by जनता भ्वाइस
June 27, 2025
in समाचार
0
बुद्धचित्त रोपेर हरियाली र सद्भावको सन्देश
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप । ‘हरियाली, शान्ति र सद्भाव’ का निम्ति एउटा सानो प्रयास पनि गहिरो अर्थ बोकेको हुन्छ। त्यसैको अनुपम उदाहरण बनेको छ मन्थली माध्यमिक विद्यालयको कम्पाउण्डमा सम्पन्न बुद्धचित्त रोपण कार्यक्रम।

डहु माध्यमिक विद्यालय रामेछापका प्रधानाध्यापक बलबहादुर तामाङ, सहायक प्रधानाध्यापक तथा विद्यार्थीहरूको टोलीले सप्रेम १०४ बोट बुद्धचित्तका बिरुवा मन्थली माविमा ल्याई स्वयम् रोप्ने कार्य सम्पन्न गरेका छन्। वातावरणीय सन्तुलन, शिक्षण संस्थाबीच सहकार्य र भावनात्मक एकता प्रवद्र्धन गर्ने उद्देश्यसहित यो कार्य सम्पन्न भएको हो।
बुद्धचित्तको बिरुवा केवल एक बोट मात्र होइन, यसले बोकेको छ शान्तिको गहिरो सन्देश। यस अवसरमा मन्थली माध्यमिक विद्यालयकाले डहु माविका शिक्षक–विद्यार्थीहरूको यो पहललाई उच्च कदरका साथ स्वागत गरे।

कार्यक्रमका विशेष अतिथि रहेका रामेछाप जिल्ला समन्वय समितिका उपप्रमुख प्रेमसागर थापाको समुपस्थितिमा मन्थली माविको तर्फबाट मायाको चिनो हस्तान्तरण गरिएको थियो। उपप्रमुख थापाले आफ्नो मन्तव्यमा यस्तो सानो प्रयासले भविष्यमा विद्यालयबीचको सहकार्य, वातावरणीय चेतना र विद्यार्थीको सामाजिक उत्तरदायित्व झन् सशक्त बन्ने बताए।

यो कार्यक्रमले डहु मावि र मन्थली माविबीचको सम्बन्धलाई सिर्जनात्मक मित्रता र व्यवहारिक शिक्षाको साझेदारीतर्फ डोहो¥याएको छ। यस्ता सहकार्यहरूबाट विद्यार्थीले पाठ्यपुस्तक बाहिरको शिक्षा, स्वयंस्फूर्त श्रम र प्रकृतिप्रतिको जिम्मेवारीसमेत सिक्ने अवसर पाउँछन्। मन्थली माविका प्रधानाध्यापक टंकप्रसाद दहालले भने, “डहु माविका शिक्षकमण्डल र विद्यार्थीहरूले देखाएको यो समर्पण हामी सबैका लागि उदाहरणीय छ। उनीहरूको हातबाट रोपिएका यी बिरुवाले हरियाली मात्र होइन, दिगो मित्रताको जरा पनि गाड्नेछन्।“

प्रत्येक बिरुवा भोलिका दिनमा छायाँ दिने रूखमात्र होइन, त्यसले बालबालिकाको मनमा पनि स्नेह, सौहार्द र सेवा भावनाको बीउ रोप्नेछ। यो कार्यक्रमले दुई विद्यालयका भौगोलिक दूरीलाई मात्र होइन, मनको दूरीलाई पनि चिर्दै एकताको नयाँ परिभाषा प्रस्तुत गरेको छ। यस्तो गतिविधिले भविष्यमा विद्यालयहरूबीच शिक्षा, संस्कार र सामुदायिक उत्तरदायित्वको सेतु निर्माण गर्ने विश्वास बढाएको छ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

भूमिहीनका लागि लालपुर्जासम्मको यात्रा

Next Post

काठमाडौँसहित आज २९ जिल्लामा बाढी–पहिरोको जोखिम

Next Post
दोरम्बा शैलुङ-३ मा पहिरोले एक गोठ र एक घरमा पूर्ण क्षति, पाँच घर जोखिममा

काठमाडौँसहित आज २९ जिल्लामा बाढी–पहिरोको जोखिम

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.