Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

राष्ट्रिय सभा बैठक शून्य समयमा सांसदको प्रश्न , ‘बाहेक’ भन्ने शब्द कसले कहाँबाट किन थप गरे जवाफ चाहियो

जनता भ्वाइस by जनता भ्वाइस
July 2, 2025
in ब्यानर समाचार, समाचार
0
राष्ट्रिय सभामा विनियोजन विधेयकमाथि छलफल, दर्जनभन्दा बढी मन्त्रीले जवाफ दिँदै
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । राष्ट्रियसभाका सांसदहरुले प्रतिनिधिसभाको राज्यव्यवस्था समितिबाट पारित भएको ‘सङ्घीय निजामती सेवा विधेयक, २०८० मा कुलिङ पिरियडसम्बन्धी व्यवस्था परिवर्तन गरी ‘बाहेक’ भन्ने शब्द थपिएकामा आपत्ति जनाएका छन् ।

राष्ट्रियसभाको आजको बैठकमा उनीहरुले अनावश्यक शब्द थप्ने काम कीर्ते भएको र संविधानविपरीतको कार्य भएको बताए । बैठकको शून्य समयमा सांसद श्रीकृष्णप्रसाद अधिकारीले निजामती विधेयकमा कर्मचारीलाई दुई वर्षको कुलिङ पिरियड राख्ने व्यवस्थामा ‘बाहेक ’ जस्ता अनावश्यक शब्दहरू थपिएको जनाउँदै त्यसलाई गम्भीर अनियमितता र अन्यायपूर्ण कार्यको सङ्ज्ञा दिँदै यस्ता कार्यमा संलग्न व्यक्तिहरूमाथि संसदीय छानबिन समिति गठन गर्नुपर्नेमा जोड दिए ।

सांसद सावित्री मल्लले पनि निजामती सेवा विधेयकमा अनाधिकृत रूपमा परिवर्तन गरिएको जनाउँदै यस्तो कार्य संसद्प्रति नै अपमानजनक भएको टिप्पणी गरिन् । सांसद कृष्णबहादुर रोकायाले रुकुम पश्चिममा दुई महिनादेखि विद्युत् आपूर्ति अवरुद्ध रहँदा पनि सेवा सुचारु गर्न आवश्यक पहल नहुँदा जनजीवन कष्टकर बनेको उल्लेख गर्दै यथाशीघ्र समस्या समाधान गर्न आग्रह गरे ।

यसैगरी सांसद घनश्याम रिजालले राष्ट्रिय ट्रमा सेन्टरमा एमआरआइ सेवा नहुँदा तथा आइसियु सेवाको अभावका कारण बिरामीहरूलाई निजी अस्पतालमा लैजानुपर्ने बाध्यता रहेको जनाउँदै ट्रमा सेन्टरमा कम्तीमा ५० आइसियु बेड थप गर्न सरकारको ध्यानाकर्षण गराए।

बैठकमा सांसद रुक्मिणी कोइरालाले संविधानले दिएको अधिकार प्रयोग गरेर सबै काम गर्न नसकिएको जनाउँदै सम्बन्धित ऐन, कानुन र नियम बनाएर प्रदेश तथा स्थानीय तहमा पठाउनुपर्नेमा जोड दिइन् ।

सांसद रेणु चन्दले बैतडीको मेलौली नगरपालिकामा निर्माणाधीन खेलमैदान अलपत्र परेको, खानेपानीको समस्या, भूक्षय, सडक स्तरोन्नति तथा विद्युत् विस्तार नहुनुजस्ता समस्याको तत्काल समाधान गर्नुपर्ने आवश्यकता औँल्याइन् ।

सांसद विष्णुकुमारी सापकोटाले सङ्घ, प्रदेश र स्थानीय तहबीच समान व्यवहार हुनुपर्ने उल्लेख गर्दै स्थानीय तहका कर्मचारीलाई सङ्घ तथा प्रदेशमा सरुवा हुने व्यवस्था गर्नुपर्नेमा जोड दिइन् ।

सांसद विष्णुबहादुर विश्वकर्माले दलित समुदायको उत्थानका लागि तयार गरिएको मस्यौदा विधेयक सङ्घीय मामिला मन्त्रालयमै थन्किएको भन्दै उक्त विधेयक यथाशीघ्र संसद्मा पेस गर्न आग्रह गरे। रासस

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

बाँदरको समस्याको विकल्पमा कागुनोखेती

Next Post

सिरहा भन्सारमा ‘प्लान्ट क्वारेन्टिन’ को सुविधा नहुँदा व्यवसायीलाई सास्ती

Next Post
सिरहा भन्सारमा ‘प्लान्ट क्वारेन्टिन’ को सुविधा नहुँदा व्यवसायीलाई सास्ती

सिरहा भन्सारमा ‘प्लान्ट क्वारेन्टिन’ को सुविधा नहुँदा व्यवसायीलाई सास्ती

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.