Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

हरिहरपुरगढीमा एक महिनेको ब्यूटिसियन तालिम सम्पन्न

जनता भ्वाइस by जनता भ्वाइस
July 4, 2025
in समाचार
0
हरिहरपुरगढीमा एक महिनेको ब्यूटिसियन तालिम सम्पन्न
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

सिन्धुली । हरिहरपुरगढी गाउँपालिकाको आयोजनामा सञ्चालित एक महिनाको ब्यूटिसियन तालिम सोमबार सम्पन्न भएको छ।

आर्थिक विकास शाखाका प्रमुख सन्जित कार्कीको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष बज्रध्वज वाइबाको प्रमुख आतिथ्यतामा आयोजित समापन कार्यक्रममा तालिमको समापन गरिएको हो।

कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्र कुमार पैकरा, शिक्षा शाखा प्रमुख रामेश्वर पुडासैनी, कमल आछामी, पूर्व वडा अध्यक्ष बालकृष्ण नेपाल तथा तालिम प्रशिक्षक सिता खड्काको उपस्थिति रहेको थियो।

गाउँपालिका अध्यक्ष वाइबाले तालिमले महिलाहरूलाई आत्मनिर्भर बनाउने र रोजगारी सिर्जना गर्ने विश्वास व्यक्त गरे। “बढ्दो सहरीकरणको सन्दर्भमा ब्यूटिसियनजस्ता सिपमूलक तालिमहरूले महिलाहरूलाई स्वरोजगारको बाटो खोलिदिनेछन्,” उनले भने, “सिकिएको सिपलाई व्यवहारमा उतार्नुपर्छ, गाउँपालिकाले आवश्यक सहयोग गर्न तयार छ।”
प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्र कुमार पैकराले एक महिनाको तालिमले व्यवसाय सञ्चालनको सम्पूर्ण दक्षता दिन नसक्ने भन्दै आगामी आर्थिक वर्षमा थप व्यावसायिक तालिमको व्यवस्था गरिने जानकारी दिए।

कार्यक्रममा सहभागिता जनाएका प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र प्रदान गरिएको थियो। कार्यक्रमको सहजीकरण उद्यम विकास सहजकर्ता राजन विकले गरेका थिए।
गाउँपालिकाको यो पहलले महिलाहरूलाई स्वरोजगारतर्फ उन्मुख गराउने अपेक्षा गरिएको छ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

आयुर्वेद सेवा मन्थली अस्पतालको पुरानो भवनबाट विस्तारको तयारी

Next Post

बीपी राजमार्गमा एक महिना राति यातायात चलाउन रोक

Next Post
बीपी राजमार्गमा एक महिना राति यातायात चलाउन रोक

बीपी राजमार्गमा एक महिना राति यातायात चलाउन रोक

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.