Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

आयुर्वेद सेवा मन्थली अस्पतालको पुरानो भवनबाट विस्तारको तयारी

जनता भ्वाइस by जनता भ्वाइस
July 4, 2025
in जनता स्पेसल, ब्यानर समाचार, समाचार
0
रामेछापका २१ सरकारी कार्यालयद्वारा सूचनाको हकको उल्लंघन
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप । आर्थिक वर्ष २०८०÷८१ मा ३० हजारभन्दा बढी सेवाग्राहीले सेवा लिएको रामेछापको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयले अब मन्थली अस्पतालको पुरानो भवनबाट सेवा विस्तार गर्दैछ। नागरिकको विश्वास बढ्दो देखिएसँगै चिकित्सालयले भौतिक पूर्वाधार अभावकै बीच सेवा विस्तारको पहल थालेको हो।

बिहीबार मन्थलीमा आयोजित पत्रकारसँग अन्तरक्रिया कार्यक्रममा चिकित्सालयका अध्यक्ष नवराज पथिकले अस्पतालको पुरानो भवनबाटा असार २५ गतेदेखि सेवा सुरु गर्ने तयारी भइरहेको जानकारी दिए । “त्यस दिन रामेछाप जिल्ला पूर्ण खोप जिल्ला घोषणा हुँदैछ र बागमती प्रदेशका स्वास्थ्य मन्त्रीको पनि आगमन हुने भएकाले, सोही दिन नयाँ स्थानबाट सेवा शुभारम्भको योजना छ,” उनले भने ।

मन्थली नगरपालिकाले हालको लागि अस्पतालको खाली भवन प्रयोग गर्न स्वीकृति दिएको र अहिले सरसफाइ तथा विद्युतीय वायरिङको काम भइरहेको अध्यक्ष पथिकले बताए। हाल चिकित्सालयसँग २ रोपनी मात्र जग्गा भए पनि कम्तीमा ६ रोपनी आवश्यक पर्ने मापदण्ड अनुसार थप जग्गा प्राप्तिका लागि पहल भइरहेको समेत अध्यक्ष पथिकले जानकारी दिए ।

चिकित्सालय प्रमुख डा. पुनम नेपालका अनुसार, आयुर्वेदप्रति जनविश्वास बढ्दो छ। “आधुनिक औषधिको विकल्पका रूपमा आयुर्वेद रोज्नेको संख्या बढ्दैछ,” उनले भनिन् ।
पत्रकारहरूले कार्यक्रमका क्रममा संरचनागत चुनौती, जनविश्वास विस्तार र सेवा प्रभावकारिता सुनिश्चित गर्न सुझावसमेत प्रस्तुत गरेका थिए।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

४ जिपिए ल्याउने छात्रा सफिना श्रेष्ठ सम्मानित

Next Post

हरिहरपुरगढीमा एक महिनेको ब्यूटिसियन तालिम सम्पन्न

Next Post
हरिहरपुरगढीमा एक महिनेको ब्यूटिसियन तालिम सम्पन्न

हरिहरपुरगढीमा एक महिनेको ब्यूटिसियन तालिम सम्पन्न

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.