Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

रामेछाप नगरपालिका बालमैत्री घोषणा

Kumar Shrestha by Kumar Shrestha
September 7, 2025
in ब्यानर समाचार, राष्ट्रिय समाचार, समाचार
0
रामेछाप नगरपालिका बालमैत्री घोषणा
0
SHARES
11
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप । करिब चार वर्षको तयारीपछि रामेछाप नगरपालिका अब औपचारिक रूपमा बालमैत्री स्थानीय सुशासनयुक्त पालिका बनेको छ। शनिबार बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले विशेष समारोहका बीच यो घोषणा गरेसँगै जिल्ला मात्र नभई प्रदेशकै स्तरमा पनि रामेछापले उदाहरण राखेको छ।
नेपालभर अहिले २८ वटा मात्र पालिका बालमैत्री स्थानीय शासनको सूचक पूरा गरेर मान्यता पाएका छन्। त्यसमध्ये रामेछाप नगरपालाक जिल्लाकै दोस्रो पालिका बनेको हो। यसअघि नगरपालिकाका सबै ९ वडा बालमैत्री घोषित भइसकेका थिए।
बाल संरक्षण, विकास, सहभागिता र संस्थागत विकासका ५१ वटै सूचक पूरा गर्नु मुख्य शर्त थियो। स्थानीय सरकार सञ्चालन ऐन–२०७४, कार्यान्वयन निर्देशिका–२०७८ र घोषणा कार्यविधि–२०७९ मा तोकिएका पाँच चरणका २६ तह पनि पूरा गर्नुपर्ने प्रावधान छ। यी सबै प्रक्रिया पुरा भएपछि मात्र नगरपालिकाले बालमैत्री उपाधि पाएको हो।
नगर प्रमुख लवश्री न्यौपानेका अनुसार, नीति २०७८ सालमै ल्याइए पनि २०७९ असोजबाट यसलाई सघन रूपमा कार्यान्वयन गरियो। हाल नगरपालिकामा १८ वर्षमुनिका १० हजार २४१ बालबालिका छन्, जसलाई लक्षित गर्दै कार्यक्रमहरू सञ्चालन भइरहेको उनले बताए।
कार्यक्रमका प्रमुख अतिथि तथा बागमती प्रदेशका मुख्यमन्त्री बानियाँले घोषणा सभामा बालविवाहमुक्त र बालश्रममुक्त नगर बनेको उपलब्धिलाई ऐतिहासिक ठहर गर्दै “अब चुनौती भनेको दिगोपनाको” रहेको टिप्पणी गरे। उनका अनुसार, घोषणापछि मात्र होइन, निरन्तर अनुगमन र जिम्मेवार कार्यान्वयनले मात्र यो उपाधि अर्थपूर्ण बन्नेछ।
कार्यक्रममा पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङ, प्रदेशका सामाजिक विकास मन्त्री कन्चनचन्द्र बादे र प्रदेश सांसद तारानारायण श्रेष्ठलगायतले समेत दिगोपनामा सबै पक्षको संलग्नता अपरिहार्य रहेको धारणा राखे।
समारोहमा बालबालिकाले प्रस्तुत गरेका नाटक र सांस्कृतिक कार्यक्रमले बालमैत्री नगरको घोषणालाई मात्र औपचारिकता होइन, समुदायकै सरोकारको विषय बनाइदिएको देखिन्थ्यो।

Author

  • Kumar Shrestha
    Kumar Shrestha

    View all posts
Previous Post

निजी शिक्षामा राज्यको दमन होइन, परिपूरक दृष्टिकोण आवश्यक : विश्वराज वाग्ले

Next Post

रामेछाप कारागारमा सेनाले चलायो गोलि, दुई कैदीको मृत्यु

Next Post
रामेछाप कारागारमा सेनाले चलायो गोलि, दुई कैदीको मृत्यु

रामेछाप कारागारमा सेनाले चलायो गोलि, दुई कैदीको मृत्यु

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.