Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

गाउँमै उद्यमको ढोका खोल्दै कुवुकास्थलीका स्थानीय

Kumar Shrestha by Kumar Shrestha
June 10, 2026
in जनता स्पेसल, ब्यानर समाचार, राष्ट्रिय समाचार, समाचार
0
गाउँमै उद्यमको ढोका खोल्दै कुवुकास्थलीका स्थानीय
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप । कुनै समय ग्रामीण भेगमा घरायसी प्रयोजनका लागि डोको, डालो र नाम्लो बुन्नमा मात्र सीमित रहेको बाँसको उपयोग अचेल आधुनिक हस्तकलाका सामग्री निर्माणमा हुन थालेको छ। रामेछापको दुर्गम तथा विकट मानिने उमाकुण्ड गाउँपालिका वडा नम्बर ३ कुवुकास्थलीका स्थानीयहरू अहिले परम्परागत सीपलाई आधुनिकीकरण गर्दै व्यावसायिक उद्यमको बाटोमा अगाडि बढेका छन्।
उद्योग तथा वाणिज्य कार्यालय रामेछापको स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत कुवुकास्थलीमा सञ्चालित ३० दिने बाँस हस्तकला सीप विकास तालिमले गाउँका स्थानीय नागरिकमा नयाँ उत्साह र आत्मविश्वास थपिदिएको छ। गत वैशाख २७ गतेदेखि जेठ २५ गतेसम्म सञ्चालन भएको यस आवासीय प्रकृतिको प्रयोगात्मकतालिममा स्थानीय १२ जना उद्यमीहरू उत्साहजनक रूपमा सहभागी भएका थिए।
तालिमको मुख्य उद्देश्य स्थानीय स्तरमा सहजै उपलब्ध हुने बाँस जस्ता प्राकृतिक स्रोत र साधनको अधिकतम उपयोग गरी ग्रामीण अर्थतन्त्रलाई बलियो बनाउनु र नागरिकलाई स्वरोजगारतर्फ आकर्षित गर्नु हो। मन्थली नगरपालिका वडा नम्बर ५ की प्रमुख प्रशिक्षक हिरामाया शिवभक्तीले सहभागीहरूलाई महिना दिनसम्म बाँसबाट बन्ने विभिन्न आकर्षक, आधुनिक तथा दैनिक उपभोग्य हस्तकलाका सामग्रीहरू बनाउने सीप प्रदान गरिन् ।
तालिमका क्रममा सहभागीहरूले बाँसका मुढा, ¥याक, ढकी, टोकरी, सजावटका सामान र विभिन्न आधुनिक हस्तकलाका सामग्रीहरू निर्माण गर्न सिकेका छन्। गाउँमै बसेर व्यावसायिक रूपमा केही गर्न सकिन्छ भन्ने यो एउटा उत्कृष्ट र प्रसरणीय प्रयास हो।
तालिमको औपचारिक समापन कार्यक्रम उमाकुण्ड गाउँपालिकाका जनप्रतिनिधि र उद्योग कार्यालयका प्रतिनिधिहरूको विशेष उपस्थितिमा भएको छ । समापन समारोहमा सहभागीहरूले आफैँले तयार पारेका हस्तकलाका उत्कृष्ट सामग्रीहरू प्रदर्शन गरेका थिए।
तालिम समापनका अवसरमा उद्योग तथा वाणिज्य कार्यालय रामेछापका खेमराज घिमिरेले कार्यालयको वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत विपन्न तथा लक्षित वर्गलाई स्वरोजगार बनाउने उद्देश्यले यो तालिम आयोजना गरिएको जानकारी दिए । उनले तालिममा सहभागीहरूको सक्रियता र लगनशीलता निकै उदाहरणीय रहेको चर्चा गर्दै आगामी दिनमा पनि यस्ता उद्यमशील कार्यक्रमहरूलाई निरन्तरता दिइने र उद्यमीहरूलाई प्रविधि हस्तान्तरण लगायतका थप कार्यक्रममा समेटिने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रमका मुख्य अतिथि एवं उमाकुण्ड गाउँपालिकाका उपाध्यक्ष सावित्री सुनुवारले तालिममा प्रदर्शन गरिएका सामग्रीहरूको अभिरुचिपूर्वक अवलोकन गर्दै सहभागीहरूको मेहेनतको उच्च प्रशंसा गरिन् । उनले भनिन्, स्थानीय स्तरमा उपलब्ध बाँस जस्ता कच्चा पदार्थको प्रयोग गरेर यति राम्रा र आधुनिक सामग्रीहरू बनाउन सकिँदो रहेछ भन्ने कुरा यस तालिमले प्रमाणित गरेको छ। अब यो सीपलाई केवल प्रमाणपत्रमा मात्र सीमित राख्नु हुँदैन। यसलाई व्यावसायिक उत्पादनमा बदलेर आयआर्जनको मुख्य स्रोत बनाउनुस्, बजेट र बजार व्यवस्थापनमा गाउँपालिकाले पूर्ण सहयोग गर्नेछ।
त्यस्तै, कार्यक्रमका विशेष अतिथि एवं उमाकुण्ड गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष गुण कुमार थापाले वडाले स्थानीय उद्यमशीलता र युवा स्वरोजगारलाई सधैँ प्राथमिकतामा राखेको बताए । उत्पादित सामग्रीहरूको बजारीकरणका लागि वडा कार्यालयले आवश्यक समन्वय गर्ने प्रतिबद्धता उनले व्यक्त गरे ।
कार्यक्रममा उमाकुण्ड–३ का वडा सदस्य सूर्य बहादुर कार्की र उमाकुण्ड–४ का वडा सदस्य भिम बहादुर श्रेष्ठ लगायतले पनि सहभागीहरूलाई बधाई दिँदै व्यावसायिक सफलताको शुभकामना व्यक्त गरेका थिए ।
महिना दिनसम्म कडा परिश्रमका साथ सीप सिकेका अञ्जली दास, काजीमान सुनुवार, सुब्बा दर्जि, दुर्गा बहादुर कार्की लगायतका १२ जना सहभागीहरू तालिम समापनसँगै निकै उत्साहित देखिएका छन्। उनीहरूले गाउँमै बसेर हस्तकला उद्योग सुरु गर्ने र आफू आत्मनिर्भर बन्ने योजना बुनेका छन्।
स्थानीय स्तरमा यस्ता व्यावहारिक र व्यावसायिक तालिमहरू सञ्चालन हुनु आफैँमा सकारात्मक र उदाहरणीय कार्य हो। उद्योग तथा वाणिज्य कार्यालय र स्थानीय सरकारको यो संयुक्त प्रयासले कुवुकास्थलीमा उद्यमशीलताको नयाँ जग बसालेको छ, जसले भोलिका दिनमा ग्रामीण गरिबी निवारण र आर्थिक विकासमा ठूलो टेवा पु¥याउने विश्वास गरिएको छ।

Author

  • Kumar Shrestha
    Kumar Shrestha

    View all posts
Previous Post

कलेज पढ्ने बिद्यार्थीको सहयोग विद्यालयका भाइबहिनीलाई

Next Post

अझै बेलिब्रिजकै भरमा सिङ्गो रामेछाप

Next Post
अझै बेलिब्रिजकै भरमा सिङ्गो रामेछाप

अझै बेलिब्रिजकै भरमा सिङ्गो रामेछाप

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.