Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

मौलिक संस्कृति संरक्षण गर्न पञ्चेबाजा बजाउने तालिम

Kumar Shrestha by Kumar Shrestha
July 6, 2026
in जनता स्पेसल, ब्यानर समाचार, राष्ट्रिय समाचार, समाचार
0
मौलिक संस्कृति संरक्षण गर्न पञ्चेबाजा बजाउने तालिम
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिका वडा नम्बर ६, माकादुममा संचालित पञ्चेबाजा बजाउने तालिम आइतबार समापन भएको छ । मौलिक पहिचान बोकेको रैथाने संस्कृतिको संरक्षण, संवद्र्धन र पुस्तान्तरण गर्ने उद्देश्यका साथ आयोजित उक्त तालिमको समापनसँगै स्थानीय युवा तथा संस्कृतिप्रेमीहरूमा नयाँ उत्साह थपिएको छ।
वडा नम्बर ३ का वडा अध्यक्ष पुष्कर कुमार कार्कीको अध्यक्षतामा सम्पन्न भएको उक्त समापन समारोहमा तालिममा सफलतापूर्वक सहभागी भएका ४३ जना प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो।
समापन कार्यक्रमकी प्रमुख अतिथि एवं खाँडादेवी गाउँपालिकाकी उपाध्यक्ष रमा घिसिङले तालिम प्राप्त सहभागीहरूलाई प्रमाणपत्र हस्तान्तरण गर्दै यस किसिमका कार्यक्रमले स्थानीय कला र संस्कृतिको रक्षा मात्र नगर्ने, बरु स्वरोजगारका अवसरहरू समेत सिर्जना गर्ने बताए ।
“हाम्रो मौलिक संस्कृतिको जगेर्ना गर्नु हामी सबैको दायित्व हो। तर संस्कृति बचाउने नाममा यसलाई केवल मनोरञ्जनमा मात्र सीमित राख्नु हुँदैन,“ प्रमुख अतिथि घिसिङले भनिन्, “नागरिकलाई आयआर्जन र आर्थिक समृद्धिसँग जोड्न यो पञ्चेबाजा तालिम अत्यन्तै फलदायी र कोसेढुङ्गा साबित हुनेछ भन्ने मैले पूर्ण विश्वास लिएकी छु। अब हाम्रा दिदीबहिनी र दाजुभाइहरूले यस सीपलाई व्यावसायिक रूपमा अगाडि बढाउनुपर्छ।“
कार्यक्रममा बोल्दै गाउँ कार्यपालिका सदस्य गोपाल दर्जीले गाउँपालिकाले कला र संस्कृतिको प्रवद्र्धनलाई उच्च प्राथमिकतामा राखेको स्पष्ट पारे । उनले सीप सिकेपछि त्यसको सही सदुपयोग हुनुपर्नेमा जोड दिए ।
कार्यपालिका सदस्य दर्जीले भने, “गाउँपालिकाका सबै वडाहरूमा पञ्चेबाजा वितरण कार्य यसअघि नै भइसकेको छ। बाजा मात्र भएर भएन, बजाउने सीप पनि चाहिन्छ भनेर नै हामीले यो तालिमको आयोजना गरेका हौँ। मलाई विश्वास छ, यो सीपले हाम्रो मौलिक संस्कृतिको संरक्षण त गर्ने नै छ, साथै नयाँ पुस्तामा यसको पुस्तान्तरण गर्न समेत ठूलो सहयोग पुग्नेछ।“ उनले तालिम उत्साहजनक र सफलतापूर्वक समापन भएकोमा खुसी समेत व्यक्त गरे ।
परम्परागत रूपमा केही निश्चित समुदायमा मात्र सीमित देखिने पञ्चेबाजा कलालाई अहिले स्थानीय सरकारको अग्रसरतामा सामूहिक रूपमा सिकाउन थालिएपछि स्थानीय बासिन्दाहरू निकै हर्षित भएका छन्। तालिम समापनका अवसरमा प्रशिक्षार्थीहरूले आफूले सिकेको बाजा बजाउने सीपको छोटो प्रदर्शन समेत गरेका थिए, जसले गर्दा समापन समारोह उत्सवमय बनेको थियो।
कार्यक्रमका अध्यक्ष एवं वडा नम्बर ३ का वडा अध्यक्ष पुष्कर कुमार कार्कीले कार्यक्रमको समापन गर्दै पालिकाले आगामी दिनमा पनि यस्ता सीपमूलक र परम्परागत कला संस्कृतिको जगेर्ना गर्ने कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे ।

Author

  • Kumar Shrestha
    Kumar Shrestha

    View all posts
Previous Post

बजेट निर्माणमा रामेछापका स्थानीय तहको अन्तिम कसरत, असार १० भित्रै ल्याउने तयारी

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.