Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

भीरबाट खसालेर १६ गाईको हत्या, ५० घाइते भिडियो

Milan Ghimire by Milan Ghimire
September 3, 2019
in जनता स्पेसल, समाचार
0
भीरबाट खसालेर १६ गाईको हत्या, ५० घाइते भिडियो
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter
भदौ १३

नेपालगन्जबाट दैलेख लैजाँदै गरिएका गाई सुर्खेतको वीरेन्द्रनगरको कटकुवा जंगलको भीरबाट खसालिएको छ ।

भीरबाट खसाल्दा १६ गाई मरेका छन् भने ५० गाई घाइते भएका छन् ।

बिहीबार राति नेपालगन्जको कान्जीहाउसबाट २९१ गाईसहित ८ ओटा ट्रक दैलेख हिँडेका थिए ।

तर, सम्बन्धित ठाउँमा नपुर्‍याइ गाईलाई सुर्खेत, वीरेन्द्रनगरको कटकुवास्थित जंगलको भीरबाट खसालिएको छ ।

ट्रकबाट ढुंगाजसरी खसाल्दा १६ गाई मरेका छन् भने ५० गाई घाइते अवस्थामा छन् ।

पशुकै सहारामा बाँचेका मानिसहरुले यस्तो अमानवीय व्यवहार देखाएको स्थानीय दुुर्गाबहादुर डाँगीको आक्रोश छ ।

बिहीबार राति साढे १२ बजेतिर गाई बोकेका ८ ओटा ट्रक सुब्बाकुना प्रहरीचौकीमा ‘इन्ट्री’ भएका र शुक्रबार बिहान करिब साढे ३ बजेतिर कटकुवा जंगलमा छोडिएको बताइएको छ ।

वीरेन्द्रनगर नगरपालिकाकाअनुसार चौपायाहरुलाई भीरबाट खसालेर मारिएको हो । गाडीबाट सीधै भीरमा खसालेर गाई मार्नेहरुलाई कडा कारबाही गर्नुपर्ने स्थानीय गौरी केसीको भनाइ छ ।

यता, वीरेन्द्रनगर नगरपालिका अनुगमन उपशाखाका प्रमुख यामलाल गिरी सम्बन्धित ठाउँमा गाई नलिने व्यक्तिलाई कारबाही गरिने बताउँछन् । करिब तीन किलोमिटरको दूरीमा भीरबाट गाई खसालिएको देखिएको छ ।

प्रहरीले गाईलाई खसालेर नेपालगन्ज फर्कंदै गरेका चारओटा ट्रकलाई बबईबाट नियन्त्रणमा लिएको छ ।

भिडियो हेर्नुहोस्

साभार : imagekhaber

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

तीजको बेलुका खुर्पा प्रहार गरी श्रीमतीको हत्या

Next Post

ट्याक्टर दुर्घटनामा परी एकको मृत्यु, दुई गम्भिर

Next Post
ट्रक दुर्घटनामा परी रामेछापमा एकको मृत्यु, दुई गम्भिर घाईते

ट्याक्टर दुर्घटनामा परी एकको मृत्यु, दुई गम्भिर

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.