Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

प्रहरीको लाठी लागेर अनेरास्ववियू संयोजक ऐन महर घाइते

Milan Ghimire by Milan Ghimire
September 6, 2019
in जनता स्पेसल, समाचार
0
प्रहरीको लाठी लागेर अनेरास्ववियू संयोजक ऐन महर घाइते
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter
भदौ १८

प्रहरीको लाठीले लागेर सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको विद्यार्थी संगठन अनेरास्ववियूका संयोजक ऐन महरसहितका नेताहरु घाइते भएका छन् ।

बुधबार बिहान पक्राउ परेका चिकित्सा शिक्षा अध्ययन संस्थान आईओएमका स्ववियु सभापति मिलन गैरेसहित नेताहरुलाई भेट्न ठूलो संख्यामा नेपाल पुलिस क्लब पुगेका विद्यार्थीलाई गेटभित्र प्रवेश गर्न नदिन प्रहरीले बल प्रयोग गरेको थियो ।

त्यस क्रममा अनेरास्ववियु संयोजक ऐन महर, समिक बडाल, सुदेश पराजुलीलगायतका विद्यार्थी नेताहरु घाइते भएका हुन् । घाइते विद्यार्थीको बागबजारस्थित काठमाडौं मोडल अस्पतालमा उपचार भइरहेको छ ।

अनेरास्ववियूका सहसंयोजक रञ्जित तामाङले विज्ञप्ति जारी गरी ऐन महर नेतृत्वको टोलीले पटक पटक परिचय दिँदा दिँदै पनि बहुलठ्ठिपूर्ण ढंगबाट दमन कुटपिट र ज्यादती गरेको भन्दै भर्त्सना गरेका छन् ।

उनिहरुले आक्रमणमा संलग्न प्रहरी अधिकारीमाथि छानबिन गरी कारबाहीको माग गरेका छन् । यस विषयमा बिहीबार गृहमन्त्री रामबहादुर थापा बादललाई पनि ध्यानाकर्षण गराउने अनेरास्ववियूले जनाएको छ ।


यता महानगरीय प्रहरी परिसरका प्रवक्ता डीएसपी होविन्द्र वोगटीले ठूलो समूह पुलिस क्लबभित्र प्रवेश गर्न खोजेकाले प्रवेश गर्न नदिने क्रममा घटना भएको बताए ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts

Previous Post

विश्वकप छनोट : दोस्रो चरणको खेलमा आज नेपाल र कुवेत भिड्दै

Next Post

रेड्क्रसको स्थापना दिवसमा रामेछापमा : रक्तदान र बिरामीलाई फलफुल वितरण

Next Post
रेड्क्रसको स्थापना दिवसमा रामेछापमा : रक्तदान र बिरामीलाई फलफुल वितरण

रेड्क्रसको स्थापना दिवसमा रामेछापमा : रक्तदान र बिरामीलाई फलफुल वितरण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2023 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2023 JNews - Premium WordPress news & magazine theme by Jegtheme.