रामेछाप भदौ १९
नेपाल रेडक्रस सोसाइटीको ५७ औं स्थापना दिवसको अवसरमा रेड्क्रस जिल्ला शाखा रामेछापले रामेछापको पुरानो सदरमुकाम रामेछापमा रक्तदान र अस्पतालमा उपचारर्थ बिरामीलाई फलफुल वितरण गरेको छ । रक्तदान कार्यक्रममा ३१ जनाले रक्तदान गरेका छन् उनीहरुलाइ धन्यबाद सहित प्रमाण–पत्र प्रदान गरिएको थियो ।
शाखाले जिल्ला अस्पताल रामेछापमा विभिन्न रोगको उपचार गराई रहेका २२ जना बिरामीहरुलाई फलफूल वितरण गरेको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रामेछापका मन्त्रि जय प्रकाश श्रेष्ठले जनता भ्वाईस्लाइ जानकारी दिए ।
देशैभरी नेपाल रेडक्रसका एक लाख भन्दा बढी स्वयंसेवक तथा कर्मचारीहरुले वर्षेनी औषत २५ लाख मानिसलाई निरन्तर सेवा पुर्याउँदै आएका छन् । रेडक्रस मानवीय सेवामा देशको अग्रणी संस्था हो ।
मानवीय भावना फैलाउन र प्रेममय वातावरण विकास गर्न “माया” भन्ने मूल सन्देशका साथ विविध गतिविधिको आयोजना गरी नेपाल रेडक्रस सोसाइटीले आफ्नो ५७ औं स्थापना दिवस बिहिबार मनाएको हो ।
२०२० भाद्र १९ गते नेरेसोको स्थापना भएको थियो ।