Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

प्रमुख प्रशासकिय अधिकृतले माफि नमागेसम्म कार्यपालीका बैठक वहिस्कार गर्ने नगरपालिका सदस्यहरुको निर्णय

Milan Ghimire by Milan Ghimire
August 9, 2022
in जनता स्पेसल, समाचार
0
प्रमुख प्रशासकिय अधिकृतले माफि नमागेसम्म कार्यपालीका बैठक वहिस्कार गर्ने नगरपालिका सदस्यहरुको निर्णय
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप । असार ३ गते,

रामेछापको मन्थली नगरकार्यपालिका सदस्यहरुले सो नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत टेककुमार रेग्मीले माफि नमागेसम्म उनी संलग्न बैठकमा सहभागि नहुने निर्णय गरेका छन् । मंगलबार नगरपालिका उपप्रमुख मायाकुमारी कार्की सहितका १५ जना कार्यपालिका सदस्यले सो निर्णय गरेका हुन् ।
१४ वटा वडा रहेको मन्थली नगरपालिकाका ७ जना वडाअध्यक्ष तथा १ कार्यवाहाक वडाअध्यक्ष र ६ जना कार्यपालिका सदस्यले समेत सो निर्णयमा हस्ताक्षर गरेका छन् ।
मन्थली नगरकार्यपालिकाको २७ औँ बैठकमा सैद्धान्तिक विषयको छलफलका क्रममा बैठकका सदस्य सचिव समेत रहेका प्रमुख प्रशासकिय अधिकृत टेककुमार रेग्मीले बैठकका सदस्यहरु जननिर्वाचित प्रतिनिधिहरु माथि अभद्र, अशिष्ट, आक्रामक व्यवहार गरि उल्टै नगरप्रमुख र आपूmमाथि कुटपीटभएको भनि गलत प्रचार गरेको कार्यपालिका १५ जना सदस्यले गरेको हस्ताक्षरमा उल्लेख छ । उनले माफि नमागेसम्म उनी सहभागि कुनै पनि बैठकमा सहभागि नहुने निर्णयमा उल्लेख छ ।
नगरपालिकामा आयोजित पत्रकार सम्मेलनमा कार्यपालका सदस्य उद्धव रम्तेलले आपूmहरुले नगरप्रमुख रमेश बस्नेत र प्रमखु प्रशासकिय अधिकृत माथि कुनै पनि खालको दुर्वेवाहार र आक्रमण नगरेको बताए । उनले उल्टो निर्वाचित जनप्रतिनिधहरु प्रमुख प्रशासकिय अधिकृतको दुर्वेवहारमा परेको बताए छन् ।
सो निर्णयमा हस्ताक्षर गर्नेमा उपप्रमुख मायाँ कार्की तथा वडाअध्यक्षहरु वडानं १,५,१२,८,१०,४ र ७ का क्रमशः कृष्णहरि अधिकारी, रामबहादुर कार्की, नारायणदाश श्रेष्ठ, राजकुमार श्रेष्ठ, भरतबहादुर बाहोरा, सुदर्शन प्रसाईँ र विरेन्द्र बज्राचार्य छन् । यसैगरी ११ नं वडाका कार्यवहाक अध्यक्ष जितबहादुर तामाङले पनि निर्णयमा हस्ताक्षर गरेका छन् ।
यसैगरी कार्यपालिका सदस्यहरु ममिता श्रेष्ठ, शान्तिमायाँ तमाङ, उद्धव रम्तेल, श्रीबहादुर माझी, नारायणबहादुर थापा र प्रेमबहादुर तामाङले पनि सो निर्णयमा हस्ताक्षर गरेका छन् ।
यस अघि सोमबार भएको बैठकमा केही कार्यपालिका सदस्यहरुले बैठक चलि रहेको बेला कामै नगरेको योजनाको रकम भुक्तानीको माग गरी नगर प्रमुख रमेश वस्नेत र प्रमुख प्रशासकिय अधिकृत माथि आक्रमण गरेको भनि नगरप्रमुख बस्नेत र प्रमुख प्रशासकिय अधिकृत रेग्मीले हस्ताक्षर गरी विज्ञप्ति निकालेका थिए ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

लोक सेवा आयोगले दरखास्त दिने मिति ७ दिन थप्यो

Next Post

बिमला तामाङको शंकास्पद मृत्युु प्रकरणः सञ्चालक सञ्जेल सहित चार पक्राउ

Next Post

बिमला तामाङको शंकास्पद मृत्युु प्रकरणः सञ्चालक सञ्जेल सहित चार पक्राउ

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.