Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

प्रधानमन्त्री ओली आज स्वदेश फर्किँदै

Milan Ghimire by Milan Ghimire
September 6, 2019
in जनता स्पेसल, समाचार
0
प्रधानमन्त्री ओली आज स्वदेश फर्किँदै
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

भदौ २०

प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्किंदै छन् । सिंगापुरको नेसनल युनिभर्सिटी हस्पिटलमा मिर्गौलाको फलोअप उपचारका लागि प्रधानमन्त्री ओली भदौ ५ गते त्यसतर्फ गएका थिए ।

सिंगापुरमा उनको ‘प्लाज्मा फेरिसस’ को उपचार विधिबाट मिर्गौलाको उपचार गरिएको थियो । दिन बिराएर गर्नुपर्ने प्लाज्माफेरेसिस उपचार विधि बुधबार सकिएको छ । प्रधानमन्त्रीको स्वास्थ्य सामान्य र सुधारोन्मुख देखिएकाले स्वदेश फर्किन लागेको बताइएको छ ।

प्रधानमन्त्री ओली आज मध्याह्न साढे १२ बजे स्वदेश फर्कने तय भएको उनका प्रेस सल्लाहकार डा। कुन्दन अर्यालले जानकारी दिए । प्रधानमन्त्रीसँगै नेकपाका सचिवालय सदस्य वामदेव गौतम, महासचिव विष्णु पौडेललगायत प्रधानमन्त्रीलाई भेट्न पुगेका नेताहरू पनि स्वदेश फर्किने बताइएको छ ।

प्रधानमन्त्री ओली यसअघि साउन १८ मा सिंगापुरको सोही अस्पतालमा उपचार गर्न गएका थिए । उनी उपचार गराएर साउन २७ मा फर्किएका थिए ।

सिंगापुरबाट फर्किएको १० दिनपछि प्रधानमन्त्री ओली ‘फलोअप’ उपचारका लागि सिंगापुर गएका हुन् । उपचारका क्रममा प्रधानमन्त्री ओलीले सिंगापुरबाटै दुईपटक मन्त्रिपरिषद्का सदस्यसँग भिडियो कन्फरेन्स गरेका थिए ।

यसैबीच पटक पटक उपचाका लागि सिंगापुर जाँदा पनि प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाबारे सदनमा जानकारी नगराइएको भन्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसलगायतका दलहरुले सरकारको आलोचना गरेका छन् ।

उनीहरुले सरकार प्रमुख नै उपचारका क्रममा विदेशमा रहेपनि त्यसको बारेमा कुनै जानकारी नगराइएको भन्दै आक्रोश व्यक्त गरेका हुन् ।

@imagekhabar

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

जयवागेश्वरी मन्दिरभित्र अर्को मन्दिर फेला

Next Post

यात्रु र चालकको साझा प्रश्न : गाडीमा पिसाब लागे कहाँ जाने ?

Next Post
यात्रु र चालकको साझा प्रश्न : गाडीमा पिसाब लागे कहाँ जाने ?

यात्रु र चालकको साझा प्रश्न : गाडीमा पिसाब लागे कहाँ जाने ?

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.