Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

जयवागेश्वरी मन्दिरभित्र अर्को मन्दिर फेला

Milan Ghimire by Milan Ghimire
September 6, 2019
in जनता स्पेसल, समाचार
0
जयवागेश्वरी मन्दिरभित्र अर्को मन्दिर फेला
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

भदौ २०

पाशुपत क्षेत्रको ग्वलमा रहेको जयवागेश्वरीको मन्दिर पुनःनिर्माणकाक्रममा मन्दिरभित्र अर्को मन्दिर फेलापरेको छ ।

मन्दिरभित्र पुरातात्विक महत्वका तीनओटा गजुरसहितको इँटा र माटोले निर्मित सानो मन्दिर फेलापरेको हो ।

उत्खनन्काक्रममा प्राचीन इँटा र छतमा राख्ने ठूला इँटाहरु पनि फेलापरेका छन् ।

पशुपतिनाथभन्दा पुरानो ठानिएको जयवागेश्वरीको मन्दिरमा वि।सं। २०७२ सालको विनाशकारी भूकम्पले क्षति पुगेको थियो ।

मन्दिरभित्र पहिलो तल्लामा तीनओटा गजुरसमेतको सानो मन्दिर फेलापरेपछि स्थानीयवासीले यसको अध्ययन, अनुसन्धान हुनुपर्ने माग गरेका छन् ।

आठकुना रहेको सो मन्दिरमा अर्को मन्दिरकाबारेमा आफ्नो बाजेलाईसमेत थाहा नभएको मन्दिरका पुजारी ८० वर्षीय मृत्यृन्जय कर्माचार्यले बताए ।

उनले यसको राम्रोसँग अनुसन्धान गरेरमात्र पुनःनिर्माण कार्य अघि बढाउनुपर्ने बताए ।

लिच्छविकालीन यस मन्दिरभित्र जयवागेश्वरीको मूर्तिसहित दायाँ भैरव र बायाँ हात्तीको टाउको नभएको भैरवकोजस्तो रातो गणेशको मूर्ति रहेको छ ।

प्राप्त तीनओटा गजुर रहेको गर्भगृहमा बिहीबार पुजारी र स्थानीयहरुले क्षमापूजासमेत गरेका छन् ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

दूधको मूल्य प्रतिलिटर ६ रुपैयाँ बढाइयो

Next Post

प्रधानमन्त्री ओली आज स्वदेश फर्किँदै

Next Post
प्रधानमन्त्री ओली आज स्वदेश फर्किँदै

प्रधानमन्त्री ओली आज स्वदेश फर्किँदै

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.