Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

सिन्धुलीमा तीन वर्षमा ५ जना बेचीए

Kumar Shrestha by Kumar Shrestha
September 10, 2019
in समाचार
0
सिन्धुलीमा तीन वर्षमा ५ जना बेचीए
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

सम्झना श्रेष्ठ, भाद्र २० सिन्धुली ।

सिन्धुलीमा तीन वर्षको अवधीमा ५ जना बेचविखनमा परेका छन् । आ.व ०७३/७४ मा २ जना, आ.व ७४/७५ मा १ र आ.व ७५/७६ मा २ जना गरि ५ जना बेचविखनमा परेको भनी मुद्धा दर्ता भएको जील्ला प्रहरी कार्यालय सिन्धुलीको तथ्याङकले देखाएको छ । प्रहरी कार्यालय सिन्धुलीले मानव बेचविखन तथा ओसारपसार विरुद्धको १३ औं राष्ट्रिय दिवसको अवसरमा सिन्धुलीमा अन्तक्र्रिया कार्यक्रम गरि सो जानकारी गराएको हो । कार्यक्रममा सिन्धुलीका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले मानव बेचविखनको समस्या पुरानो समस्या भएको बताउनुभएको छ । उहाँले राष्टिय राजमार्गसँग जोडीएकाले सिन्धुली पनी मानव बेचविखनको सम्भावना बोकेको जिल्ला रहेको उल्लेख गर्नुभयो । प्रजीअ गौतमले विशेषगरि बेचविखनका कार्य आफन्त वा चीनजानका व्यक्ति बाटै हुने गरेको बताउँदै व्यक्ती आफैँ सजक र सचेत हुनुपर्नेमा जोड दिनुभयो । प्रजिअ गौतमले वेरोजगारी, लोभलालच, अशिक्षा तथा गरिवीले पनि यस्ता समस्या आइपर्ने गरेको बताउँदै राज्यले रोजगार तथा सचेतनाका कार्यक्रम ल्याउनुपर्ने बताउनुभयो । यस्तै जील्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रमुख चक्र बहादुर सिंहले मानव बेचविखन जस्तो जघन्य आपराधिक क्रियाकलाप रोक्न सबैको साथ सहयोग आवश्यक पर्ने बताउनुभयो । प्रहरी प्रमुख सिंहले समाजमा हुने हिंसात्मक कार्य रोक्न व्यक्ति स्वयम्, परिवार, समाज र सिंगो राष्ट नै लाग्नुपर्नेमा जोड दिनुभयो । उहाँले कोही व्यक्ती बेचवखिनमा पर्दै गरेको वा पर्न लागेको कुरा जो कोहीले पनी प्रहरी प्रशासनमा जानकारी गराउन सबैमा आग्रह समेत गर्नुभयो । यसैगरि कार्यक्रममा सहभागीहरुले मानव बेचविखनको कारण खोजी गरि समस्या न्युनिकरण गर्न आवश्यक रहेको बताएका छन् । उनीहरुले आ–आफ्नो क्षेत्रबाट सबैले सहयोग गरेमा मानव बेचविखन लगाएतका घटनामा न्युनीकरण गर्न सकीने बताएका छन् । सविंधानमा उल्लेख भएका कानुन अक्षरस पालना हुने र विना अवरोध कानुन कार्यान्वयन गर्न सके मात्र दोषीले सजाए पाउने हो भने समाजमा हुने गरेका यस्ता अवैधानिक कार्य न्युनीकरण गर्न सकिने बताएका छन् ।

Author

  • Kumar Shrestha
    Kumar Shrestha

    View all posts
Previous Post

डेगु रोकथामका गर्न कपिलवस्तुमा नागरिक अभिमुखिकरण कार्यक्रम

Next Post

हिन्दु राष्ट्र र राजसंस्था निर्विकल्प बाटो : अध्यक्ष थापा

Next Post
हिन्दु राष्ट्र र राजसंस्था निर्विकल्प बाटो : अध्यक्ष थापा

हिन्दु राष्ट्र र राजसंस्था निर्विकल्प बाटो : अध्यक्ष थापा

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.