Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

हिन्दु राष्ट्र र राजसंस्था निर्विकल्प बाटो : अध्यक्ष थापा

Milan Ghimire by Milan Ghimire
September 6, 2019
in जनता स्पेसल, समाचार
0
हिन्दु राष्ट्र र राजसंस्था निर्विकल्प बाटो : अध्यक्ष थापा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter
बुटवल भदौ,२०,

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले गणतन्त्र, संघीयता र धर्म निरिपेक्षता असफल भइसकेको भन्दै देशका लागि अबको विकल्प राप्रपाले लिएको हिन्दु राष्ट्र र राजसंस्था निर्विकल्प बाटो भएको बताएका छन् ।

पार्टी निकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनद्वारा वुटवलमा आयोजित केन्द्रीय परिषद बैठकको समुदघाटन समारोहमा बोल्दै अध्यक्ष थापाले गणतन्त्र, संघीयता र धर्म निरिपक्षेताबाट देश बनाउछौं भन्ने र धर्म संस्कृतिलाई नष्ट गरेर मात्र देश बन्ने मान्यता राख्नेहरु असफल भइसकेको दावी गरे ।
अध्यक्ष थापाले कांग्रेस र कम्युनिष्टले विगत १२ बर्षदेखि देशलाई गलत बाटोबाट हिँडाएको र हालकै बाटोलाई निरन्तरता दिने हो भने देश असफल राष्ट्रको रुपमा पुग्ने ठोकुवा समेत गरे ।
थापाले युवाहरुको रगत र पसिना निर्यात गरेर र नेपाली युवाहरुलाई मलेसिया तथा अरबको मरुभूमिमा पठाएर देशले समृद्धि हासिल गर्न नसक्ने समेत बताए ।

सम्बोधनकै क्रममा थापाले देशमा लुटतन्त्र चलेको, भ्रष्टाचार बढेको सुन काण्ड, वाईड वडी काण्ड, बालुवाटारको जग्गा काण्ड लगायतका अनियमितता र भ्रष्टाचारमा सत्तारुढ दल र प्रमुख प्रतिपक्षको समेत संलग्नता र सहमतिमा भएको आरोप लगाए ।


सरकार अहिले आफ्नो असफलतालाई ढाक्नका विरोधी आवाजलाई निषेध गर्ने, आवाजलाई दवाउने जस्ता चेतावनीपूर्ण अभिव्यक्ति दिदै हिडेकोमा उहाँले आपत्ति प्रकट गरे ।
गणतन्त्र ल्याउन विदेशी खुफिया एजेन्सीले देशको प्रधानमन्त्री भइसकेको र सत्तारूढ पार्टीको अध्यक्ष रहेका व्यक्तिलाई प्रयोग गरिएको भन्ने पुस्तक मार्फत सार्वजनिक हुनु नेपालीको शीर निहुरिने विषय भएको बताउँदै अध्यक्ष थापाले यो संवेदनशील विषय भएकाले संसदीय छानबिनको माग समेत गरे छ ।

राप्रपाले हिन्दु राष्ट्र र राजसंस्थाको एजेन्डालाई कठिन घडीमा पनि बोकेर हिडेको हुँदा एजेन्डाको विषयमा राप्रपालाई शंका नगर्न र आफूहरूको नियतमाथि शंका गरिदा पीडाको अनुभूति हुने उहाँले बताए । साथै थापाले युवा संगठनको परिषद बैठकको सफलताको शुभकामना दिदैँ सबै युवाहरुलाई राप्रपामा एकबद्व भई राष्ट्रिय स्वाधिनताको सवलीकरण गर्ने कार्यक्रम तय गर्न आग्रह समेत गराए ।


राष्ट्रियताको संरक्षण, प्रजातन्त्रको सुदृढीकरण, सनातन मान्यताको रक्षा गर्दै विकास र आर्थिक समृद्धिका लागि राप्रपासँग स्पष्ट दृष्टिकोण भएको र राप्रपामा समाहित भएर नेतृत्व लिन र देशलाई संकटको दलदलबाट मुक्त तुल्याउन उनले युवाहरुलाई आव्हान समेत गरे ।


समुद्घाटन समारोहमा राप्रपाका वरिष्ठ नेता दिपक बोहरा, वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ, उपाध्यक्ष प्रेम बहादुरी भण्डारी, राप्रपा प्रदेश ५ का अध्यक्ष प्रदिप कुमार उदय, राप्रपाका सहमहामन्त्री राजेन्द्र वीर राय, युवा संगठनका अध्यक्ष प्रकाश रिमाल, सचिब हिक्मत जंग कार्की, कोषाध्यक्ष गुणराज राजभण्डारी, प्रवक्ता सुजित के.सी. लगायतले शुभकामना मन्तव्य राखेका थिए ।


राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको परिषद बैठकमा ६५ जिल्लाका १४५ जना युवाहरुको उपस्थिति रहेकोे युवा संगठनका प्रवक्ता सुजित के.सीले बताउनुभयो । युवा संगठनको परिषद बैठक भाद्र २१ गतेसम्म जारी रहने बताईएको छ ।

#कमल थापा #रापप्रा

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts

Previous Post

सिन्धुलीमा तीन वर्षमा ५ जना बेचीए

Next Post

ज्योति लाइफको अभिकर्ता तालिम रामेछापको मन्थलीमा सम्पन्न

Next Post
ज्योति लाइफको अभिकर्ता तालिम रामेछापको मन्थलीमा सम्पन्न

ज्योति लाइफको अभिकर्ता तालिम रामेछापको मन्थलीमा सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

सल्लाहकार               : शेरबहादुर तामाङ्ग
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2023 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2023 JNews - Premium WordPress news & magazine theme by Jegtheme.