मन्थली, भदौ २४,
जिल्ला प्रशासन कार्यालय रामेछापले मंगलबार मन्थली बजार अनुगमन गरेको छ ।
लक्ष्मण भुजेलको नेतृत्वमा जिल्ला प्रहरी कार्यालय, घरेलु तथा साना उद्योग विकास समिति, उद्योग वाणिज्य संघ, पत्रकार लगायतका संयुक्तटोलीले बजार अनुगमन गरेको हो । अनुगमन क्रममा बजारमा पसल दर्ता नै नगरी संचालन गरेको पाईएको छ ।
शुभलक्ष्मी स्टोर्स एण्ड सप्लायार्सबाट म्याद नघेको चिया १०० प्याकेट, गुल्कोज २० बट्टा,गुलकोज प्याकेट १००, पाइनपाल जुस ५ वटा, प्राउन १० प्याकेट, खैनि १ प्याकेट, ओम किरान पसलबाट बिस्कुट ८ वटा, कुरमुरे २८ वटा, राजकुमार बेकरीबाट इजाजत नभएको चुरोट ६ बट्टा, मैनाली फलफुल तथा किराना पसलबाट सुर्ती २ प्याकेट, सरिता किराना तथा फलफुल पसलबाट खैनी १ सय ६० पिस, रञ्जिता खुद्रा पसलबाट खैनी १३ प्याकेट,बुढाथोकी किराना पसलबाट बिस्कुट ६० पुरीया र सुनिता सुनुवारले पसल दता नगरी संचालन गरेको पाईएको छ ।
सोमबार पनि बजार अनुगमन गरेको थियो ।