Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

जागरण अभियानकै क्रममा संघठन विस्तार रामेछापमा

Milan Ghimire by Milan Ghimire
September 10, 2019
in जनता स्पेसल, समाचार
0
जागरण अभियानकै क्रममा संघठन विस्तार रामेछापमा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

मन्थली, २४ भदौ,

उमाकुण्डमा अभियान

नेपाली काँग्रेसको दोस्रो चरणको जागरण अभियान अन्तर्गत नेपाली काग्रेस रामेछापले प्रदेश क को प्रितीमा र प्रदेश ख को चनखुमा एकसाथ मंगलबार सम्पन्न गरेको छ ।
महामानव विश्वविवेश्वर प्रसाद कोइरालाको १०६ औं जन्म जयन्तीको अवसर पारेर दुबै स्थानमा गरिएको सो कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय प्रतिनीधि,जिल्ला स्तर र स्थानिय नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

जिल्लाको उमाकुण्ड गाउँपालिकाको प्रितीमा नेपाली कांग्रेस प्रदेश ‘क’ का सभापति लिला सुनुवारको अध्यक्षतमा गरिएको कार्यक्रममा नेपाली कांग्रेका सभापति लवश्री न्यौपाने, सचिवद्धय लेख बहादुर कार्की, एक बहादुर बस्तेत तथा महाधिवेशन प्रतिनीधि कृष्ण बहादुर महत, जिल्ला कार्य समितिका सदस्य झप्पड राज भण्डारी, नेपाल तरुण दलका सभापति दिनेश खड्का, जिपी फाउण्डेशन रामेछापका अध्यक्ष दिपक खड्का उमाकुण्ड गाउँपालिकाकी उपाध्यक्ष उर्मिला कार्की बस्नेत लगाएतले विपिको योगदानको बारेमा चर्चा गर्दै आफनो मन्तब्य राखेका थिए ।

संघठन विस्तार

केन्द्रिय प्रतिनीधि देवी न्यौपानेको प्रमुख आतिथ्यतामा सम्पन्न्न उक्त कार्यक्रमका अवसरमा उमाकुण्डको पालिका स्तरीय दलित संघ र महिला संघ समेत गठन गरिएको छ ।
दलित संघ गुञ्ज बहादुर सार्कीको अध्यक्षतामा र महिला संघ साबित्री सुनुवारको अध्यक्षता सात–सात सदस्यीय समिति गठन गरिएको हो ।

चनखुमा अभियान

त्यसैगरी प्रदेश ‘ख’ का सभापति बिनोद कार्कीको अध्यक्षता एबं केन्द्रीय प्रतिनीधि बर्मा लामाको प्रमुख आतिथ्यतामा मन्थली नगरपालिकाको चनखुमा सम्पन्न कार्यक्रमका अधिकांस वक्ताहरुले पार्टिभित्रको गुट उपगुट अन्त्य नभए सम्म पार्टिभित्रको अन्तरकलह नमेटीने बताए । स्थानीय स्तरका कार्यकर्ताहरुले वडा र पालिका स्तरमा प्रतिपक्षिको भुमिका कसरी निर्बाह गर्ने बारे आफुहरु जानकार नभएकाले प्रशिक्षणको आवश्यक रहेको बताए ।

सो अवसमा प्रदेश ख का सभापति बिनोद कार्की, प्रमुख अतिथि बर्मा लामा, नेपाली काग्रेसका कोषाध्यक्ष कुमार श्रेष्ठ, पूर्व शिक्षक गुञ्जबहादुर श्रेष्ठ, नेता झनक श्रेष्ठ,रामेछापका प्रवक्ता नारायण खड्का, महिला संघकी सभापती गंगा अधिकारी, नेपाल विद्यार्थी संघका अध्यक्ष शुशिल अधिकारी, नेपाल पत्रकार महासंघका अध्यक्ष रमेश ढुंगेल लगाएतले विपिको योगदानको बारेमा चर्चा गर्दै आ –आफनो मन्तब्य राखेका थिए ।

सो अबसरमा मन्थली नगरपालिकाको वडा नं १० चनखुका विभिन्न स्थानमा बृक्षरोपण समेत गरिएको थियो ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

रामेछापको मन्थलीमा दर्ता नगरी पसल संचालनमा

Next Post

जिपी फाउण्डेशन उमाकुण्डको अध्यक्षमा सुनुवार चयन

Next Post
जिपी फाउण्डेशन उमाकुण्डको अध्यक्षमा सुनुवार चयन

जिपी फाउण्डेशन उमाकुण्डको अध्यक्षमा सुनुवार चयन

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...