Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

एनसेलले ल्यायो आकर्षक ‘मेरो प्लान’

Milan Ghimire by Milan Ghimire
September 17, 2019
in अर्थतन्त्र, जनता स्पेसल, समाचार, सूचना प्रविधि
0
एनसेलले ल्यायो आकर्षक ‘मेरो प्लान’
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

भदौ ३१

काठमाण्डौ एनसेलले आकर्षक डाटा सेवाको लागि मेरो प्लान नामको नयाँ योजना ल्याएको छ । एनसेलले यो योजना आफ्ना प्रिपेड ग्राहकका लागि ल्याएको बताएको छ । यस योजना अन्तरगत सुलभ दरमा डेटा, भ्वाइस र एसएमएस सेवाको फाइदा लिन सकिने कम्पनीले जनाएको छ ।

आउँदो असोज १ गतेदेखि लागू हुने यो योजना अन्तर्गत प्लान १९९, प्लान २९९, प्लान ४९९, प्लान ७९९ र प्लान ९९९ गरी पाँच वटा प्लानहरु रहेका छन् । यी प्लानहरु अन्तर्गत ग्राहकले प्लानको समयावधि रहुन्जेल अझ सुलभ दरमा डेटा सेवा प्रयोग गर्न सक्नेछन् ।

यस बाहेक, यी प्लानहरु अन्तर्गत ग्राहकले अन नेट अर्थात एनसेल नेटवर्कभित्र भ्वाइस र एसएमएस सेवा पनि अझ सुलभ दरमा लिन सक्नेछन् । त्येक प्लानमा बण्डलिङ गरिएको डेटा प्याक सकिएपछि मेन ब्यालेन्स नकाटी आफैँ डेटा बन्द हुनेछ । ग्राहकले तत्काल थप डेटा प्याक लिएर सेवाको उपयोग गर्न सक्नेछन् ।

प्लान १९९

ग्राकहले करसहित २५४।१० रुपैयाँमा १ जीबी डेटा भोल्युम र करसहित १।२८ रुपैयाँ प्रति मिनेटमा एनसेल नेटवर्क भित्र कल गर्न सकिने प्लान १९९ लिन सक्नेछन् । यसका साथै प्लान अन्तर्गतको डेटा भोल्युम समयावधि अगाडिनै सकिएमा करसहित ८९।३८ रुपैयाँमाथप १ जीबी प्याक लिएर सुलभ दरमा डेटा सेवा प्रयोग गर्न सक्नेछन् ।

प्लान २९९

यस अन्तर्गत ३ जिबी डेटा भोल्युम र १।१५ रुपैयाँ प्रति मिनेट अन नेट भ्वाइस सेवा ३८१।७९ रुपैयाँ लिन सकिन्छ । यसका साथै डेटा भोल्युम समयसीमा अगाडि सकिएमा १२७।६९ रुपैयाँमा थप २ जीबी प्याक लिन सकिनेछ ।

मेरो प्लान अन्तर्गत ग्राहकले पाँचमध्ये कुनै एक प्लान लिन सक्नेछन् । ६ जीबी डेटा भोल्युम रहेको प्लान ४९९ र १५ जिबी डेटा रहेको प्लान ७९९ पनि रहेका छन् । ग्राहकले रु ६३७.१७मा प्लान ४९९ लिन सक्ने कम्पनीले जनाएको छ ।

मासिक रुपमा बढी डेटा चलाउनेका लागि प्लान ९९९ छ । यस अन्तर्गत १२७५.६२ रुपैयाँमामा २५ जिबी डेटा र ६४ पैसा प्रति मिनेटमा एनसेल नेटवर्क भित्र भ्वाइस सेवाको फाइदा लिन सकिनेछ। डेटा समयावधि अगाडि नै सकिएमा ५१०.७६ रुपैयाँमा थप १० जीबी डेटा लिन सकिनेछ।

हरेक प्लान अन्तर्गतको डेटा भोल्युम र सेवाहरुकोे प्रयोग गर्ने समयावधि ३० दिनको हुनेछ र पाँचमध्ये कुनै पनि प्लान लिने ग्राहकले करसहित ०.६४ रुपैयाँमा एनसेल नेटवर्क भित्र एसएमएस पठाउन सक्नेछन् । त्यसैगरी थप डेटा प्याकमा भएका डेटा भोल्युमको समयावधि ७ दिनको हुनेछ ।

योजनाका लागि एस्ट्रिक ३०२ ह्यास डायल गरेर निर्देशन पालना गर्नुपर्छ भने थप डेटा प्याकहरु लिन एस्ट्रिक्स १७१२३ ह्यास डायल गर्नुपर्नेछ।

साभार : ujyaaloonline

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

एमपी कृयसनको प्रस्तुतीमा दशै तिहार गीत “ परदेशिले भुल्योे “ सार्वजनिक

Next Post

आज विश्वकर्मा पूजा- वास्तुशास्त्री, इञ्जिनियर, कालीगढहरु आदिको दिवस

Next Post
आज विश्वकर्मा पूजा- वास्तुशास्त्री, इञ्जिनियर, कालीगढहरु आदिको दिवस

आज विश्वकर्मा पूजा- वास्तुशास्त्री, इञ्जिनियर, कालीगढहरु आदिको दिवस

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.