Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

ओखलढुंगामा अटो रिक्सा दुर्घटना

Milan Ghimire by Milan Ghimire
June 21, 2019
in समाचार
0
ओखलढुंगामा अटो रिक्सा दुर्घटना
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

ओखलढुंगाको सिद्धिचरण नगरपालिका ४, रुम्जाटारबाट विद्यार्थी बोकेर सदरमुकाम ओखलढुंगातर्फ आउँदै गरेको अटो रिक्सा दुर्घटना हुँदा गम्भीर घाइते भएका तिन जनालाई काठमाण्डौ लगीएको छ । दुर्घटटनामा गम्भिर भएका तिन जनालाई हेलीकप्टरबाट थप उपचारका लागी काठमाण्डौ लगिएको हो ।

तीव्र गतिमा रहेको को २ ह ४९०० नम्बरको अटो सडकबाट चिप्लिएर १ सय मिटर तल खसेको थियो । अत्याधिक गतिमा रहेको अटो चिप्लिएर दुर्घटना भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुन सदरमुकाम आएका रुम्जाटार माध्यमिक विद्यालयका विद्यार्थी बोकेको अटो सिद्धिचरण नगरपालिका ५ स्थित माथिल्लो ढुंग्रेमा भीरबाट खसेर बिहीबार ११ः३० मा दुर्घटना भएको थियो । चालक सहित पाँच जना रहेका घाइते विद्यार्थीहरु रुम्जाटार माविका विद्यार्थीहरु रहेका छन् । अटोमा सवार चार जना विद्यार्थीहरुध्ये तीन जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । घाइते हुनेहरुमध्ये गम्भिर घाईते भएका सिद्धिचरण नगरपालिका ९ ज्यामिरेका खड्ग नारायण श्रेष्ठ, खिजीदेम्वाका फुरी शेर्पा, सुनकोसी गाउँपालिकाका भरत राई र चालक सानुराम दाहाललाई थप उपचारका लागी काठमाण्डौ लगीएको हो । अर्का एक विद्यार्थी युवराज कट्वालको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
गम्भीर घाइतेहरुको टाउकोमा गम्भीर चोट लागेको छ, भने सामान्य घाइतेको खुट्टाका हड्डी भाँचिएको छ । प्राथमिक उपचारपछि घाइतेहरुलाई हेलिकोप्टरबाट काठमाण्ठौ लगिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी प्रमुख पुष्पराज मल्लले बताउनु भयो ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

गुठी विधेयकविरुद्ध उर्लिए नागरिक- तस्वीर

Next Post

नगरस्तरीय अन्तर माध्यमिक राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता मन्थली नगरपालिकामा सुरु

Next Post
नगरस्तरीय अन्तर माध्यमिक राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता मन्थली नगरपालिकामा  सुरु

नगरस्तरीय अन्तर माध्यमिक राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता मन्थली नगरपालिकामा सुरु

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.