Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

वैज्ञानिक खोज, अनुसन्धान र नयाँ प्रविधिमा जोड दिऔँ : राष्ट्रपति भण्डारी

Milan Ghimire by Milan Ghimire
September 23, 2019
in अर्थतन्त्र, जनता स्पेसल, समाचार
0
वैज्ञानिक खोज, अनुसन्धान र नयाँ प्रविधिमा जोड दिऔँ : राष्ट्रपति भण्डारी

sf7df8f}F, % c;f]h -/f;;_ M k|wfgdGqL tyf dlGqkl/ifbsf] sfof{noåf/f sf7df8f}Fdf cfOtaf/ cfof]lht k|wfgdGqL /fli6«o k|ltef k'/:sf/ ljt/0f sfo{qmddf z'esfdgf dGtJo JoQm ug'{x'Fb} /fi6«klt ljBfb]jL e08f/L . t:jL/ M /Tg >]i7

0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter
असोज ५ , काठमाण्डौ

राष्ट्रपति विद्यादेवी भण्डारीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकांक्षा हासिल गर्न वैज्ञानिक खोज तथा अनुसन्धानका माध्यमबाट प्राप्त ज्ञान तथा नवीनतम प्रविधिको प्रयोगमा जोड दिन सरकारलाई आग्रह गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीले अध्ययन र अनुसन्धानको क्षेत्रमा प्राज्ञिक तथा शिक्षण संस्थाहरुलाई थप प्रोत्साहन हुनेगरी प्रतिभा विकास, पहिचान र उजागर गर्न राज्यका सबै निकायको ध्यान पुग्ने विश्वास पनि व्यक्त गर्नुभयो ।
आइतबार काठमाण्डौमा वरिष्ठ आँखा विशेषज्ञ डा। सन्दुक रुइतलाई ‘प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार’ बाट सम्मान गर्दै उहाँले सरकारले विज्ञान, प्रविधि र अनुसन्धानको क्षेत्रमा प्रोत्साहन हुनेगरी राष्ट्रिय पुररस्कारहरु स्थापना गर्दै गएकोमा खुशी व्यक्त गर्नुभयो ।

राष्ट्रपति भण्डारीले नेपाल परापूर्वकालदेखि नै खोज, अनुसन्धानको थलोको रुपमा रहेको स्मरण गराउँदै त्यस्ता खालको ज्ञान र विज्ञानको विकास गर्न सम्बद्ध निकायहरु उत्तिकै अग्रसर हुनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले खोज तथा अनुसन्धानको क्षेत्रको विकासका लागि प्रोत्साहन गर्न सरकारले पुरस्कारको पनि व्यवस्था गरेको बताउनुभयो । उहाँले सरकारले कृषि क्षेत्रको विकासका लागि वैज्ञानिक अध्ययन र अनुसन्धानको कामलाई उच्च प्राथमिकता दिएको धारणा राख्नुभयो ।

आँखाको अनुसन्धानमा अन्तर्राष्ट्रिय क्षेत्रमा समेत ख्याति कमाउनुभएका वरिष्ठ चिकित्सक रुइतलाई ५ लाख रुपैयाँ नगदसहित पुरस्कार प्रदान गरिएको हो ।

कार्यक्रममा राष्ट्रपति भण्डारीले युवा वैज्ञानिकद्वय रति मियाँ र विकल्प ढुंगानालाई पनि जनही २ लाख ५० हजार रुपैयाँसहितको ‘प्रधानमन्त्री राष्ट्रिय प्रतिभा अनुदान सहायता’ पुरस्कार प्रदान गर्नुभएको थियो ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

राष्ट्रपतिले सभापति देउवाको अपमान गरेको भन्दै विरोध प्रदर्शन

Next Post

चिनियाँ राष्ट्रपति सी नेपाल आउँदा २७ हजार सुरक्षाकर्मी परिचालन गरिने

Next Post
चिनियाँ राष्ट्रपति सी नेपाल आउँदा २७ हजार सुरक्षाकर्मी परिचालन गरिने

चिनियाँ राष्ट्रपति सी नेपाल आउँदा २७ हजार सुरक्षाकर्मी परिचालन गरिने

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.