Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

नेपालका कम्युनिष्टलाई सिकाउन चिनियाँ कम्युनिष्ट नेता आज आउदै

Milan Ghimire by Milan Ghimire
September 23, 2019
in अर्थतन्त्र, जनता स्पेसल, फिचर, विचार, समाचार
0
नेपालका कम्युनिष्टलाई सिकाउन चिनियाँ कम्युनिष्ट नेता आज आउदै
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

अशोज ६

काठमाडौँ । नेपालका कम्युनिष्ट पार्टीका नेताहरुलाई आफ्ना अनुभवहरु सुनाउन र सुझाव दिन चिनियाँ कम्युनष्टि पार्टीका नेताहरु आज नेपाल आउन लागेका छन् ।
चीनका राष्ट्रपति सी जिनपिङकोे नेपाल भ्रमणको चर्चा भइरहेकै बेला चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय समन्वय विभाग प्रमुख सोङ ताओलगायतको टोली आज दिउसो साढे १२ बजेतिर काठमाडौं आउने भएको हो ।

चिनियाँ टोली र नेकपाका नेताका बीचमा आज र भोली काठमाडौको पाँचतारे होटलमा अन्तरक्रिया हुने भएको छ । चीनको विकास, चिनियाँ कम्युनिस्ट पार्टीको वर्तमान अवस्था, महासचिव सी जिनपिङको अवधारणाबारे चिनियाँ नेताले अनुभव सुनाउने कार्यक्रम रहेको नेकपाले जनाएको छ ।

कार्यक्रममा नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालसहित झण्डै दुई सय केन्द्रीय नेता तथा बाम बुद्धिजिविहरु सहभागी हुने भएका छन् । चिनियाँ टोलीले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री ओलीसँग वेग्लै भेटवार्ता पनि गर्ने बताइएको छ ।

चीनका राष्ट्रपति सी जिनपिङ असोज अन्तिम साता नेपाल भ्रमणमा आउने कार्यक्रम तय भइसकेपछि चिनियाँ नेताहरुको नेपाल भ्रमण बढेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा २४ असोजमा भारत जान लाग्नुभएका सी त्यहाँको भ्रमण सकेर फर्कने क्रममा नेपाल आउने हुनुभएको हो । उहाँ एक रात काठमाडौं बसेर फर्किने कार्यतालिका रहेको परराष्ट्र मन्त्रालय श्रोतले जनाएको छ ।

चीनबाट राष्ट्रपतिस्तरको नेपाल भ्रमण २३ वर्षपछि हुन लागेको हो । सी नेपाल आउने तेस्रो चिनियाँ राष्ट्रपति हुनहुनेछ । चीनका तत्कालीन राष्ट्रपति जियाङ जमिनले १९ र २० मंसिर ०५३ मा नेपालको राजकीय भ्रमण गर्नुभएको थियो ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

नायिका केकी अधिकारी चढेको गाडी ६ फिट तल खस्यो : एस्तो छ, स्वास्थ्य आवस्था

Next Post

रामेछापका ब्यापारीहरु किरा परेको सामान बिक्री गर्दै(नामावाली सहित)

Next Post
रामेछापका  ब्यापारीहरु किरा परेको सामान बिक्री गर्दै(नामावाली सहित)

रामेछापका ब्यापारीहरु किरा परेको सामान बिक्री गर्दै(नामावाली सहित)

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.