मन्थली, ९
नेपाली कांग्रेसका र्शिष नेता महामन्त्री डा.सशांक कोइरालाले सरकारले जनतामा सपना बाँढ्ने काम मात्र गरेको आरोप लगाउनुभएको छ । रामेछापको सदरमुकाम मन्थलीमा नेपाल प्रेस युनियन जिल्ला शाखा रामेछापले आयोजना गरेको पत्रकार भेटघाटमा मन्त्री कोइरालाले यस्तो बताउनुभएको हो । उहाँले नेपाली कांग्रेसले विगतमा विभिन्न परिर्वनत मूलक काम गरेको स्मरण गराउदै अहिलेको सरकारले कुनै ठोस योजना ल्याउन नसकेको जिकिर गर्नुभयो । उहाँले अहिलेको सरकरले समृद्धि–समृद्धि भनेर जनतामा भ्रम फैलाउनाको लागि पानी जहाज, रेल जस्ता सपना बाँड्ने काममा तलिन भएको आरोप लगाउनुभयो । उत्पादन बढाउन सकेमात्र देश विकास हुन सक्ने उहाँको भनाई थियो ।
देशमा १७ लाख हेक्टर जमिन रहेको र नेपाली युवाहरु भने वैदेशीयकाले ती युवाहरुलाई नेपाल झिकाएर यहाँ रोजगारी दिन सकेमात्रै समग्र देश विकास गर्ने सक्ने उहाँले दाबी गर्नुभयो ।
प्रसस्त पानी,माटो मलिलो भएकाले कृषि क्षेत्रमा लगानी गर्न सके विकासको असंख्या सम्भावना रहेको उहाँले ठोकुवा गर्नुभयो । युवा वर्गको सक्रियता कृषि र उत्पादन मूलक शक्तिमा प्रयोग गर्न अहिलेको सरकारले चासो नदिएको भन्दै सरकारले नयाँ नीति , योजना ल्याएको आफुलाई जनाकारी नभएको जानकारी दिनुभयो ।
उहाँले नेपाली कांग्रेस आफैमा राम्रो पार्टी भएको बताउदै अबको चुनावमा कुनै शक्तिले परास्त गर्ने नसकने ठोकुवा गर्नुभयो । विगतमा पनि जनताले कांग्रेसलाई हराएको नभए आन्तरिक गुठका कारण काग्रेस पछि परेको बताउनुभयो ।
दोस्रो चरणको राष्ट्रिय जागरण अभियान सकायर खोटाङबाट फर्किनुभएका मन्त्रि कोइराला मौसमा खराबी आएका कारण रामेछापमा ल्याण्ड गर्नुभएको थियो ।
उहाँसंगै केन्द्रिय सदस्य चन्द्र भण्डारी, सविधान सभा सदस्य लिला गुरुङ रहनुभएको थियो ।
पत्रकार सम्मेलनमा नेपाली कांगे्रस रामेछापका जिल्ला सभापति लबश्री न्यौपानी लगायत कांग्रेस पार्टीका जिल्लाका नेता पत्रकारको सहभागिता रहेको थियो ।
भिडियो हेराै