Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

रामेछापका स्थानीय तहमा २१ करोड भन्दा धेरै बेरुजु

Milan Ghimire by Milan Ghimire
September 26, 2019
in जनता स्पेसल, टिभि, समाचार
0
रामेछापका स्थानीय तहमा २१  करोड भन्दा धेरै बेरुजु
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

मन्थली, ९ असोज

रामेछाप जिल्लाका ८ वटा स्थानीय तहको आर्थिक बर्ष २०७४÷०७५ मा २१ करोड ४६ लाख रुपैयाँ भन्दा बढि रकम बजेट बेरुजु देखिएको छ । महालेखा परिक्षणको कार्यालयको आर्थिक बर्ष २०७४÷०७५ को वार्षीक प्रतिवेदनले जिल्लाको ८ वटा स्थानीय तहको विभिन्न शिर्षकमा २१ करोड ४६ लाख ३८ हजार रुपैया बेरुजु गएको देखाएको छ ।

मानवअधिकार संरक्षण सञ्जाल रामेछापले विहिबार सदरमुकाम मन्थलीमा एक कार्यक्रमको आयोजना गरी यसबारेमा पत्रकारहरुलाई जानकारी दिएको हो ।
मानवअधिकार संरक्षण सञ्जाल रामेछापा संयोजक पाण्डव प्रसाईको अध्यक्षतामा भएको कार्यक्रमा सञ्जालका सदस्य एवं मानवअधिकार कर्मी पत्रकार नवराज पथिकले बेरुजुबारे जानकारी दिनुभएको हो ।

नागरिक समाज पारस्पारिक जवाफदेहीता परियोजनाको आयोजनामा भएको कार्यक्रममा मानवअधिकार कर्मी पथिकले जिल्लाको ८ वटै स्थानीय तहमा असुल गर्नु पर्ने ८८ लाख ९ हजार ,अनियमितता भएको १२ करोड ३७ लाख ७८ हजार ,प्रमाण कागज नपुगेको २ कोड ६५ लाख १७ हजार बेरुजु रहेको महालेखाको प्रतिवेदनमा उल्लेख रहेको बताउनुभयो ।

उहाँले जिल्लाको सबै स्थानीय तहको गरी कुल ५ करोड ८९ लाख १४ हजार रुपैयाँ कर्मचारीले पेश्की लिएको रकम समेत बेरुजु रहेको जानकारी दिनुभयो । कार्यक्रममा सहभागिहरु स्थानीय सरकारले प्रभावकारी काम गर्न नसकेको गुनासो आइरहेको समयमा यति ठुलो रकम बेरुजु जानु राम्रो नभएको बताएका छन् । उनीहरुले बेरुजु रकम घटाउनको लागि स्थानीय सरकारको ध्यानाकर्षण गर्नु पर्ने बताएका छन् ।

स्थानीय सरकारको बेरुजु रकमको बारेमा सरोकारवाला निकायको ध्यानाकर्षन गराउने मानवअधिकार संरक्षण सञ्जाल रामेछापले निर्णय समेत गरेको छ ।

महालेखा परिक्षणको कार्यालयको आर्थिक बर्ष २०७४÷०७५ को प्रतिवेदन अनुसार बेरुजु आएको रकमका बारेमा जिल्लाका सबै स्थानीय तह र जिल्ला समन्वय समिति , जिल्ला प्रशासन कार्यालय लगाएतका निकायमा ध्यानाकर्षन पत्र बुझाउने निर्णय भएको मानवअधिकार संरक्षण सञ्जाल रामेछापका संयोजक पाण्डव प्रसाइले जानकारी दिनुभयो ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

अहिलेको सरकारले नया नीति, योजना ल्याउन सकेन : महामन्त्री कोइराला ( भिडियो सहित)

Next Post

सूचनाको हक सम्बन्धी कानुनी ब्यवस्थाको अवस्था विषयमा छलफल

Next Post
सूचनाको हक सम्बन्धी कानुनी ब्यवस्थाको अवस्था विषयमा छलफल

सूचनाको हक सम्बन्धी कानुनी ब्यवस्थाको अवस्था विषयमा छलफल

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.