Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

महरा प्रकरणमा नयाँ माेड : पीडित भनिएकी महिलाले बयान फेरिन् कि फेर्न लगाइयाे ?

Milan Ghimire by Milan Ghimire
October 2, 2019
in अर्थतन्त्र, जनता स्पेसल, विचार, शिक्षा, समाचार, सूचना प्रविधि
0
महरा प्रकरणमा नयाँ माेड : पीडित भनिएकी महिलाले बयान फेरिन् कि फेर्न लगाइयाे ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

असोज १४ काठमाण्डौ

आफूलाई सभामुख कृष्णबहादुर महराले यौन दुर्व्यवहार गरेको भनेर आरोप लगाएकी संसद सचिवालयकी एक कर्मचारीले एक दिन नबित्दै बयान फेरेकी छिन् । सोमबार साँझ एक सञ्चारमाध्यममा अन्तरवार्ता दिँदै पीडित भनिएकी महिला कर्मचारीले सभामुख महरा आफ्नो काेठामा आएर आफूलाई दुर्व्यवहार गरेको बताएकी थिइन् । तर मंगलबार फेरि अर्को एउटा सञ्चारमाध्यममा पीडित भनिएकी महिलाले अन्तरवार्ता दिँदै आफ्नो काेठामा सभामुख नआएको र कुनै दुर्व्यवहार पनि नभएको भन्दै बयान फेरेकी हुन् ।

नागरिक खबरलाई अन्तर्वार्ता दिएकी उनले आइतबार साँझ आफ्नो कोठामा कोही नआएको र सभामुख महरासँग लामो समयदेखि भेटघाटसमेत नभएको स्पष्ट पारेकी छिन् । उनले भनेकी छिन्, ‘त्यो दिन मेरो कोठामा कोही आएको छैन । महरा सरसँग संसद सचिवालयमा कहिलेकाहीँ बीपी चेक गराउँदा भेट हुने हो । अहिले त धेरै भयो भेट पनि नभएको ।’

पीडित भनिएकी महिलाले सभामुखबाट राजीनामा दिइसकेका कृष्णबहादुर महरा आफ्नो बुवासरह भएको र आफूले रिसको झोँकमा आरोप लगाएको बताएकी छिन् । उनले उल्टो सोमबार प्रकाशित समाचार पत्रकारले बंग्याएर लेखेको आरोप लगाएकी छिन्, ‘मैले रिस उठ्दा भनेका के-के कुरालाई पत्रकारले बंग्याएर लेखिदिएछन् ।’

सोमबार सार्वजनिक भएको पीडित भनिएकी महिलाको अन्तर्वार्ताका कारण सभामुख पदबाट महराले राजीनामा दिइसकेका छन् । सभामुख पदमा रहँदा महिलामाथि दुर्व्यवहार गर्ने भन्दै चर्को आलोचना भएपछि महराले मंगलबार बिहान राजीनामा दिएका हुन् ।

सभामुखमाथि गम्भीर आरोप लागेपछि आकस्मिक रुपमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक बसेर सभामुख पदबाट महरालाई राजीनामा दिन सुझाव नै दिनुपरेको थियो ।

अघिल्लो दिन आकस्मिक रुपमा आरोप लगाएकी ती महिलाले भोलिपल्टै बयान फेर्नुलाई धेरैले अचम्म मानेका छन् । सामाजिक सञ्जालमा कतिपयले दबाबका कारण महिलालाई बयान फेर्न बाध्य पारिएको भन्दै निष्पक्ष छानबिन हुनु पर्ने माग गरेका छन् ।

महिलाले बयान फेरेर सभामुख आफ्नो काेठामा नै नआएको बताए पनि यसमा प्रहरीले अनुसन्धान गर्ने पाटो धेरै हुनसक्छ । पहिलो सीसीटीभी फुटेजका आधारमा सभामुख महरा पीडित भनिएकी महिलाको कोठामा गएको हो कि होइन भन्ने अनुसन्धान गर्न सक्छ ।

बानेश्वर क्षेत्रमा नै पीडित भनिएकी महिलाको कोठा रहेकाले त्यस क्षेत्रमा रहेको सीसीटीभी फुटेजमा पक्कै पनि महरा गएको वा नगएको भन्ने प्रहरीले हेर्न सक्छ ।

पीडित भनिएकी महिलाले प्रहरीमा खबर गरेको र प्रहरी पनि त्यही दिन घरको खानतलासी गर्न गएको भनेकाले कतिबेला फोन गरेको हो त्यसको पनि कल डिटेल निकाल्न सक्छ ।

अर्को, सभामुख महरासँग उनको टेलिफोन सम्पर्क कतिको हुन्छ त्यसबारेमा पनि प्रहरीले छानबिन गर्न सक्छ । साेमबार प्रकाशित समाचारपछि ती महिलासँग क-कसले सम्पर्क गरेका छन् तिनीहरुलाई पनि अनुसन्धानकाे दायरामा समेट्न सकिन्छ । यसबाट महरा वा अन्य कसैले दबाब दिएकाे हाे वा हाेइन पत्ता लगाउन सकिन्छ ।

प्रहरीले मंगलबार दिउँसो पीडित भनिएकी महिलाको कोठाबाट मदिराको बोतल, भाँचिएको चश्मा तथा अन्य प्रमाणहरु संकलन गरिसकेकाले त्यसबाट पनि वास्तविकता पत्ता लगाउन सक्ने अवस्था रहन्छ ।

पीडित भनिएकी महिलाले अहिले स्वास्थ्य परीक्षण गर्न नमानेको भनेकाले पनि केही शंका गर्ने अवस्था छ । त्यसैले प्रहरीले यतातिर पनि ध्यान दिनु आवश्यक छ ।

योसँगै अहिले बयान फेरेकाले प्रहरीले अन्तिम कडीको रुपमा महिलालाई ‘लाई डिटेक्टर’ मार्फत बयान लिनुपर्छ । एउटी महिलाको बयानकै आधारमा देशको राजनीति उथलपुथल भएकाले अब यसबारेमा प्रहरीले सत्यतथ्य बाहिर ल्याउनुपर्छ ।  दाेषी जाे भए पनि उसलाई कानुनी कारबाही गर्नैपर्छ ।

सम्बन्धित समाचार

प्रतिनिधि सभाको सभामुख पद रिक्त भएको छ । सभामुख कृष्णबहादुर महराले लिखित राजीनामा दिएसँगै प्रतिनिधि सभाको सभामुख पद रिक्त भएको हो ।

संसद सचिवालयमा कार्यरत महिला कर्मचारीलाई यौन दुर्व्यवहार गरेको आरोप लागेसँगै सभामुख महराले राजीनामा दिनुभएको हो । संविधानको धारा ९१ को उपधारा ६ को (ख) ले सभामुखले लिखित राजीनामा दिएमा पद रिक्त हुने व्यवस्था गरेकाले मंगलबारबाट प्रतिनिधि सभामा सभामुख पद रिक्त भएको छ । 

नेपालकाे संविधान

नेपालकाे संविधान

सभामुखको राजीनामासँगै अर्को व्यवस्था नहुञ्जेलसम्म उपसभामुखले नै सभामुखको कार्यभार सम्हाल्ने छन् । सभामुखबाट लिखित राजीनामा दिएकाले महरा फेरि सभामुखमा फर्कने बाटो संविधानले नै बन्द गरिसकेको छ । महराले राजीनामा दिएसँगै अबको सभामुख को हुन्छ भन्ने पनि चर्चा चल्न थालेको छ । 

प्रतिनिधिसभा नियवावली २०७५

प्रतिनिधिसभा नियवावली २०७५

तर महराले दिएको राजीनामा पत्रमा शर्त तेर्स्याएइकाे छ । आफूमाथि लगाइएको आरोपबारे सत्यतथ्य, निष्पक्ष र स्वतन्त्र छानबिनका लागि अनुसन्धान गर्न सहज होस् भनी नैतिकताका आधारमा ‘आजकै मितिदेखि छानबिन प्रक्रिया नसकिँदासम्म’का लागि राजीनामा दिएको छु भन्ने व्यहोरा महराले दिएको राजीनामा पत्रमा उल्लेख छ ।

राजीनामा पत्र

राजीनामा पत्र

तर निश्चित समयका लागि मात्रै राजीनामा दिन पाउने व्यवस्था संविधानमा उल्लेख छैन । महराले ‘छानबिन प्रक्रिया नसकिँदासम्म’का लागि मात्रै भनेर दिएको राजीनामा पत्र फेरि सभामुखमै फर्कन्छु भन्ने मानसिकताले आएको देखाएको संविधानविद् विपिन अधिकारी बताउनुहुन्छ ।

नेपालको संविधानले राजीनामा अवधि किटेर दिने भन्ने खालको परिकल्पना नै नगरेकाले यसरी राजीनामा आउनु अचम्म भएको पनि उहाँले बताउनुभयो । सभामुखले दिएको राजीनामा अब स्वीकृतिका लागि राष्ट्रपतिकहाँ पठाउने र राष्ट्रपतिले स्वीकृत गरेपछि भने पदमुक्त हुने उहाँले बताउनुभयो । 

‘महराले कि त राजीनामा नै नदिई हाउसले जे गर्छ गरोस् भन्नु पर्ने थियो वा त राजीनामा दिएपछि अवधि किटेर दिने भन्ने हुनुहुँदैन थियो’, उहाँले भन्नुभयो ।  महराले समय किटेर राजीनामा दिनुभन्दा बरु सधैँका लागि बिदा लिएको भए उचित हुने पनि उहाँले बताउनुभयो । 

राजीनामा भनेको पूर्णतः राजीनामा नै रहेको भन्दै उहाँले महराले बुझाएको पत्र स्वनिलम्बन जस्तो देखिएको बताउनुभयो । संविधानमा स्वनिलम्बनको परिकल्पना नै नगरेकाले अब महराले दिएको लिखित राजीनामालाई राष्ट्रपतिले स्वीकृत गरेर पदमुक्त गर्नुको अरु विकल्प नरहेको अधिकारी बताउनुहुन्छ ।

सम्बन्धित समाचार

संसद सचिवालयमा कार्यरत महिला कर्मचारीमाथि यौन दुर्व्यवहारको आरोप लागेका प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महराले राजीनामा दिनु भएको छ ।

चौतर्फी दबाबका बीच नेकपा सचिवालय बैठकलेसमेत सभामुखलाई राजीनामा दिन सुझाव दिएपछि महराले राजीनामा दिनु भएको हो ।

सभामुख महराले आफूमाथि लागेको आरोपबारे सत्यतथ्य, निष्पक्ष र स्वतन्त्र छानबिनका लागि अनुसन्धान गर्न सहज होस् भन्दै नैतिकताका आधारमा उपसभामुखसमक्ष राजीनामा दिएको बताउनु भएको छ ।

यसअघि बिहान प्रधानमन्त्री समेत रहनुभएका नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सभामुख महरालाई राजीनामा दिन सुझाव दिनुभएको थियो । 

महिला कर्मचारीमाथि यौन दुर्व्यवहार गरेको आरोप लागेपछि सभामुख महरालाई राजीनामा दिएर छानबिनमा सहयोग गर्न चौतर्फी दबाब बढेको थियाे ।  

महराको सचिवालयले भने त्यसको खण्डन गरेको छ । तर पछि सञ्चारमाध्यमहरुमा सभामुख महराले उनी आफ्नो साथी भएकाले कोठामा गएको तर दुर्व्यवहार भने नगरेको दाबी गर्नुभएको थियो 

सम्बन्धित समाचार

सभामुख कृष्णबहादुर महराले राजीनामा दिने लगभग निश्चित देखिएको छ ।

महरामाथि संसद सचिवालयमा कार्यरत महिला कर्मचारीलाई दुर्व्यवहार गरेको आरोप लागेपछि राजीनामा दिएर छानबिनमा सहयोग गर्न चौतर्फी दबाब बढ्दा उहाँ राजीनामा दिने मनस्थितिमा पुग्नुभएको हो ।

महराले मंगलबार बिहान नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालसँग बालुवाटारमा भेटेर परामर्श गर्नुभएको थियो । दुबै अध्यक्षले छानबिनका लागि बाटो खुला गर्नु उपयुक्त हुने सुझाव दिएको श्रोतहरुले जानकारी दिएका छन् ।

यसबारे निर्णय लिन नेकपाको सचिवालय आकस्मिक बैठक बालुवाटारमा बसिरहेको छ । श्रोतका अनुसार सचिवालय बैठकले सभामुख महरालाई आरोपको छानविनका लागि बाटो खुला गरिदिन सुझाव दिने निर्णय गर्नेछ ।

संसद सचिवालयकी एक महिला कर्मचारीले सभामुख महराले आइतबार आफ्नो कोठामै आएर यौन दुर्व्यवहार गरेको आरोप लगाएकी छन् ।

महराको सचिवालयले भने त्यसको खण्डन गरेको छ । तर पछि सञ्चारमाध्यमहरुमा सभामुख महराले उनी आफ्नो साथी भएकाले कोठामा गएको तर दुर्व्यवहार भने नगरेको दाबी गर्नुभएको थियो ।

महरासँग दुई विकल्प

याैन दुर्व्यवहारकाे आराेप लागेका सभामुखसामु अब दुई विकल्प छन । पहिलाे राजीनामा दिएर घटनाकाे छानबनका लागि बाटाे खाेलिदिने र दाेस्राे महाअभियाेगकाे सामना गर्ने ।

राजीनामा दिएर बाटाे खुला गरे दाेस्राे विकल्पमा जानै पर्दैन । यदि राजीनामा नदिए महाअभियाेगकाे सामना गर्नु पर्ने छ । तर सभामुखलाई महाअभियाेग लगाउन प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससँग एक चाैथाइ संख्या पनि प्रतिनिधिसभामा छैन ।

त्यसैले महाअभियाेग लगाउन पर्ने अवस्था आए नेकपालाई पनि नैतिक संकट पर्ने देखिन्छ । नेकपाबाटै सभामुखमा चुनिएका महरालाई नेकपाकै सहयाेगमा महाअभियाेग लगाउनु पर्छ ।

बलात्कार जस्ताे आराेप लागिसकेपछि सभामुख पदमा बसिरहन महरामािथ डरलाग्दाे नैतिक संकट आएकाे छ । त्यसैले बिहानैबाट परामर्शमा रहेका महराले पहिलाे विकल्प अपनाउने श्राेतकाे दाबी छ ।

पार्टीका दुबै अध्यक्षले समेत राजीनामा दिएर बाटाे खुला गरिदिन संकेत गरेपछि महराले मंगलबार नै राष्ट्रपतिकहाँ राजीनामा पठाउन सक्ने देखिएकाे छ ।

सभामुख महराले पदीय दायित्व छोडेर छानबिनमा सहयोग गर्नुपर्छ : गगन थापा

नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले पदीय दायित्व छोडेर छानबिन लाई सहयोग पुराउन सभामुख कृष्णबहादुुर महरासँग आग्रह गर्नुभएको छ । रिपोर्टर्स क्लब प्रदेश पाँचले मंगलबार बुटवलमा गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उहाँले सभामुख महरामाथि लागेको बलात्कारको आरोपले सिंगो संसद र सांसदहरुलाई स्तब्ध तुल्याएको बताउनुभयो ।

सभामुख महरामाथि लागेको आरोप असत्य होस् भन्ने आफनो पनि कामना रहेको भन्दै नेता थापाले आरोप लागेपछि सभामुखको पदमा बसेर छानबिनलाई सहयोग नपुग्ने भएकाले पदीय दायित्व छोड्नु पर्ने बताउनुभयो । कानुनी राज्यमा कानुनभन्दा माथि कोही पनि नहुने भन्दै कांग्रेस नेता थापाले बलात्कारको आरोप लागेपछि राज्यले सामान्य नागरिकलाई जस्तो व्यवहार गर्दछ त्यही व्यवहार सभामुख महरामाथि पनि हुनुपर्ने बताउनुभयो ।

सभामुख महरामाथि लागेको बलात्कारको आरोप सामान्य विषय नभएको भन्दै नेपाल प्रहरीले कसैको दवाब र प्रभावमा नपरी अनुसन्धान गर्नुपर्ने बताउनुभयो । संसद सचिवालयमा कार्यरत एक महिला कर्मचारीले आइतबार राति सभामुख कृष्णबहादुर महराले जर्बजस्ती करणी गरेको आरोप लगाएकी छिन् ।

सभामुखको राजनीतिक उचाइ सिध्याउन एउटा ‘कठपुतली’ तयार गरेर दुष्प्रयास गरियाे : सचिवालय

सभामुख कृष्णबहादुर महराले संसद सचिवालयमा कार्यरत महिला कर्मचारीलाई दुर्व्यवहार गरेको भनेर आएको खबरप्रति उहाँको सचिवालयले आपत्ति जनाउँदै त्यसमा सत्यता नरहेकाले भ्रममा नपर्न सबैलाई आग्रह गरेको छ ।

सभामुख महराका प्रेस सल्लाहकार डिल्ली मल्लले विज्ञप्ति जारी गर्दै सभामुख महरालाई सुनियोजित र योजनाबद्द रुपमा फसाउन खोजिएको उल्लेखछ । कर्मचारी समायोजनमा चित्त नबुझ्दा महिला कर्मचारीले सभामुखको बारेमा पुरै गलत, कपोकल्पित र अनर्गल समाचार प्रवाह भएकोमा सभामुखसमेत दुखित र आश्चर्यचकित हुनुभएको विज्ञप्तिमा उल्लेख छ ।

सभामुखको बारेमा गरिएको अनर्गल प्रचारबाजी क्षम्य नरहेको पनि विज्ञप्तिमा भनिएको छ । 

सभामुखको राजनीतिक व्यक्तित्वलाई अन्य कुनै पनि हतियारले गलाउन नसकेपछि कठपुतली तयार पारेर सामाजिक रुपमा बदनाम गर्ने दुष्प्रयास गरिएको प्रति यस्तो कृयाकलापको भत्र्सना गरेको छ ।

साथै समाचारमा आएको जस्तो चश्मा र जुत्ताका कुरा पनि पुरै निराधार भएको भन्दै चश्मा सभामुख महरासँगै रहेको सभामुखले त्यस प्रकारको जुत्ता प्रयोग नगरेको सचिवालयले जनाएको छ । त्यस्तै हिजाे असोज १२ गते दिउँसाे १२ बजे सभामुख सि‌ंहदरबारमा रहेकाे आफ्नाे कार्यालयमा गएर २ बजे बालुवाटारमा रहेकाे निवासमा फर्किएकाे पनि विज्ञप्तिमा उल्लेख छ । 

साेमबार सञ्चारमाध्यममा सभामुखमाथि एक महिलाले याैन दुर्व्यवहारकाे आराेप लगाएको समाचार प्रकाशित भएपछि सभामुखकाे सचिवालयले खण्डन गरेकाे हाे ।

हेर्नुहोस् सभामुख महराका प्रेस सल्लाहकार डिल्ली महतले जारी गरेको प्रेस विज्ञप्ति

ujyaaloonline

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

बडादशैंको चौथो दिन आज कुष्माण्डाको पूजा आराधना गरिंदै

Next Post

नेपाली राजनीतिमा कृष्णबहादुर महरा : त्यहाँदेखि यहाँसम्म !

Next Post
नेपाली राजनीतिमा कृष्णबहादुर महरा : त्यहाँदेखि यहाँसम्म !

नेपाली राजनीतिमा कृष्णबहादुर महरा : त्यहाँदेखि यहाँसम्म !

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...