०७, मन्थली. मंसिर,
अम्बर आदर्श बचत तथा ऋण सहकारी संस्थाको १८ औं साधारण सभा रामेछापको मन्थलीमा शनिबार सम्पन्न भएको छ । सहकारीका अध्यक्ष कृष्ण थापाको अध्यक्ष्यता तथा रामेछाप नगरपालिकाका नगर प्रमुख नरबहादुर थापामगरको प्रमुख आतिथ्येतामा सभा सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि तथा रामेछाप नगरपालिकाका नगरप्रमुख नरबहादुर थापामगरले छरियर रहेको पुँजीलाई एकतृत गरी विकास निमार्णको लागि पुँजी संकलन गर्ने कार्य सहकारीले गर्ने गरेको ले सहकारीको देश निमार्णमा महत्पुर्ण भुमिका रहने बताउनुभयो । उहाँले सहकारी दिगो विकास सहित राज्यको एक अंग भएकाले सहकारी दिगो हुनु पर्नेमा जोड्दिुनभयो । सहकारी धेरै भएकाले झोले सहकारीलाई त्यागेर अब ब्यवसायिक सहकारीमा आवद्ध हुन श्येर सदस्यहरुलाई आग्रह गर्नुभयो ।
त्यस्तै कार्यक्रमा बोल्दै सहकारीका अध्यक्ष कृष्ण थापाले अनावश्यक खर्चलाई कम गरेर सहकारीमा लगानी गर्न आग्रह गर्नुभयो । उहाँले धेरै सहकारीमा खाता खोल्ने नभएर एक सहकारीमा दिगो कारोबार गर्न सुझाव दिनुभयो । उहाँले आगामी दिनमा सहकारीका सदस्यहरुको हितमा काम गर्ने प्रतिवद्धता जनाउनुभयो ।
त्यस्तै नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष रमेश ढुङ्गेलले सहकारीले नागरिहरुको जिवनस्तर उकास्नको लागि भुमिका खेलेको र आगामी दिनमा सहकारी नाफा मुखी भन्दा पनी सेवामुखी हुनुपर्र्ने धारण राख्नुभयो ।
कार्यक्रमा सहकारीमा जोडिएका विभिन्न ब्यक्तिले सहकारीको सफलताको शुभकामना सहित बोलेका थिए ।
२०५२ सालमा २५ जना सदस्यबाट यो सहकारी सुरुभएको थियो । हाल आएर ६८८ जना सदस्य बाट २ लाख ५९ हजार ६८ रुपैया खुद नाफा कमाउन सफल भएको सभामा जानकारी दिएको छ ।
कार्यक्रमा एक पत्रकारसहित एक उत्कृष्ट कार्मचारी, उत्कृट बचत कर्ता, असल बचत कर्ता, ज्येष्ठ बचत कर्ता, बाल बचत कर्तालाई प्रमाणपत्र, पानी तताउने कित्ली,खुत्रुके सहित सम्मान गरेको थियो ।