Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

उमाकुण्डमा भैरहेको मतदानमा ७ सय मत खस्यो, मतदान जारी,,

Milan Ghimire by Milan Ghimire
November 30, 2019
in अर्थतन्त्र, जनता स्पेसल, समाचार
0
उमाकुण्डमा भैरहेको मतदानमा ७ सय मत खस्यो, मतदान जारी,,
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

१४, मंसिर,

रामेछापको उमाकुण्ड गाउँपालिका वडा नं –५ प्रितिमा वडा अध्यक्ष पदको लागि भैरहेको मतदान मध्ययन्नको १२ बजेसम्म आइपुग्दा सात सय मत खसेको छ । बिहान सात बजेबाट सुरु भएको मतदानमा मध्ययन्न १२ बजे सम्म ४२ प्रतिशत मत खसेको त्याहाँस्थित हाम्रा पत्रकारले जानकारी दिनुभयो । स्वतन्त्रपूर्वक मतदान भैरहेको उहाँले जानकारी दिनुभयो ।

निर्वाचनको लागि नेपाली प्रहरी, शसस्त्र प्रहरी बल र नेपाली सेना परिचालन गरिएको छ । उहाँले दिएको जानकारी अनुसार सुरक्षा व्यवस्था कडा बनाइएकोले निधक्क भएर मतदान गर्ने वातावरण रहेको र मतदान भैरहको छ । निर्वाचनको लागि रामेछापका प्रमुख जिल्ला अधिकारी लिला कुमार पाण्डे केसी, जिल्लाका प्रहरी प्रमुख भट्टराई, निर्वाचन आयोग रामेछापका प्रतिनिधिहरुले निर्वाचनको अनुगमन गरिरेका छन् ।


१२ बजे हामीलाई दिएको जानकारी अनुसार ७ सय भन्दा माथी मत खसेको, त्याहाँ निष्पक्ष, स्वतन्त्रता तरिकाले मतदान भैरहको छ । महिला बृद्धबृद्धाहरुलाई विषेश मतदान गर्ने ब्यवस्था गरिएको छ । मतदाता र अनुगमन कर्ता बिच पनि कुनै छलफल गर्न, निर्वाचन क्षेत्र वरिपरी हुल बाँधेर बस्न दिएको छैन् ।


१७ सय ४९ मतदाता रहेको प्रितिमा करिब १३ सय मत खस्ने अनुमान गरिएको छ ।
यस अघि भएको स्थानीय तहको निर्वाचनमा तत्कालिन नेकपाका कुवेर खत्री वडा अध्यक्षमा निर्वा्चित हुनुभएको थियो । तर डेढ बर्ष अघि खत्रीको निधन भएपछि रिक्त वडा अध्यक्षको लागि आज निर्वाचन भएको हो । हाम्रा पत्रकारले दिएको जानकारी अनुसार आज साँझ ५ बजे मतदान सकिए लगत्तै मतगणना प्रक्रिया अगाडि बढाइने छ ।


निर्वाचनमा नेकपाका उम्मेदवार कुलबहादुर बस्नेत र कांग्रेसका उम्मेदवार सावित्री सुनुवार उठ्नुभएको छ । उपनिर्वाचन ३७ जिल्लाका ५२ पदका लागि मतदान आज भैहरको छ

।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

भारतीय जलमार्गमा नेपालले आफ्नै पानीजहाज चलाउन पाउने

Next Post

सडक अलपत्र पार्ने ठेकेदारविरूद्ध दोलखामा शंख फुकेर विरोध

Next Post
सडक अलपत्र पार्ने ठेकेदारविरूद्ध दोलखामा शंख फुकेर विरोध

सडक अलपत्र पार्ने ठेकेदारविरूद्ध दोलखामा शंख फुकेर विरोध

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.