Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

चार महिनाको व्यापार घाटा पोहोरभन्दा आधा खर्ब कम

Kumar Shrestha by Kumar Shrestha
August 9, 2022
in अर्थतन्त्र, समाचार
0
चार महिनाको व्यापार घाटा पोहोरभन्दा आधा खर्ब कम
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । पछिल्लो समय वैदेशिक व्यापारमा नेपालले उल्लेख्य सुधार गरेको छ । चालु वर्षमा देशको निर्यात अघिल्लो वर्षको तुलनामा करिब एक चौथाईले बढेको हो । यो वृद्धिदर पछिल्लो चार महिनामै कायम छ । निर्यात वृद्धिदर एक चौथाई रहँदा आयात भने गत आवको यही अवधिभन्दा कम भएको छ । यसो त चालु आवको सबै महिनामा अघिल्लो आवको भन्दा कम आयात भएका छन् ।

भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार पछिल्लो वर्षको तुलनामा निर्यात २३ दशमलव ९ प्रतिशतले बढेको छ । यही अवधिमा वस्तु तथा सेवाको आयात भने पछिल्लो वर्षको भन्दा ६ दशमलव ९२ प्रतिशतले कम भएको छ ।

विभागले प्रकाशन गरेको तथ्यांकअनुसार चालु आवको पहिलो चौमासिक अन्त्यसम्म ३६ अर्ब २७ करोड रुपैयाँको वस्तु तथा सेवा निर्यात भएको छ । गत आवको यही अवधिमा २९ अर्ब २८ करोड रुपैयाँको वस्तु तथा सेवा निर्यात भएको थियो ।

आयात भने गत वर्षको ४ खर्ब ८५ अर्ब ७५ करोडबाट घटेर ४ खर्ब ५० अर्ब २९ करोड रुपैयाँ कायम भएको छ । निर्यात बढेर आयात घट्दा व्यापार घाटामा थोरै राहत मिलेको छ । विभागका अनुसार नेपालको व्यापार घाटा ४ खर्ब ५४ अर्ब ४७ करोडबाट ८ दशमलव ९ प्रतिशत (करिब ५० अर्ब) ले घटेर ४ खर्ब १४ अर्ब १ करोड रुपैयाँमा कायम भएको छ ।

व्यापार घाटा सुधारमा केके वस्तु तथा सेवाको योगदान ?

विभागका अनुसार नेपालबाट निर्यात भएका वस्तुमा तेल तथा बोसोजन्य उत्पादनको हिस्सा बढी छ । चार महिनामा १० अर्ब ४५ करोड रुपैयाँको तेल तथा बोसोजन्य वस्तुको निर्यात भएको हो । यो कुल निर्यातको करिब एक तिहाइ हो । निर्यात बढ्नुमा कफी, चिया र मसलाको योगदान पनि उस्तै छ । चार महिनामा २ अर्ब ९४ करोड ५७ रुपैयाँको कफी तथा चिया निर्यात भएको छ । यसैगरी २ अर्ब ८१ करोड बराबरको मानवनिर्मित फाइबर, २ अर्ब ८१ करोड रुपैयाँको कार्पेट निर्यात भएको विभागले जनाएको छ ।

चालु आवको पहिलो चार महिनामा व्यापार घाटा कम हुनुको कारण निर्यात बढ्नुमात्र होइन । यसमा आयात उल्लेख्य मात्रामा घट्नु पनि हो । विभागका अनुसार जैविक इन्धन तथा सवारी साधानको आयातमा आएको कमी, फलाम तथा स्टिलको कम खपत, हवाइजन्य पार्टपुर्जाको आयात कम भएको छ ।

विभागका अनुसार चालु आवको पहिलो चार महिनामा ६५ अर्ब २१ करोड रुपैयाँ बराबरको जैविक इन्धन, तेल तथा प्रशोधित उत्पादन आयात भएको छ । यसैगरी ३७ अर्ब ३० करोड रुपैयाँको बोइलर, मेसिनरी तथा मेकानिकल सामग्री, ३५ अर्ब २७ करोड विद्युतीय सामग्री आयात भएका छन् ।

यस वर्ष सवारीसाधन, प्लास्टिकजन्य सामग्री, हवाई पाटपुर्जा तथा जहाजको आयात पनि अघिल्लो वर्षभन्दा घटेको छ ।

भन्सार विभागले सार्वजनिक गरेको पहिलो चौमासिक अवधिको आयात–निर्यात तथ्यांकका केही महत्त्वपूर्ण तथ्यः

– निर्यातको तुलनामा १२ दशमलव ४ गुणा बढी मूल्यको आयात

– २ अर्ब ३५ करोड रुपैयाँको व्यापार नाफा कार्पेटमा

– ६५ अर्ब २१ करोडको जैविक इन्धन आयात निर्यात शून्य

– तेल तथा बोसोजन्य वस्तुमा पनि ६ अर्ब रुपैयाँको व्यापार घाटा

– सबैभन्दा बढी वैदेशिक व्यापार भारतसँग, आयातः २ खर्ब ७२ अर्ब ५७ करोड, निर्यातः २४ अर्ब २६ करोड, व्यापार घाटाः २ खर्ब ४८ अर्ब ३० करोड रुपैयाँ

– नेपालमा वस्तु तथा सेवा आयात हुने शीर्ष १० देशः भारत, चीन, इन्डोनेसिया, संयुक्त राज्य अमेरिका, क्यानाडा, संयुक्त अरब इमिरेट्स, स्विटजरल्यान्ड, साउदी अरेबिया, थाइल्यान्ड, फ्रान्स

– नेपालबाट वस्तु तथा सेवा निर्यात हुने शीर्ष १० देशः भारत, संयुक्त राज्य अमेरिका, जर्मनी, संयुक्त अधिराज्य, टर्की, चीन, बंगलादेश, फ्रान्स, जापान, इटली

– २४ देशसँग व्यापार नाफा, सबैभन्दा बढी डेनमार्कसँग (रु. ५ करोड ५३ लाख ६३ हजार रुपैयाँ) दोस्रोमा नर्वे

– ६ देशबाट शून्य आयात, २८ देशमा शून्य निर्यात

– २९ अर्ब २५ करोड रुपैयाँको डिजेल आयात, १२–१२ अर्ब को स्टिल र पेट्रोल, करिब ९ अर्बको एलपीजी ग्यास

– पाम तेल ८ अर्ब ३६ करोडको निर्यात

–भटमास तेल, २ अर्ब २ करोड रुपैयाँको निर्यात

साभार@12खरी

Author

  • Kumar Shrestha
    Kumar Shrestha

    View all posts
Previous Post

रिलायबल लाइफ इन्स्योरेन्सद्धारा मृत्युदाबी भुक्तानी

Next Post

उपनिर्वाचनको सम्पूर्ण नतिजा आयो

Next Post
उपनिर्वाचनको सम्पूर्ण नतिजा आयो

उपनिर्वाचनको सम्पूर्ण नतिजा आयो

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.