Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

रिलायबल लाइफ इन्स्योरेन्सद्धारा मृत्युदाबी भुक्तानी

Milan Ghimire by Milan Ghimire
December 3, 2019
in अर्थतन्त्र, समाचार
0
रिलायबल लाइफ इन्स्योरेन्सद्धारा मृत्युदाबी भुक्तानी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

मंसिर १६,

रामेछापको मन्थलीस्थित रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड शाखाले मृत्युदाबी भुक्तानी गरेको छ । कम्पनीले जिल्लाको रामेछाप नगरपालिका वडा नं ६ ओख्रेनीकी फुलमाया योञ्जनको मृत्युदाबी भुक्तानी गरेको हो ।
इन्स्योरेन्सले सदरमुकाम मन्थलीमा सोमबार एक कार्यक्रमको आयोजना गरी मृतका श्रीमान प्रेम बहादुर योञ्जनलाई २ लाख १० हजार रुपौयाको चेक हस्तान्तरण गरेको हो । मृतक फुलमाया योञ्जनले मन्थली बचत तथा ऋण सहकारी संस्था लिमिटेड मार्फत २०७५ पुस २ गते रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड मन्थली शाखामा रिलायबल म्यादी जीवन बिमा गरेको कम्पनिले जानकारी दिएको छ ।
इन्स्योरेन्स कम्पनी र सो सहकारीबिच भएको सहकारीका ऋणि सदस्यहरुको रिलायबल म्यादी जीवन बिमा सम्झौता अनुसार उक्त रकम प्रदान गरीएको हो ।
बिमित योञ्जनको गत असोज १४ गते मृत्यु भएको थियो । उनले मन्थली बचत तथा ऋण सहकारीबाट १ लाख ५० हजार ऋण लग्दा ९ सय ६० रुपैया बिमा कम्पनीलाई बुझाएकी थिइन् । कम्पनीले सदस्यको सामान्य मृत्युमा प्रदान गर्ने ऋणको १ सय ४० प्रतिशत हुनआउने २ लाख १० हजार रुपैया प्रदान गरेको रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड मन्थली शाखा प्रवन्धक सन्तोष श्रष्ठले जानकारी दिनुुभयो ।
उक्त रकमको चेक मन्थली बचत तथा ऋण सहकारी संस्थाका सचिव गोबिन्द प्रसाद घिमिरेको राहेवरमा रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड केन्द्रिय कार्यालयका कर्पोरेट मार्केटिङका मोहन खत्रीले प्रदान गर्नुभएको हो ।
कार्यक्रमा दिएको जानकारी अनुसार यसअघि पनि कम्पनीले रिलायबल म्यादी जीवन बिमा योजना अन्तरगत श्री अम्बर आदर्श बचत तथा ऋण सहकारी संस्था लिमिटेड मन्थलीलाई मृत्यु दाबी भुक्तानी गरेको थियो ।
२ अर्ब २० करोड अधिकृत पुजी रहेको रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले बिमा सेवा घरदैलौ मा पुर्याउने उद्देश्यले हालसम्म १७ वटा बिमा योजना सञ्चालनमा ल्याइ देश भर ८२ वटा भन्दा बढि शाखा तथा उपशाखा विस्तार गरीसकेको छ ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

रामेछापमा १३ वर्षीय बालिका बलात्कृत,करणी गर्ने युुवा पक्राउ

Next Post

चार महिनाको व्यापार घाटा पोहोरभन्दा आधा खर्ब कम

Next Post
चार महिनाको व्यापार घाटा पोहोरभन्दा आधा खर्ब कम

चार महिनाको व्यापार घाटा पोहोरभन्दा आधा खर्ब कम

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.