Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

सुन्तला पकेट क्षेत्र घोषणाका लागि मेलुङ सुन्तला महोत्सव २०७६ हुुदै

Milan Ghimire by Milan Ghimire
December 5, 2019
in अर्थतन्त्र, जनता स्पेसल, समाचार
0
सुन्तला पकेट क्षेत्र घोषणाका लागि मेलुङ  सुन्तला महोत्सव २०७६ हुुदै
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

ईश्वर बिश्वकर्मा , चरिकोट, मंसिर १९

दोलखाको मेलुङ गाउँपालिकालाई सुन्तला पकेट क्षेत्रको घोषणाका लागि मेलुङ सुन्तला महोत्सव २०७६ हुने भएको छ ।
पालिकालाई सुन्तला पकेट क्षेत्र घोषणाका साथै सुन्तला बगैँचाको निर्माण गरि सुन्तला बचाउ अभियानका लागि मंसिर २८ र २९ गते सो महोत्सव गर्ने भएको हो ।
उक्त गाउँपालिकाको वडा नम्बर १ पवटी, वडा नम्बर २ को ढलेको वर, डाडाँगाँउ, च्याने, वडा नम्बर४ का लामाटार, आँगेटार, मानेडाडाँ, बुद्धचोक, वडा नम्बर ६को तीनपिप्ले लगायतको स्थानमा सुन्तला उत्पादन हुने गरेको छ ।
सो स्थानहरु समुन्द्री सतहबाट ९ सय देखि १४ सय मिटर उचाईसम्म रहेकाले उत्पादित सुन्तलाहरु रसिलो र स्वादिलो हुने गाउँपालिकाका अध्यक्ष नर बहादुर श्रेष्ठले बताए ।
उनको अनुसार गाउँपालिकालाई निकट भविष्यमा प्राङगारिक बनाउन पालिका लागि परेको छ ।
महोत्सवको उद्धघाटन प्रदेश नम्बर ३ का आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले गर्ने कार्यक्रम रहेको गाउँपालिकाका प्रवक्ता हिरा थोकरले बताए ।
उनका अनुसार महोत्सवको पहिलो दिन विभिन्न सांस्कृतिक झाँकीहरुको प्रदर्शन, सांगितिक प्रस्तुति, सुन्तला, तथा सुन्तला जातका फलफुलहरुको स्टल राखिने, पालिकाको तस्बिरहरु प्रदर्शन गरिने, पालिकामा उत्पादित औगोगिक सामग्रीको प्रदर्शनी गरिने छ ।
महोत्सवको दोस्रो तथा अन्तिम दिन सुन्तला विज्ञहरुको कार्यपत्र प्रस्तुति, सांगितिक प्र्रस्तुति र मेलुङ संकल्प नामक वृत चित्र प्रदर्शन गरिने थोकरले बताए ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

सिन्धुलीमा एक वर्षमा ५५ हजार ७ सय २६ जनाले स्वास्थ्य विमा गराए

Next Post

प्रधानमन्त्री ओलीको १० दिन उपचार गराउँदा २ लाख ५५ हजार रुपैयाँ खर्च

Next Post
प्रधानमन्त्री ओलीको १० दिन उपचार गराउँदा २ लाख ५५ हजार रुपैयाँ खर्च

प्रधानमन्त्री ओलीको १० दिन उपचार गराउँदा २ लाख ५५ हजार रुपैयाँ खर्च

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.